भोजपुर ट्रेल रेस चैत १२ मा

  • चैत १, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोभीड संक्रमणका कारण दुई वर्ष देखि स्थगित भएको भोजपुर ट्रेल रेसको पाचौं सस्करण चैत्र १२ देखि सन्चालन हुने भएको छ ।

विश्व नम्बर १ अल्ट्रा धाविका मिरा राईको सम्मानमा आयोजना हुने ट्रेल रेस भोजपुरस्थित सानोदुम्मामा सन्चालन हुने मिरा राई फाउण्डेसनका सचिव केशर राईले जानकारी दिए । रेसलाई पौवादुम्मा गाउँपालिकाले केही बजेट विनियोजन गरेको छ भने प्रदेश १ सरकारबाट मौखिक आश्वाशन पाएको छ । ८ देखि दस लाखको बजेटमा सम्पन्न हुने स्पर्धाले ट्रेल रेसको प्रवद्र्धन र नयाँ धावक धाविकालाई प्रोत्साहन गर्ने सचिव राईको भनाइ छ ।

रेसमा अनुमानित ३ सय धावक धाविका सहभागी हुने आयोजकको विश्वास छ । हङकङ, बेलायत, भारत लगायतका देशबाट धावक, धाविका सहभागी हुनेछन् । अन्तर्राष्ट्रिय ट्रेल रेस एसोसियसनमा मान्यता पाएपछि भोजपुर ट्रेलको पहिलो रेस आयोजना हुन लागेको हो भने नेपाली राष्ट्रिय लिगमा यही संस्करणदेखि सहभागी हुनेछ ।

123

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार ५० किमी, १० किमी र ४ किमी रेस हुनेछ । गत वर्षको सस्करणको ३६ किमी रेसमा पुरुसतर्फ उमेस राई र महिलातर्फ प्रिया राई प्रथम भएका थिए । रेसका विजेताले महिला र पुरुष स्पर्धामा क्रमश ५० हजार, ३० हजार, २० हजार, १० हजार र ५ हजार नगद रुपैयाँ प्राप्त गर्ने छन् ।

मिरा राईले अध्ययन गरेको सानोदुम्मा माध्यमिक विद्यालयबाट ट्रेल रेस आयोजना सुरु भएको स्पर्धालाई मिरा राई फाउन्डेसनले अपनत्व लिदै निरन्तरता दिएको हो । फाउण्डेशनले ट्रेल रेसबाहेक ३५ लाखको लगानीमा मिरा राई सामुदायिक अध्ययन केन्द्र स्थापना गरेको छ । प्रदेश १ सरकार र वैदेशिक जनश्रमदानबाट अध्ययन केन्द्र स्थापना भएको फाउन्डेसनका उपाध्यक्ष हंसराज राईले जानकारी दिए ।

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

रामधुनीमा प्रेशर कुक ...

इटहरी/  सुनसरीको रामधुनी नगरपालिका–४ रा ...

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved