सुवास राई स्मृति सुपर ८ लिग : पहिलो चरणको खेल सम्पन्न

  • चैत २, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । स्व. सुवास राई स्मृति सुपर ८ फुटबल प्रतियोगिताको पहिलो चरणको खेल सम्पन्न भएको छ । मंगलबार धरान रंगशालामा ८ नं. वडा र १९ नं. वडाको खेल सकिएसँगै पहिलो चरणको खेलहरु सम्पन्न भएको हो ।

८ नं. वडाले १९ नं. वडालाई २–० ले पराजित गरेको छ । ८ नं. वडाका लागी मनोज राई र आमोद माझीले गोल गरेका थिए । राईले खेलको दोस्रो हाफको ३८ र माझीले दोस्रो हाफको ४१ औ मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ द म्याच धरान–८ का आमोद माझी घोषित भए उनलाई नगद २५ सय रुपैया पुरस्कार प्रदान गरिएको थियो ।

बुधबार धरान रंगशालामा हुने पहिलो खेलमा वडा नं. ११ र १८ बिच हुने भएको छ । खेल दिनको ४ बजे सुरु हुने आयोजकले जनाएको छ । पहिलो चरणको खेलहरु सम्पन्न हुँदा वडा नं. १५, १४, १३ र ८ ले आफ्नो खेल जित्दै महत्वपूर्ण ३ अंक जोड्न सफल भएका छन् ।

गोधुली रनिङ कपका उत्कृष्ट ८ टिम सहभागी प्रतियोगितामा ८ टिमलाई दुई समुहमा विभाजन गरी लिगकम नकआउटका आधारमा प्रतियोगिता भइरहेको छ । समुह ए मा रहेका १५ र १४ नं. वडाले एक खेल जितेका छन् । १५ नं. वडाले ११ नं. वडालाई र १४ नं. वडाले १८ नं. वडालाई पराजित गरेका हुन् । त्यस्तै समुह बी मा रहेका १३ नं. वडा र ८ नं. वडाले पनि आफ्नो एक खेल जितेका छन् । १३ नं. वडाले १६ नं. वडालाई पराजित गरेको हो भने ८ नं. वडाले १९ नं. वडालाई जितेको हो ।

समुह विजेता र उपविजेता प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनलमा विजेता टिमहरुले फाइनलमा प्रतिष्पर्धा गर्नेछन् । फागुन २८ गते सुरु भएको प्रतियोगिता चैत्र १२ गतेसम्म चल्नेछन । प्रतियोगताको विजेताले २ लाख र उपविजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

 

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

रामधुनीमा प्रेशर कुक ...

इटहरी/  सुनसरीको रामधुनी नगरपालिका–४ रा ...

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved