समाचार

    Showing 6,511-6,520 of 10,040 items.
  • गाउँपालिकाको कार्यालयमा तोडफोड

    धरान । इलामको फाकफोकथुम गाउँपालिकाको कार्यालयमा तोडफोड भएको छ । गाउँपालिकाले दक्षिण कोरियामा मौसमी कामदार पठाउने प्रक्रिया पारदर्शी नगरेको भन्दै असन्तुष्ट युवाले गाउँपालिकाको कार्यालयमा तोडफोड गरेका हुन् । उनीहरूले कार्यालयको प्रशासनिक शाखाहरूमा तालाबन्दी समेत गरेका छन । तोडफोडबाट गाउँपालिकाको प्रशासनिक भवन, विभिन्न शाखाको कार्यकक्ष, कम्युटर, पिन्टरलगायतमा क्षति पुगेको छ । आन्दोलनमा उत्रिएका युवालाई वार्ता गर्ने भनी झुलाएर गाउँपालिकाले बेवास्ता गरेपछि युवा समूह आक्रोशित भएको असन्तुष्ट मध्येका प्रकाश लिम्बूले बताए । उनले भने ‘हामीलाई वार्ता गर्ने भनेर बोलाइएपछि जनप्रतिनिधि नै सम्पर्कवि

    • प्रकाशित मितिः चैत ९, २०७८
    • 922 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • धरानको आन्तरिक स्रोत घट्यो : सामाजिक विकाशका कार्यक्रम प्रभावित

    धरान । आन्तरिक आयस्रोतको सुनिश्चितता नै नगरी २०७८÷७९ को बजेट विनियोजन गरिएकाले बजेट कार्यान्यवन थप चुनौतीपुर्ण बनेको छ । आन्तरिक स्रोत घटे पछि अधिकांश सामाजिक विकाशका कार्यक्रमहरु प्रभावित हुने भएका छन् । बजेट बनाउँदा जनताको अपेक्षा अनुसार वास्तविक आन्तरिक स्रोत भन्दा पनि बढीको बजेट बनाए पछि अहिले पुँजिगत खर्च गर्न चुनौतीपुर्ण भएको हो । एका तिर जनताले अपेक्षा गरे अनुसारको कार्यक्रमहरु गर्न दबाब बढिरहेको छ, अर्को तर्फ आन्तरिक आय सोचे अनुसार नभए पछि धरान उपमहानगरपालिका अनुमानित आय घटाउन बाध्य भएको छ । यस वर्ष जनताले सोचे अनुसारको योजनाहरु कार्यान्यवन नहुने पक्का भएको छ । धरान उपमहानगर

    • प्रकाशित मितिः चैत ९, २०७८
    • 845 पटक पढिएको
    • "दिनेश गजमेर"
  • अवैध समान बोकेको गाडी सहित चालक नियन्त्रणमा

    धरान । इलामको रोङ गाउँपालिका ४ जोरकलस स्थित मेची राजमार्गमा अवैध समान बोकेको गाडी सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मगंलबार बिहान साढे सात बजे प्रहरी चौकी किटेनीबाट चेकिङमा खटिएको प्रहरी टोलीले झापाबाट इलाम तर्फ जाँदै गरेको प्रदेश १–०१–००१ च ९२१९ नम्वरको वलेरो गाडीमा अवैधरुपमा बोकेको अन्दाजी १९ लाख बरावरको २००० किलोग्राम ९४० बोरा हार्ड छुर्पी बरामद गरेको हो । अवैध छुर्पी बरामद भए सँगै उक्त छुर्पी, गाडी र चालक इलाम सुर्योदय नगरपालिका २ का निमा तामाङ लाई आवश्यक कार्वाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ

    • प्रकाशित मितिः चैत ८, २०७८
    • 814 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी

    धरान । क्याम्पसका अति आवश्यक सुविधाहरुको सुधारको माग गर्दै नेपाली कांग्रेस सम्बद्ध नेविसंघले धनकुटा वहुमुखी क्याम्पसमा प्रमुखको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् । फागुन २२ गते बुझाएको सात बुँदे मागपत्र सम्बोधन नगरेको भन्दै उनीहरुले क्याम्पस प्रमुख होमबहादुर बस्नेतलाई कार्यकक्षबाट बाहिर निकाली कुर्सी समेत जलाइदिएका छन् भने कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरेका हुन् । संघले विज्ञप्ति जारी गरेर क्याम्पसमा पिउने पानीको व्यवस्था, शौचालय सुधार, पुस्तकालयमा नयाँ पाठ्यक्रम अनुसारका पुस्तकको व्यवस्था, छात्रावास सुधार लगायत ७ बुदे मागपत्र क्याम्पस प्रमुख समक्ष बुझाएका थिए । माग सम्बोध

    • प्रकाशित मितिः चैत ८, २०७८
    • 947 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लेटाङ प्रकरण : उत्तेजित भिड नियन्त्रण नहुँदा प्रहरीको ज्यान गयो

    धरान । बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोप लागेका शिक्षकलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग गर्दै आक्रोशित स्थानीयले प्रहरीमाथि नै आक्रमण गरे पछि सुन्दरहरैचा स्थित लेटाङ बजार अहिले सुनसान बनेको छ । मोरङ जिल्लाको लेटाङ नगरपालिका वडा नं. ५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयमा आइतबार भएको घटनामा आक्रोशित स्थानीयलाई सम्हाल्न नसक्दा लेटाङमा आइतबार राती देखि नै कर्फ्यु लगाएको छ । बालिका माथि यौन दुव्र्यवहार गरेको आरोपमा उत्तेजित भएका स्थानीयहरुले सुरक्षामा खटिएकी एक महिला प्रहरी माथि छुरा प्रहरी गरे पछि माहौल अस्तव्यस्त बनेको थियो । छुरा प्रहरी भएकी महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भए प

    • प्रकाशित मितिः चैत ८, २०७८
    • 1,019 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लालीगुँरासले तान्यो टिएमजेमा आन्तरिक पर्यटक

    धरान । संखुवासभाको तीनजुरे, मिल्के र तेह्रथुमको जलजले (टिएमजे) मा लालीगुँरास ढकमक्क फुलेसंगै आन्तरिक पर्यटकको घुईचो लाग्न थालेको छ । सुख्खा मौसम अर्थात चैत्र वैसाखमा फुल्ने लालीगँुरास फुल्दा त्यस क्षेत्रका जंगल राताम्मे हुने गरेको छ । अत्यन्तै मनमोहन, लोभ्याउने भएकै कारण लालीगँुरासको दृश्यावलोकनका साथै त्यस ठाउँको दृश्य क्यामेरामा कैद गर्नकै लागि अहिले यी क्षेत्रमा घुम्न आउनेको संख्यामा वृद्धि भएको स्थानीय बताउँछन् । धरानदेखि लालीगँुरास नगरपालिका अन्तर्गतको बसन्तपुर बजार सवारी साधनमा ५ घण्टाको दूरीमा पुग्न सकिन्छ । त्यसपछि आधा एक÷आधा घण्टामा गुरासको राजधानी पुग्न सकिन्छ । विशेष गरेर ध

    • प्रकाशित मितिः चैत ८, २०७८
    • 1,483 पटक पढिएको
    • "गोबिन्द बस्नेत"
  • ‘कांग्रेसले गठबन्धन गर्नु पर्दैन’

    धरान । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कसैसित पनि गठबन्धन नगरी आगामी निर्वाचनमा जानुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेस विराटनगर वडा नम्बर १२ को कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दैै नेता कोइरालाले एकढिक्का भएमा कांग्रेसलाई कसैले हराउन नसक्ने उद्घोष गरे । केन्द्रमा समेत आफूहरू एकढिक्का भएको चर्चा गर्दै नेता कोइरालाले आगामी निर्वाचनमा कसैसित गठबन्धन नगरी कांग्रेसले जित्ने दाबी गरे । “हामी एकढिक्का भएर चुनावमा गए कसैले पनि कांग्रेसलाई हराउन सक्दैन,” कोइरालाले भने, “अधिवेशनताका भएका तिक्तता छन् भने बिर्सिदिनुहोस् । मैले त बिर्सिसकें । हामी सबै एकढिक्का हुनुपर

    • प्रकाशित मितिः चैत ७, २०७८
    • 1,058 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा २ दिनमा ४ जना झुन्डिएको अवस्थामा फेला

    धरान । पछिल्लो २ दिनमा धरानमा ४ जना झुन्डिएको अवस्थामा मृत भेटिएका छन् ।शनिबार र आइतबार गरि २ दिनमा धरानमा ४ जना मृत भेटिएका हुन् । इलाका प्रहरी कार्यलय धरानका अनुसार धरानका बिभिन्न वडामा चार जना झुण्डिएको अवस्थामा मृत भेटिएको हो । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरका अनुसार शनिबार साँझ एक जनाको शव भेटिएको हो भने आइतबार ३ जनाको शव भेटिएको हो । घटनाको अनुसन्धान भइरहेको र पोष्टमार्टमका लागि धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शनिबार साँझ धरान ५ देवीगाउँकी १८ बर्षीया समिक्षा थापा आफ्नै घरको कोठाको झुण्डिएर मृत अवस्था

    • प्रकाशित मितिः चैत ७, २०७८
    • 1,448 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लेटाङ घटनाः प्रहरीको मृत्युपछि लेटाङमा बिहानैदेखि अनिश्चिकालिन कर्फ्यु

    धरान/ आइतबा मोरङको लेटाङमा प्रहरी र स्थानीय बिच झडपमा एक महिला प्रहरीको मृत्युु भएसँगै अनिश्चिकालिन कर्फ्यु जारी गरिएको छ । जिल्ला प्रशासन कार्यलय मोरङले सोमबार बिहान एक सूचना जारी गर्दै बिहान ७ बजे देखी अनिश्चितकलीन कर्फ्यु जारी गरेको हो । दक्षिणमा लेटाङ नगरपालिका ३ र ४, लेटाङ ५ का सबै क्षेत्र, उत्तरमा लेटाङ ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङेखोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्र तोकेर कर्फ्यु लगाइएको छ । फागुपूर्णिमाका दिन शिक्षकले विद्यार्थीलाई दुर्व्यवहार गरेको विषयमा बिबाद हुँदै जाँदा घटना भएको हो । आक्रोशित स्थानीय र प्रहरीबीच आइतबार भएको झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको

    • प्रकाशित मितिः चैत ७, २०७८
    • 1,142 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा खानेपानीको चरम अभाव : ‘बोर्डको वितरण प्रणाली अवैज्ञानिक’

    धरान । अवैज्ञानिक वितरण प्रणालीका कारण धरानमा खानेपानीको चरम अभाव बढ्दै गएको पाइएको छ । खानेपानी बोर्डले खानेपानी वितरण प्रणाली व्यवस्थापन गर्न नसक्दा तिन चार दिनमा एक पटक पानी आउने गरेको छ । वर्षाै देखिको खानेपानी समस्या समाधान गर्न सन २०१२ मा एशियाली विकाश बैंकको ऋण तथा अनुदान सहयोगमा खानेपानी परियोजना शुरु भएको थियो । परियोजना सम्पन्न भए पछि धरान खानेपानी संस्थानलाई धरान खानेपानी बोर्डमा गाभिएको छ । बोर्डका अध्यक्ष धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई रहेका छन् । बोर्डको एक वर्ष देखि बैठकनै बस्न सकेको छैन् । जसका कारण वितरण प्रणालीलाई चुस्त बनाउँन नसक्दा खानेपानीको अभाव बढ्दै गएको हो ।

    • प्रकाशित मितिः चैत ७, २०७८
    • 1,192 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved