गाउँपालिकाको कार्यालयमा तोडफोड

  • चैत ९, २०७८
  • "भगीरथ भण्डारी"
alt

धरान । इलामको फाकफोकथुम गाउँपालिकाको कार्यालयमा तोडफोड भएको छ । गाउँपालिकाले दक्षिण कोरियामा मौसमी कामदार पठाउने प्रक्रिया पारदर्शी नगरेको भन्दै असन्तुष्ट युवाले गाउँपालिकाको कार्यालयमा तोडफोड गरेका हुन् ।

उनीहरूले कार्यालयको प्रशासनिक शाखाहरूमा तालाबन्दी समेत गरेका छन । तोडफोडबाट गाउँपालिकाको प्रशासनिक भवन, विभिन्न शाखाको कार्यकक्ष, कम्युटर, पिन्टरलगायतमा क्षति पुगेको छ ।

आन्दोलनमा उत्रिएका युवालाई वार्ता गर्ने भनी झुलाएर गाउँपालिकाले बेवास्ता गरेपछि युवा समूह आक्रोशित भएको असन्तुष्ट मध्येका प्रकाश लिम्बूले बताए । उनले भने ‘हामीलाई वार्ता गर्ने भनेर बोलाइएपछि जनप्रतिनिधि नै सम्पर्कविहीन भए, हामीलाई झुक्याएर गलाउन खोजिएपछि चुप लागेर बस्न सकिएन ।’ उनले गाउँपालिकाले अपारदर्शी ढंगले कामदार छनोट गरेकाले त्यसलाई पारदर्शी बनाउन आग्रह गरेको बताए । ‘युवालाई रोजगारी दिने काम ठीकै भएपनि जनप्रतिनिधिले छनोटप्रक्रिया नै नपु¥याइ आफ्ना मान्छे छानेपछि ठूलो संख्याका आन्दोलनमा उत्रिएका हुन ।

जनप्रतिनिधि र असन्तुष्ट युवाबीच गाउँपालिकामा छलफलका लागि असन्तुष्ट युवाको तर्फबाट दीपक योङहाङको संयोजकत्वमा १० जनाको वार्ता टोली निर्माण गरिएको छ । तर गाउँपालिकाका अध्यक्ष नआएपछि पालिकामा वार्ता हुन सकेको छैन ।

अध्यक्षलाई गाउँ ‘झिकाउन’ सिडिओमा

फाकफोकथुम गाउँपालिकाका उपाध्यक्षसहितका जनप्रतिनिधिले आफ्नै गाउँपालिका अध्यक्षलाई गाउँ ‘झिकाउन’ सिडिओमा गएका छन । कोरियामा मौसमी कामदार पठाउने विषयमा उत्पन्न विवाद समाधान गर्ने बेला अध्यक्ष सहभागी नभएपछि जनप्रतिनिधिले स्थानीय प्रशासनमार्फत् आफ्नै पालिका अध्यक्षलाई गाउँ झिकाउन प्रशासनमा जाने लिखित निर्णय गरेका हुन् । गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठ गत फागुन २७ यता गाउँपालिकामा छैनन् । उनले झापाको बिर्तामोडमा बसेर गाउँपालिकाबाट कोरिया पठाइने मौसमी कामदार प्रक्रिया बिनै छानेको आरोप छ । छनोटमा नपरेका असन्तुष्ट युवाले आन्दोलन थालेपछि सोमबार उनीहरूसँग वार्ता गर्ने सहमति गत शुक्रबार नै भएको थियो । तर, गएराति अबेर सम्पन्न वार्तामै नआएका अध्यक्ष श्रेष्ठले फोन गर्दासमेत नउठाएपछि जनप्रतिनिधिहरू सिडिओ गुहार्न बाध्य भएका हुन् ।

अध्यक्ष श्रेष्ठले आफूखुसी कामदार छनोट गरेपछि विवाद उत्पन्न भएको असन्तुष्ट युवा र जनप्रतिनिधि नै बताउँछन् । तर, समस्या समाधान गर्ने बेला उनी नै नभएपछि उपाध्यक्षसहितको समूह जिल्ला प्रशासन कार्यालय आएर अध्यक्षलाई झिकाउने निर्णय गर्न बाध्य भएको हो । कामदार छनोटमा मनोमानी भएको भन्दै गाउँपालिकाका असन्तुष्ट युवाले सोमबार दिउँसो कार्यालयमा तोडफोड गरेका थिए । बिहान १० बजेतिर गाउँपालिका कार्यालय पुगेका युवालाई धेरैबेर पर्खिंदा पनि वार्तामा नबोलाइएपछि आक्रोशित उनीहरूले प्रशासनिक शाखाहरूमा तालाबन्दी समेत गरेका छन् । तोडफोडबाट गाउँपालिकाको प्रशासनिक भवन, विभिन्न शाखाको कार्यकक्ष, कम्प्युटर, प्रिन्टर, बाहिरी कम्पाउन्ड लगायतमा क्षति पुगेको छ ।

शिक्षित परिवारमै हिं ...

विराटनगर/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा ...

भोजपुरको चुलाचुली गु ...

भोजपुर/ भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका&nd ...

पाँचथर–ताप्लेजुङ सडक ...

पाँचथर/ तमोर करिडोरअन्तर्गत पाँचथर–ताप्लेजुङ सडकख ...

मादक पदार्थ सेवनपछि ...

इटहरी/सुनसरीको रामधूनी नगरपालिका–५ मा बिहीबार रात ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved