समाचार

    Showing 6,271-6,280 of 8,627 items.
  • यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित

    धरान । कोरोना भाइरसको नयाँ भेरिएन्टको संक्रमण बढेसगैँ यस वर्षको एसईई र कक्षा १२ परीक्षा स्थगित भएको छ । सोमबर बसेको राष्ट्रिय परीक्षा बोर्डको भर्चुअल बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । बोर्डका अध्यक्ष डा.चन्द्रमणि पौडेलका अनुसार १५ दिनभित्र बोर्डका सदस्यहरुले परीक्षा मोडल तयार गरेर बोर्डलाई बुझाउने र त्यही अनुसार परीक्षा मोडल सार्वजनिक गर्ने बोर्डको तयारी रहेको छ । यस अघि एसईईको जेठ १३ र कक्षा १२ को जेठ २६ गतेबाट परीक्षा लिने तालिका सार्वजनिक भएको थियो ।

    • प्रकाशित मितिः वैशाख २७, २०७८
    • 1,188 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोभिडको उपचारमा प्रदेश सरकार उदासीन भएको कांग्रेसको आरोप

    विराटनगर । प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचारको प्रबन्ध देखाउने एकथरि र व्यवहारमा अर्कै भएको भन्दै प्रमुख विपक्षी नेपाली कांग्रेसले उचित प्रबन्ध मिलाउन माग गरेको छ । कांग्रेस १ नम्बर प्रदेश संसदीय दलले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी प्रदेशभरका अस्पताल, प्राथमिक स्वास्थ्य र निजी अस्पतालमा कोरोना संक्रमित उपचार गर्ने प्रबन्ध मिलाउन माग गरेको हो । कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले पत्रकार सम्मेलनमा भने,“अस्पताल व्यवस्थापनको विषयमा सरकारले प्रस्तुत गरेको तथ्यांक पनि शंकास्पद देखिएको छ । कतिपय अस्पतालमा सरकारले देखाएको बेड संख्या नै देखिदैन ।” कार्कीले वीपी

    • प्रकाशित मितिः वैशाख २७, २०७८
    • 543 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जंग बहादुरको गोठमा आगलागी ७ बाख्रा र १ गाईको जलेर मृत्यु

    मोरङ/  मोरङको बुढिगंगा गाउँपालिका ६ कोयलपुर स्थित एक गोठमा आईतबार राति आगलागी भएको छ । स्थानिय जंग बहादुर तामाङको गाई गोठमा आग्लागी हुँदा गोठ सहित ७ वटा बाख्रा, एउटा गाई जली मृत्यु भएको छ भने २ वटा बाख्रा र १ वटा गाई घाईते भएका छन् । राति २ बजे लागेको आगो प्रहरी र स्थानियको सहयोगमा बिहानको राती ३ बजे आगो पुर्ण रुपमा नियन्त्रणमा आएको हो । लामखुट्टे भगाउन बालेको घुरबाट सल्केर आगोलागि भएको जिल्ला प्रहरीकार्यालये जनाएको छ । आगलागी बाट करिब ३ लाख बराबरको क्षति भएको र अन्य मानवीय क्षेत भने नभएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख २७, २०७८
    • 889 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीमा थप एक संक्रमितको मृत्यु

    इटहरी । गत १९ गते कोरोना पोजेटिभ देखिएका इटहरी २ निवासी ५८ वर्षिय संक्रमित पुरूषको आइतबार ९हिजो० राति १० बजे मृत्यु भएको छ । भर्ना गरिएका ५८ वर्षिय पुरूषको उपचारको क्रममा धरान स्थित बिपि प्रतिस्ठान धरानमा मृत्यु भएको इटहरी उपमहानगरस्थित स्वास्थ्य शाखाले जनाएको छ । यो संगै दोश्रो भेरियन्ट सहितको कोरोना संक्रमणबाट इटहरीमा मृत्यु हुनेहरूको संख्या ६ पुगेको छ ।  

    • प्रकाशित मितिः वैशाख २७, २०७८
    • 584 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना संक्रमित भएकी महिलाको मृत्यु भएपछि इटहरी वडा नं ८ शिल

     इटहरी । उपचारको क्रममा कोरोना संक्रमित  ५५ वर्षिया महिलाको निधन भएपछि सुुनसरीको इटहरी उपमहानगरपालिका ८ पुर्ण रूपमा शिल गरिएको छ । उपमहानगर अन्तरगत वडा कार्यालयको बैठकले सो वडालाइ वैशाख २९ गते सम्म शिल गरिएको हो । केहि दिन अघि कोरोना संक्रमण पुस्टि भएपछि महिलालाइ उपचारको लागि मोरङको बिराटनगरस्थित नोबेल अस्पताल पुर्याइएको थियो । ५५ वर्षिया महिलाको उपचारको क्रममा शनिबार राति मृत्यु भएको इटहरी उपमहानगर स्वास्थ्य शाखाले जनाएको छ । महिलाको मृत्यु पश्चात इटहरी वडा नं ८ पुर्ण रूपमा शिल गरिएको स्वास्थ्य शाखाले जानकारी दिएको छ । वडा नं ८ को बिजुली अफिस र आसपासका क्षेत्रहरू समेटि

    • प्रकाशित मितिः वैशाख २६, २०७८
    • 1,716 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिए राजीनामा

    धरान । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार मुख्यमन्त्री बाट राजिनामा दिएका छन् । प्रदेश सभामा आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री गुरुङले आइतबार राजिनामा दिएका हुन् । संससदमा दर्ता रहेको अविश्वासको प्रस्तावमा सोमबार मतदान हुदैँछ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले अहिलेसम्म गरेको कामका लागि धन्यवाद दिएकी छन् र अर्को मन्त्रिपरिषद् गठन नहुँदासम्म संविधानको धारा १६९ को उपधारा (३) बमोजित मौजुदा मन्त्रिपरिषदले कार्यसञ्चालन गर्न आग्रह गरेकी छन् । प्रदेश प्रमुख पौडेलले आइतबार नै संविधानको धारा १६८ (२) बमोजिम तीन दिनभित्र नयाँ सरकार गठनका लागि राजनीतिक दलहरुल

    • प्रकाशित मितिः वैशाख २६, २०७८
    • 958 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ज्याननै जाने गरी हतियार प्रहार गरी लाखौको धनमाल लुट्ने ३ जना पक्राउ

    धरान । सुनसरी धरान १५ पुर्वेली पथबाट धारिलो हतियारले प्रहार गरी गम्भीर घाईते बनाई नगद र गरगहना लुट्ने समुह पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ पथरी–३ घर भई हाल धरान १५ सुनगाभा मार्गमा बस्ने ३८ बर्षीय सन्तोष भन्ने वीरवहादुर परियार, पथरी शनिश्चरे ५ पिपलडाँडा घर भई हाल धरान १० पुतली लाईन बस्ने ३५ बर्षीय सोनी राई र धरान १३ अमरहाट बस्ने २९ बर्षीया लक्ष्मी लिम्बु रहेका छन् । गत बैशाख ११ गते बिहान सँवा ९ बजे सोही स्थानका झरना बिश्वकर्मा र उनिका छोरा जोहन बिश्वकर्मा पुजा गर्न घर बाहिर गएको अवस्थामा अपरिचित मानिस प्रवेश गरी झरनाकी आमा गोबिन्द माँया विश्वकर्मालाई टाउको लगायत शरिरका बिभिन्

    • प्रकाशित मितिः वैशाख २६, २०७८
    • 1,489 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संकटको वेला घरघरमै स्वास्थ्यसेवा दिदै इटहरी उपमहानगर

    इटहरी । कोरोना महामारीको यो समयमा इटहरीमा घरमै बसि बसि स्वास्थ सेबा लिन सकिने भएको छ । इटहरी उपमहानगरपालिका द्वारा सञ्चालित इटहरी अस्पतालले टेलिमेडिसिन सेवा सुरु गरेको हो । इटहरी उपमहानगरपालिका क्षेत्रका नागरिकका लागि स्वास्थ्य उपचार सल्लाह तथा परामर्श दिने उदेश्यले कोभिड १९ रोगको महामारी अवधि भरी विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टिमवाट उपचार सेवा सुरु गरिएको इटहरी अस्पतालका इमरजेन्सी इन्र्चाज रामकुमार धमलाले जानकारी दिनुभयो ।   इटहरी अस्पतालको टेलिमेडिसिन सेवा लिन चाहनेले प्रत्येक दिन विहान १० देखि २ वजे सम्ममा मोवाईल नं ९७४१७७७७०१ वा ०२५५८०१५० मा फोन गरेर स्वास्थ्य समस्या टि

    • प्रकाशित मितिः वैशाख २६, २०७८
    • 770 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगरमा थप चार जना संक्रमितको मृत्यु

    विराटनगर । आइतबार बिहान विराटनगरमा उपचाररत थप चार जना संक्रमितको नोबेल शिक्षण अस्पतालमा तीन र विराट शिक्षण अस्पतालमा एक जना उपचाररत संक्रमितको मृत्यु भएको हो । नोबेल अस्पतालका अनुसार सुनसरीको धरान–१७ का ६६ वर्षीय पुरुषको बिहान अढाई बजे, विराटनगर महानगरपालिका–१ का ७६ वर्षीय पुरुषको बिहान साढे ३ बजे र सिरहाको कल्याणपुर–४ की ३८ वर्षीया महिलाको बिहान ७ बजेतिर मृत्यु भएको हो । अस्पतालबा प्रबन्धक नारायण दाहालका अनुसार उनीहरुलाई जटिल अवस्थामा अस्पाल भर्ना गरिएको थियो । यसैगरी विराट शिक्षण अस्पतालमा सुनसरीको इटहरी उमहानगरपालिका –८ की ५४ वर्षीया महिलाको पनि बिहान मृत्यु भएको

    • प्रकाशित मितिः वैशाख २६, २०७८
    • 1,622 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चट्याङमा परी १ जनाको मृत्यु, २ जना घाईते

    मोरङ । आइतबार बिहान पानी सहित परेको चट्याङमा परी मोरङको छुट्टा छुट्टै स्थानमा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । आज बिहाने ९ बजे रंगेली नगरपालिका १ हाटखोला का ३० बर्षीय प्रबिन माझीको चट्याङमा परी मृत्यु भएको छ । उनि बारीमा काम गरिरहेको अवस्थामा चट्याङ्ममा परी गम्भिर घाईते भएका उनको रंगेली अस्पतालमा पुर्याउन साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । त्यस्तै बिहान साढे ९ बजे मोरङकै जहदा गाऊपालिका ६ पोखरिया का ४५ बर्षीय मुक्तर मिया अन्सारी र उनकै श्रीमती २६ बर्षीया जाननारा खातुनलाई आफ्नै घरमा बसि रहेको अवस्थामा चट्याङको झट्का लागी घाईते भएका हुन् । उनिहरुको को

    • प्रकाशित मितिः वैशाख २६, २०७८
    • 899 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved