रतुवामाईका मेयरद्वारा आचारसंहिता उल्लंघन

  • वैशाख २१, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ/ निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता अनुसार स्थानीय कार्यपालिका सदस्यलाई पनि कुनैपनि राजनीतिक दल वा उम्मेदवारको पक्ष तथा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचार गर्न रोक लगाएको छ ।

त्यस्तै आचारसंहिताले राजनीतिक दल वा उम्मेदवारले आयोजना गरेको बैठक, सभा, कार्यशाला गोष्ठी, सम्मेलन, अन्तरकृयाजस्ता कार्यक्रममा भाग लिन नहुने भनेको छ । तर, मोरङको रतुवामाई नगरपालिकाका मेयर रविन राई भने सरकारी स्रोत, सधान र सम्पत्तिको दुरुपयोग गरी निर्वाचन आचारसंहिताको धज्जी उडाइरहेका छन् ।

उनले नगरपालिका स्रोत, साधन र गाडीसमेत दुरुपयोग गर्दै नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा मत माग्दै चुनावी प्रचारमा हिँडेको पाइएको हो । उनी यतिबेला नेपाली कांग्रेस र सत्ता गठबन्धनका उम्मेदवारको पक्षमा मत माग्दै चुनावी प्रचारमा हिँड्नेमात्र नभई विभिन्न स्थानमा आयोजना गरिएको चुनावीसभामा भाषणसमेत गर्दै हिँडिरहेका हुन् ।

मेयर राईले हालसम्म पदबाट राजीनामा दिएका छैनन् । निर्वाचन आचारसंहिता बमोजिम वहालवाला मेयरले कुनै पनि दल तथा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार गर्न पाउँदैनन् । तर, उनले निर्वाचन आयोगलाई नै चुनौती दिँदै कांग्रेसका लागि पदको दुरुपयोग गरिरहेको स्थानीयले बताएका छन् ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पार्टीको चुनावी प्रचारमा हिँड्नुपर्ने भएकाले नैतिकता देखाउँदै राजिनामा दिएका थिए । तर, रतुवामाईका मेयर राई भने आचारसंहिता विपरितका गतिविधिमा सक्रिय रहेको स्थानीयको भनाइ छ । उनी २०७४ सालमा कांग्रेसका तर्फबाट मेयरमा निर्वाचित भएका थिए । यसपटक पनि उनी मेयरका आकांक्षी थिए । तर, उनले टिकट पाएनन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय रतुवामाईका प्रमुख निर्वाचन अधिकृत राजु अधिकारीले मेयरले कुनैपनि दल विषेशको चुनावी प्रचारमा सहभागी हुन नपाउने भएकाले त्यसो गरेको पाइएमा कारबाही हुने बताए । ‘कार्यपालिका प्रमुख र सदस्यलाई पनि आचारसंहिता लागू हुन्छ । उम्मेदवार र दलको प्रचारमा हिँड्न पाइदैन’ उनले भने,‘मेयरले आचारसंहिता उल्लंघन गरे कारवाही हुने व्यवस्था छ ।’

दुबई फिनटेक सम्मेलनम ...

सन्देश तिम्सिना दुबई । दुबईमा सम्पन्न फिनटेक सम्मे ...

देशको विकास श्रमदानब ...

इलाम ।धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले मैले ...

विवादबीच पनि पाथीभरा ...

धरान/  प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथी ...

सुनचाँदी बजार ओरालो: ...

काठमाडौँ/ नेपाली सुनचाँदी बजारमा बिहीबार (जेठ १ गत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved