समाचार

    Showing 6,201-6,210 of 8,622 items.
  • बराहक्षेत्रमा २ सय ६ जना संक्रमित हुँदा ४१ जना भए निको 

    सुनसरी । दोस्रो भेरियन्टको कोरोना संक्रमण बढ्दै गए पछि बराहक्षेत्रमामा २ सय ६ जनामा संक्रमण पुष्टि हुँदा ४१ जना निको भएका छन् । बराहक्षेत्र नगरपालिकाले जारी गरेको सुचनाको आधारमा वैशाख ५ गते यता २ सय ६ जनामा संक्रमण पुष्टि हुँदा ४१ जना निको भएका छन् भने ८ जनाको मृत्यु भएको छ । नगरपालिकाको अनुसार निको हुने दर १९ दशमलव ९१ प्रतिशत रहेको छ भने मृत्यु दर ३ दशमलव ८८ प्रतिशत रहेको छ । बराहक्षेत्रमा अहिले सम्म १ सय ५७ जना सक्रिय संक्रमित रहेका छन् भने नगरपालिकाको आइसोलेसनमा १८ मा रहेका छन् । नगरपालिकाले २ सय ९० जनाको पिसिआर तथा एन्टिजेन्ट परिक्षण गरेकामा ५० जनाको जाँचको रिपोर्ट आउन बाँकी रहेको जनाए

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 1,144 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीमा कोरोना नियन्त्रण बाहिर

    इटहरी । समुदाय स्तरबाट शुरूवातीमा लापर्वाहि बढेकै कारण इटहरीमा निषेधाज्ञा र लकडाउनकै बिचमा कोरोना संक्रमणको दर उच्च देखिएको छ । पछिल्लो एक साता यता मात्र इटहरीभित्र २ सय ४ जना नयाँ संक्रमित थपिएका छन भने ५ जनाको मृत्यु भइसकेको छ । जिल्ला प्रसाशन कार्यालय सुनसरीले आगामि जेठ १४ गते सम्म निषेधाज्ञालाइ कडाइ बनाउने भनिएपनि इटहरीमा निषेधाज्ञाकै बेला संक्रमितको दर दैनिक उच्च देखिएको हो । गत साता १ सय २३ जना नयाँ संक्रमित थपिएको इटहरीमा यो साता २ सय ४ जना संक्रमित थपिन पुगेका छन् यो संगै इटहरीमा कुल संक्रमितको संख्या ११ सय २५ पुगेको छ भने संक्रमणकै कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ । दैनिक देखि

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 404 पटक पढिएको
    • "तेजबहादुर बन"
  • स्थानीय सरकार र वन कार्यालयबीच तालमेल नमिल्दा खोलाको दोहन

    धरान । स्थानीय सरकार र वन कार्यालय बीचको तालमेल नमिल्दा धरानमा खोलाको दोहन बढेर गएको छ । स्थानीय सरकारले खोला उत्खनन् गर्न ठेक्का लगाउँदा वन कार्यालयको अवरोध हुने गरेको छ । वनले आफ्नो क्षेत्राधिकार पर्ने भन्दै खोला उत्खनन्मा रोक लगाएको छ उता स्थानीय स्वायत्त शासन ऐन अन्र्तगत स्थानीय तहको क्षेत्राधिकार भित्र पर्ने भन्दै ठेक्का लगाउँदै आएको छ । कसको कार्यक्षेत्र हो भन्ने कानुनी अन्यौलताले यस्तो अवस्था आएको हो । धरान उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने सेहरा, सेउती तथा सर्दु खोलामा ठेक्का लगाएको छ । डिभिजन वन कार्यालय सुनसरी त्यस क्षेत्रमा खोला उत्खनन् गर्न नहुने भन्दै रोक लगाउन आग्रह गर्

    • प्रकाशित मितिः जेठ ८, २०७८
    • 690 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना पुष्टि भएका धरान १५ का एक वृद्धाको मृत्यु

    धरान । उच्च रक्तचाप भएका धरान १५ का एक कोरोना संक्रमितको मृत्यु भएको छ । धरान १५ का ८२ वर्षिय पुरुषको मृत्यु भएको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्रवक्ता चुरामणी पोखरेलले जानकारी गराएका छन् । वृद्धाको शनिबार बिहान साढे ११ बजे मृत्यु भएको हो । उनलाई जेठ ४ गते कोरोना पोजिटिभ देखिए पछि कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनको नियम अनुसार शव व्यवस्थापन गरिने पोखरेलले बताएका छन् ।

    • प्रकाशित मितिः जेठ ८, २०७८
    • 684 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानका बैंक तथा वित्तिय संस्था थप एक साता बन्द हुने

    धरान । कोरोनाको संक्रमणको दर दिन प्रतिदिन बढ्दै गएकाले एक साताका लागि बन्द रहेका बैंक तथा वित्तिय संस्थाहरु थप एक साताका लागि बन्द हुने भएका छन् । धरान उपमहानगरपालिकाले सुचना जारी गर्दै थप एक साता धरानका कुनै पनि बैंक तथा वित्तिय संस्थाहरुबाट प्रत्यक्ष सेवाग्राही उपस्थित भै हुने सेवा प्रवाह नहुने सुचना जारी गरेको हो । जेठ १५ गते सम्मका लागि बैंक तथा वित्तिय संस्था बन्द हुने भएको हो । कोरोना भाइरसको जोखिम यथावतनै रहेकाले जेठ ८ गतेको निर्णयानुसार बैंक तथा वित्तिय संस्था बन्द रहने जनाएको छ । बैंक तथा वित्तिय संस्था बन्द रहे पनि एटिएम सेवा, मोबाइल बैंकिङ लगायतका सेवाहरु सुचारु हुने पनि जनाएको छ

    • प्रकाशित मितिः जेठ ८, २०७८
    • 723 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपीका उपकुलपति र रजिष्टार्ड बिच कमिशन विवाद

    धरान । भ्रष्टाचार र अनियमिततामा डुबेको धरान स्थिा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मुख्य पदाधिकारीहरु कोरोना महामारीमा पनि कमिशनमा मिल्न नसक्दा नागरिकको स्वास्थ्य सेवा माथि खेलवाड गरिरहेका छन् । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी र रजिष्टार्ड प्रा.डा. मोहन चन्द्र रेग्मी बिच अक्सिजन प्लान्टको ठेक्कामा कमिसन मिल्न नसक्दा कोरोना संक्रमित बिरामीहरुको स्वास्थ्य उपचारमा खेलवाड भइरहेको छ । प्रतिष्ठानमा रहेको अक्सिजन प्लान्ट बिग्रीएर कोभिड अस्पतालका बिरामीले अक्सिजन पाउन नसकेको गुनासो आइरहेको छ । सहज अक्सिजन आपुर्ति हुन नसक्दा बिरामीले ज्यान गुमाउनु परेको प्रतिष्ठानमा माथि आरोप ला

    • प्रकाशित मितिः जेठ ८, २०७८
    • 1,023 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मेचिनगरका २ जना ब्राउन सुगर सहित पक्राउ

    सुनसरी । झापा मेचीनगर नगरपालिका ६ बद्री टोल स्थितबाट लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगरका २६ बर्षीय सुमन दनुवार र दमक ५ की २१ बर्षीया समिता राई रहेका छन् । शुक्रबार दिउँसो लागूऔषध ब्राउन सुगर खरिद विक्री बितरण गरिरहेको भन्ने गोप्य सुचानाको आधारमा सिमा प्रहरी चौकी नकलबन्दा र लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोली उनिहरुलाई लागूऔषध ब्राउन सुगर ५ ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुलाई ईलाका प्रहरी कार्यालय काकडभिट्टामा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ ८, २०७८
    • 1,091 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बारीमा सब्जी कुहिए, फौजी प्रकोपले मकै नष्ट

    धरान । कोरोना भाइरसका कारण घोषणा गरिएको लकडाउनका कारण सुनसरीका कृषकहरु दोहोरो मारमा परेका छन् । एका तिर कृषकहरुले उब्जाएको सब्जी बजारसम्म पु¥याउन नसक्दा बारीमै कुहिन थालेको छ भने अर्कातर्फ कृषकले लगाएको मकैमा विगतको बर्ष झै फौजी प्रकोप बढेको छ । तरकारी खेतिका लागि उर्वरभूमि मानिएको सुनसरीको दक्षिणवर्ती क्षेत्रका किसानहरुले वारीमा फलेको तरकारी लकडाउनका कारण वजारमा पु¥याउन नसक्दा बारीमै कुहिन थालेको छ । जिल्लाको लौकही, बसन्तपुर, घुस्की, ववियाका किसानहरुले लकडाउनका कारण बारीमा फलेको तरकारी तथा साग सव्जी खेतवारीमा नै कुहिने अवस्थामा पुगेको बताएका छन् । व्यवसायीक खेतीका लागि यो क्षेत्र प

    • प्रकाशित मितिः जेठ ८, २०७८
    • 1,197 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • सक्रिय संक्रमितको संख्या १६ हजार ८ सय ३६ पुग्यो

    सुनसरी । प्रदेश १ मा शुक्रबार २ हजार ५ सय ८६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । परीक्षण गरिएका मध्ये ४ सय २४ महिला र ६ सय १५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या अहिले सम्ममा ४९ हजार ५ सय ८० पुगेको छ भने ३२ हजार ९ जना निको भएर घर फर्किएका छन् । सक्रिय संक्रमितको संख्या १६ हजार ८ सय ३६ पुगेको छ । मन्त्रालयका अनुसार शुक्रबार मोरङमा ३ सय ३०, झापामा २ सय ४२, सुनसरीमा १ सय ७८, इलाममा ६०, ताप्लेजुङमा ५१, खोटाङमा ३२, पाँचथरमा २६, तेह्रथुममा २७, धनकुटामा १३, संखुवासभामा ९, उदयपुरमा ७, भोजपुरमा ३

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • 501 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दुहवीमा आइतबारदेखि आइसोलेसन सञ्चालन

    धरान । सुनसरीको दुहबीमा ४५ बेडको अक्सिजन सहितको आइसोलेसन सेन्टर र १५ बेडको अस्पताल आइतबारदेखि सुचारू हुने भएको छ । दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले शुक्रबार पत्रकार सम्मेलनको अयोजना गर्दै नगर अस्पतालमा १५ वटा सुविधा सम्पन्न बेड ब्यवस्था गरिएको बताएका छन् । अस्पतालमा इमेर्जेन्सी, प्रयोगशाला, इसिजी, एक्सरे इन्डोर कक्ष सहित १५ वटा कोठा निर्माण गरिएको बताएइको छ । अस्पताल र आइसोलेसन केन्द्र दुहबी ८ स्थित रमपम उद्योगको पुर्बपट्टि रहेको छ । अस्पतालमा २४ घन्टे इमेर्जेन्सी सेवा, स्वास्थ्य बीमा कार्यक्रमको प्रथम बिन्दु र औषधि समेत उप्लब्ध गराउने जनाइएको छ । ल्याब सेवा भिडियो एक्सरे सेवा र परिवार

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • 1,189 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved