पराजित मानिसकताले रंगेलीको मतगणना रोकियो: बगडिया

  • जेठ २, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ/ शनिवार रातिदेखि स्थगित भएको रंगेली मतगणना अझै सम्म सुचार हुन सकेको छैन् । मतगणनामा धाँधली गर्न मतपेटिका फोरिएको आरोप लगाउँदै गठबन्धनका दलहरुले विरोध जनाएसँगै शनिवार रातिदेखी मतगणना रोकिएको हो । एमालेबाट मेयरको उम्मेद्वार बनेका दिलिप बगडियाले स्वतन्त्र उमेदवारको नाममा मतगणना प्रक्रियामा धेरै प्रतिनिधि राख्ने कार्य गरिएको भन्दै विरोध जनाएका थिए ।

नेकपा एमालेबाट मेयर पदका उमेदवार दिलिप बगडियाले आफूहरुको एकमात्र माग मतगणना सूचारु गर्नु भन्ने रहेको बताउँदै भने,“गठबन्धनका उमेदवारले हार्ने प्रस्ट भएपछि राति नै होहल्ला गरी मतगणना बन्द गराइएको छ । छलफल गरे पनि पुनः निर्वाचन गराउनुपर्ने माग गठबन्धन दलको राखेकोले अझै सहमति हुन नसकेको हो ।” गठबन्धनको पकेड क्षेत्र मानिएको १, २,३ गुमाउनुपर्ने अवस्था आएपछि गठबन्धनले षडयन्त्र गरेको उनले दाबी गरे ।

मतपेटिका फोरिएको निराधार रहेको उनको तर्क छ । उनले भने भने,“कसैले खाली बक्साको फोटो खिचेर देखाँउदैमा धाधँली हुन्छ ? गणना स्थलमा सिसी क्यामरा जडान गरेको छ, फोरेको हो हैन भन्ने कुरा सिसी क्यामेरामा नै प्रष्ट हुन्छ,े पराजय हुने भएपछि निराधार आरोप लगाउँन मिल्छ ?”

मतपेटीका फोरिएको भेटेएमा अयोगले पुनः निर्वाचन गरेमा आफूलाई निर्वाचनमा जान कुनै आपत्ति नरहेको उनले बताए । निर्वाचन अधिकृतले आइतबार भएको छलफलको क्रममा सिसी क्यामराको फुटेज हेर्न र त्याहाँ गडबड भएमा जवाफ दिने बताउँदा गठबन्धनका दलले सो कुरा इन्कार गर्दै पुनः निर्वाचनको माग गरेको एमालेका मेयरका उम्मेद्वार दिलिप बगडीयाले बताए ।
यता निर्वाचन अधिकृत रामहरी काफ्लले निर्वाचनमा कुनै पनि प्रकारको धाँधली नभएको बताँउदै सबै पक्षलाई ढुक्क हुन आग्रह गरेका छन् । मतगणना स्थलमा सिसी क्यामरा राखिएको बताउँदै उनले गणनाको क्रममा कुनै प्रकार कमि कम्जोरी नभएको उनको जिकिर छ ।

यता विवादक कारण शनिवारदेखी मतगणना स्थगित भएको मोरङमा पुनः निर्वाचन नहुने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताएका छन् । सोमबार मतगणना स्थलको अनुगमनमो क्रममा विराटनगरस्थित आर्दश मा वि आएका थपलियाले पुनःल् निर्वाचन नहुने मतगणना हुने बताएका हुन् ।

दुबई फिनटेक सम्मेलनम ...

सन्देश तिम्सिना दुबई । दुबईमा सम्पन्न फिनटेक सम्मे ...

देशको विकास श्रमदानब ...

इलाम ।धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले मैले ...

विवादबीच पनि पाथीभरा ...

धरान/  प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथी ...

सुनचाँदी बजार ओरालो: ...

काठमाडौँ/ नेपाली सुनचाँदी बजारमा बिहीबार (जेठ १ गत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved