मोरङ/ शनिवारदेखी स्थगित रंगेलीको मतगणना सूचारु गर्ने विषयमा सर्वदलीय बैठक बसिरहेको जनाकारी प्राप्त भएको छ । रंगेलीका प्रमुख निर्वाचन अधिकृत रामहरी काफ्लेका अनुसार अहिले सर्वदलयी बैठक बसिरहेको हो ।
उनका अनुसार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले छलफल मार्फत समस्या समाधन गरि त्तकाल मतगणना शुरु गर्न निर्देशन दिएसँगै सर्वदलीय बैठक बसेको हो ।
काफ्लेले भने,“ प्रमुख आयुक्त ज्यु बाट स्पष्ट निर्देशन आएको छ पुनः निर्वाचन हुँदैन मतगणना तुरुन्त सुरु गर्ने भन्ने सोही अनुसार हामी मतगणना सुरु गर्न बैठक बसिरहेका छौं, अब गणना सुरु हुन्छ ।”