विराटनगर । नेपाली कांग्रेस मोरङले संसद विघटन विरुद्ध राजनीतिक र न्यायिक प्रतिरोध गर्न आह्वान गरेको छ । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेस मोरङले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलेमतोमा चालिएको संसद विघटन गर्ने कदमको राजनीतिक र न्यायिक रुपमा प्रतिवाद गर्न आह्वान गरेको हो । नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूद्वारा हस्ताक्षरित विज्ञप्तिमा राष्ट्रपतिद्वारा विधि प्रक्रिया मिचेर प्रधानमन्त्रीको मतियार बनी मध्यरातमा प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनमा मुलुकलाई धमेल्नु कोरोनाबाट प्रताडित जनताको जीवनसँग भोटको सौदाबाजीको सुरुवात भएको उल्लेख छ
इटहरी । प्रदेश एकको राजधानी मोरङको बिराटनगर स्थित मुख्यमन्त्री कार्यालयको मुख्य गेटैमा राखिएको छ, हात धुने साबुन पानी ,सेनीटाइजर । कार्यालय प्रवेश गर्ने जो कोहीलाइ पनि ज्वरो नाप्ने सहित साबुन पानीले हात धुएर सेनिटाइजर लगाएर मात्रै प्रवेश गर्न दिइन्छ । मन्त्रालयका प्रत्येक कोठै पिच्छे सेनिटाइजर राखिएको छ । कसैमा शंका लागे तुरुन्तै पिसिआर जाँचको व्यवस्था पनि गरिएको छ । मोरङकै बिराटनगर स्थित सिमा नाका जोगवनीमा त्यस्तै स्वास्थ्य सुरक्षाको व्यवस्था गरिएको छ । अहिले नाका पुरै बन्द गरिएको अवस्था छ । तर पनि त्यहा रहेका नेपाली तथा भारतीय उच्च अधिकारीहरूका लागि भनेर उच्च सुरक्षाका साथ सेवा सुविधा दिइए
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थित कोभिड अस्पतालमा उपचार गराइ रहेकी उदयपुरकी ३४ वर्षिय एक महिलाको मृत्यु भएको छ । वैशाख २७ गते कोरोना संक्रमण पुष्टि भएकी उनको आज दिउँसो मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ११ की महिलालाई वैशाख २७ गते नै भर्ना गरिएको थियो । उनको नियमअनुसार शव व्यवस्थापन भइरहेको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणी पोखरेलले जानकारी दिए ।
धरान । एकातिर प्रमुख पदाधिकारीहरु कमिशनको खेलमा तानातान छन्, अर्को तिर कोरोना संक्रमित बिरामीहरु सँग प्रत्यक्षरुपमा सेवा दिइरहेका नर्सहरु सेवा सुविधाको माग गर्दै आन्दोलित हुनु परेको अवश्था छ धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा । कुर्सीमा बसेर भ्रष्टाचार गर्न अनेक बहाना खोज्ने प्रमुख पदाधिकारीहरु प्रतिष्ठानको सेवा सुविधा लिएर बसेका छन्, त्यही बिरामीको प्रत्यक्ष सेवामा दिनरात काम गरिरहेका नर्सहरु तलब, भत्ता सहित सेवा सुविधाको माग गरिरहेका छन् । आइतबार नर्सहरुको टोलिले प्रतिष्ठानका प्रमुख ४ पदाधिकारी सहित मेट्रोनलाई ७ बुँदे मागपत्र बुझाएका छन् । प्रतिष्ठानका कर्मचारीलाई आर्थि
सुनसरी । जबरजस्ती करणी गरेको आरोपमा रामधुनी ८ का एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै श्रीमतीको पहिलो श्रीमान पट्टीकी कान्छी छोरीलाई करणीको प्रयास गरेको आरोपमा रामधुनी ८ तिनकुने घर भई हाल इनरुवा ३ मा बस्दै आएका ३५ वर्षिय एक पुरुष लाई प्रहरीले पक्राउ गरेको हो । केही दिन अघि आमालाई भेट्न आएकी ९ वर्षिय बालिकालाई गत बुधबार रातीको समयमा आमा निदाएको मौका पारी करणीको प्रयास गरेका थिए । घटना पछि फरार रहेका आरोपितलाई आइतार बिहान प्रहरी चौकी डुम्राहाको टोलिले इनरुवा ८ बङकुल्वा पुर्वी टोलबाट पक्राउ गरेको छ । उनलाई मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको
धरान । गत जेठ २ गते धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका इटहरीका एक युवकको मृत्यु भएको छ । जेठ १ गते कोरोना संक्रमण पुष्टि भएका इटहरी ४ का २४ वर्षिय युवकको शनिबार राति मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए । शवको व्यवस्थापन नियमअनुसार हुने प्रतिष्ठानले जनाएको छ ।
धरान । धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो गल्ती लुकाउन सञ्चारमाध्यलाई दोष दिन थालेको छ । प्रतिष्ठानले शनिबार अक्सीजनको उपलब्धताका आधारमा मात्र विरामी लिने भन्दै घुमाउरो भाषामा विरामी भर्ना लिन नसक्ने आशयको विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यमलाई पठाएको थियो । सञ्चारमाध्यमले विज्ञप्तिमा उल्लेख भए अनुसार प्रतिष्ठानको आशय सहितको समाचारहरु सम्प्रेशण गरे । प्रतिष्ठानले विरामी भर्ना नलिने आशयबको विज्ञप्ती जारी गरेको भन्दै समाचार सम्प्रेशण गरेपछि सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकाललाई चौतर्फी दबाब पर्यो । जिल्ला प्रशासन कार्यालयका एक अधिकृतका अनुसार सिडिओ ढकालले शनि
सुनसरी । मोरङको बिराटनगर १७ मटेरुवा चौकबाट लागूऔषध सहित १ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी ईटहरी १ कि ४१ बर्षीया रेखा न्यौपाने रहेकी छन् । शनिबार बेलुका ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनले बोकेको झोलाबाट लागूऔषध डाइलेक्स डिसि ५० बोतल, नाईट्राभेट १ सय ट्याब्लेट, स्मास्मो प्रोक्सीभोन प्लस ४ सय ३२ चक्की सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका महिला माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
धरान । स्थानीय प्रशासनले लागु गरेको लकडाउनको पालना नगरेका कारण सुनसरीको विभिन्न स्थानमा मालवाहक सवारी साधनलाई प्रहरीले आइतबार विहानैदेखि नियन्त्रणमा लिएको छ । स्थानीय प्रशासनको निर्देशन विपरित मनपरी ढुगां, गिट्टी र वालुवा ओसारेर कोरोनाको संक्रमणको जोखिम वढाएको भन्दै प्रहरीले इटहरीको वुढी खोला, खनार चौक तथा तरहरामा विहानै देखी दर्जनौ टिपरलाइ नियन्त्रणमा लिएको हो । बढ्दो कोरोना संक्रमणलाइ नियन्त्रण गर्न स्थानीय प्रशासनले केही साता अघिदेखि सुनसरी जिल्ला भरीनै लकडाउन गरेको छ । लकडाउनका वेला निजि टिपरले वेलुका ८ वजेदेखी विहान ६ सम्म आफ्नो काम सक्ने स्थानिय प्रशासनले निर्देशन दिएपनि अटेर गरेका का
पूर्वमन्त्री एवं समाजसेवी राधाप्रसाद घिमिरेको शनिबार राती कोरोना संक्रमणबाट निधन भएको छ ।९१ वर्षीय घिमिरेकोे विराटनगरस्थित नोबेल मेडिकल कलेजको आइसोलेसनमा उपचारका क्रममा निधन भएको हो ।विराटनगर–२ निवासी स्वर्गीय घिमिरे २०३० सालको नगेन्द्रप्रसाद रिजालको मन्त्रिमण्डलमा शिक्षा एवं सञ्चार राज्यमन्त्री भएका थिए । उनी नेपाल कम्युनिष्ट पार्टीको संस्थापक सदस्य हुन् भने २४ वर्षको उमेरमै उनी नेपाल कम्युनिष्ट पार्टीको पोलिटव्यूरो सदस्य भएका थिए । स्वर्गिय घिमिरे नेपालमा कम्युनिष्ट पार्टिको पार्टि कार्यालय खोल्ने पहिलो ब्यक्तिपनि हुन् । उनी पुष्पलाल रायमाझि ,भारतमोहन अधिकारी,मनमोहन अधिकारीका सहयोद्धा