मत गणना ढिलाई हुँदा सर्वसाधारण आजित

  • जेठ ४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । स्थानीय तहको निर्वाचन सकिएको ५ दिन वितिसक्दा पनि गणना भने कछुवाको तालमा भएको भन्दै सर्वसाधारण आजित बनेका छन् ।

मत परिणाम सुन्न आतुर उनीहरु गणनाममै ढिलासुस्ती भएपछि निर्वाचन कार्यालयको कामप्रति उनीहरु रुष्ट भएका हुन् ।

धरान १४ का सुरज केसी प्रत्येक दिन धरान १२ मा रहेको निर्वाचन कार्यालयमा मत परिणाम सुन्न पुग्छन् । पाँच दिनको अवधिमा २० हजार मतमात्र गणना गरेको कार्यालयले ६२ हजार मत गणना हप्तौ लाग्न सक्ने उनी बताउछन् । उनी भन्छन्–‘मंगलबारसम्म १० नं. वडाको मात्र मत गणना भयो, हामी १४ वडाको मत परिणाम कहिले आउला भनेर आतुर छौं, सुरसार नै छैन ।’

यस्तै भनाई धरान १५ का विशाल राईको छ । यसपटकको चुनावी परिणाम विगतको भन्दा फरक भएकोले धरान १५ मा के कसरी मत खसेको छ भन्ने कुरा सुन्न आतुर भएको बताए उनले भने –‘यस पटक दलहरुलाई भन्दा पनि स्वतन्त्र उमेद्वारलाई क्रस गरेर भोट खसालेको पाइयो, धरान १५ मा चाहिँ कस्तो मत खसेछ भन्ने कुरा सुन्न आतुर छु, आज शुरु होला कि भोलि शुरु होला कि भन्यो शुरु नै हुदैन ।’

केसी र राईमात्र हैन निर्वाचन अधिकृतको कार्यालय परिषरको चउरी अगाडि हजारौ सर्वसाधारण आफ्नो वडाको मत परिणामको प्रतिक्षामा रहेका छन् । मत गणना ढिलासुस्ती हुदा सर्वसाधारण आजीत देखिन्छन् । तर सोमाबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया आएर जनशक्ति बढाएर चाडो मत गणना सम्पन्न गर्न निर्देशन दिँदा सर्वसाधारण केहीबेर उत्साहित देखिएका थिए । तर उनको निर्देशन निर्देशन अनुसार मत गणना नभएपछि सर्वसाधारण अझ आजित भएका छन् ।

धरान १९ का कुमार गुरुङले मत गणना अत्यन्तै सुस्त गतिमा रहेको बताए । उनले भने–‘निर्वाचन आयुक्त आएर मत गणना चाडो गर्न निर्देशन दिँदा हामीलाई अब चाडो हुने रहेछ, भन्ने लागेको थियो, निर्देशन अनुसार गणना चाडढो हुन सकेन ।’

पाँच बर्षपछि स्थानीय जनप्रतिनिधि छान्न पाएका उनीहरुले आफूले भोट दिएको व्यक्ति जनप्रतिनिधिको रुपमा आउने हो होइन भन्ने कुराको प्रतीक्षामा छन् । वैसाख ३० गते धरान उपमहानगरपालिकाको निर्वाचन सम्पन्न भएको थियो । ३१ गतेबाट शुरु भएको मत गणना ५ दिन वितिसक्दा पनि २० हजार भन्दा बढी मत गणना नसकिदा सर्वसाधारणहरु आजित बनेका हुन् । मत परिणाम सुन्न आतुर भएकै कारणले उनीहरु निर्वाचन कार्यालय नजिक रहेको ट्रष्टमा ओछ्यान लगाएरै पालैपालो सुत्ने गरेका छन् । धरान १७ का विशन राई भन्छन्–‘मत परिणाम सुन्नकै लागि यहा सुतेको पनि चार दिन भयो ।’

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved