इटहरी । जिल्ला प्रसाशनको कार्यालय सुनसरीले आगामि असार ७ गते सम्म निषेधाज्ञा गर्ने निर्णय गरेको छ । यस अघि जेठ ३१ गते सम्म जिल्लामा निषेधाज्ञा गर्ने निर्णय गरेृकोमा थोरै परिमार्जन गरी आगामि असार ७ गते सम्म लम्ब्याइएको हो । जिल्ला प्रसाशन कार्यालय सुनसरीमा आइतबार बसेको डीसीएमसीको बैठकले जारी निषेधाज्ञाको नियमहरू परिमार्जन गरी निषेधाज्ञालाइ थोरै खुकुलो बनाउने निर्णय गरेको छ । बन्द रहेको फलफुल तथा तरकारी ब्यवसाय अब बिहान ५ बजे देखि ११ बजे सम्म् खोल्न पाउने गरी निषेधाज्ञा असार ७ गते सम्म् पुर्याइएको हो । जिल्लामा कोरोना संक्रमण दर घटेपनि जोखिम कायमै रहेको देखिएपछि थप सतरकता अपनाउन निषेधाज्ञाको समय
धरान । स्थानीय तहको बजेट तथा निति कार्यक्रमको तयारी प्रक्रिया अघि बढ्दै गर्दा प्रदेश १ का स्थानीय तहले दलित समुदाय मैत्री बजेट बनाइने प्रतिबद्धता जनाएका छन् । मानव अधिकारका लागि स्रोत विकास मञ्च (रिडेफ नेपाल) को आयोजनामा भएको भर्चुअल छलफलमा प्रदेश १ का बिभिन्न स्थानीय तहका प्रमुख उपप्रमुखले आ–आफना् स्थानीय तहको आगामी बजेट लक्षित समुदाय अनुभुती गर्ने किसिमको बनाइने प्रतिबद्धता जनाए । छलफलमा बेलका नगरपालिकाका मेयर दुर्गा कुमार थापा स्वस्तिकले दलित समुदाय लक्षित बजेटका लागि गम्भिर रहेको बताए । उनले भने, ‘बेलका नगरपालिकाले दलित उत्थान समिति निर्माण गरेर उनीहरु लक्षित कार्यक्रम ल्याएक
इटहरी । खाना खाएर संगै सुतेकि श्रीमति बिहान ओछ्यानमा मृत भेटिएपछि प्रहरीलाइ खबर गर्ने श्रीमान अनुशन्धानको घेरामा तानिएका छन । खोटाङ घर भइ इटहरी ४ चौधरी थरका एक ब्याक्तिको घरमा डेरा बस्दै आएकि ३५ वर्षिया सुनिता राइ गत ज्येस्ठ २७ गते बिहीबार बिहान सुतेकै ठाउमा मृत अवस्थामा भेटिएकि थिइन । पोस्टमार्टमको रिपोर्टले केहि शंकासपद कुरा देखाएपछि अनुशन्धानको लागि उनको श्रीमान न्यायधिश राइलाइ शुक्रबार नै नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । मापसे गरेर संगै सुतेको श्रीमानले बताएपनि बिहान श्रीमति मृत अवस्थामा भेटिनु घटना शंकासपद रहेको भन्दै अनुशन्धाको निमित्त न्याधिशलाइ नियनत्रणमा लि
विराटनगर । संयुक्त राष्ट्र संघको तर्फबाट प्रदेश १ सरकारलाई रु. ६२ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । युएनडिपी र युएसएआडीको सुआहारा परियोजनाबाट ती सामग्री आइतबार हस्तान्तरण गरिएको हो । युएनडिपीका तर्फबाट ६० वटा कन्सनट्रेटर हस्तान्तरण गरिएको छ । ६० वटा मध्ये १० लिटरको ३० वटा र ५ लिटरको ३० वटा रहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु साहले जानकारी दिए । युएसएआडीको सुआहारा परियोजनाबाट पीपीई सेट १०० थान, सर्जिकल मास्क ८ हजार थान, ह्याण्ड सेनिटाईजर ५ सय लिटरको ५० थान र के ९५ मास्क ३ सय थान प्राप्त भएको साहले बताए । स्वास्थ्य सामग्री ग्रहण गर्दै सामाजिक विक
विराटनगर । सप्तकोसी नदीको खुवालुङ ढुंगाको विषय उछालेर धेरै राजनीति भभएका भन्दै प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले धार्मिक सांस्कृतिक रुपमा महत्वको विषय भएकोले त्यसलाई संरक्षण गरिने बताएका छन् । उनले प्रदेशको नाम संसदको यही अधिवेशनबाट टुंगो लगाउन पनि आह्वान गरे । सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिदैं आइतबार प्रदेशसभा बैठकमा राईले भने,“ढुंगामात्रै हुँदो हो त त्यो फुटाउने पर्ने ठाउँमा छ । तर, धार्मिक सांस्कृतिक रुपमा महत्वको विषय भएकोले त्यसलाई संरक्षण गर्नुपर्ने देखिन्छ । खुवालुङलाई संरक्षण गर्नुपर्छ ।” जलयातायात संचालन गर्न नदीको बहावलाई च्यानलाईज गर्ने काम
विराटनगर । विपक्षी दलले प्रदेश १ सरकारले सदनमा पेश गरेको आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम संशोधनसहित पुर्नलेखन गरेर सदनमा पेश गर्न माग गरेका छन् । संशोधनको विषयमा ती दलका सांसदले आइतबारको बैठकमा यसबारेको छलफलमा यस्तो धारणा राखेका हुन । विभिन्न विपक्षी दलका तीन वटा संशोधन परेकोमा त्यसमाथिको छलफलका क्रममा सांसदले नीति तथा कार्यक्रम गन्जागोल ढंगले आएको, संघ, प्रदेश र स्थानय तहको एकल तथा साझा अधिकारका क्षेत्रहरुको विषय पनि हस्तक्षेप हुने गरी आएको भन्दै पुर्नलेखन गर्न माग गरिएको हो । संशोधन कर्ता दल नेपाली कांग्रेसका सांसद शेखरचन्द्र थापाले संशोधन प्रस्तावबारेको छलफलमा भने,&ldquo
धरान÷ संक्रमित विरामी थपिदै जादा अक्सिजनको अभावमा उपचारमा समस्या भइरहेको बेला हङकङको एक संस्थाले नेपालका विभिन्न अस्पतालहरुलमा ५० वटा भेन्टिलेटर सहयोग गरेको छ । गोर्खा सेमेट्री ट्रस्ट हङकङ नामक संस्थाले नेपाल सरकारलाई पहिलो चरणमा ५० थान पोर्टेवल भेन्टिलेटर सहयोग गरेको हो । भेन्टिलेटरको अभावमा कोरोना संक्रमितले समस्या भोग्दै आइरहेको बेला संसले नेपाल सरकारलाई ५०वटा भेन्टिलेटर हस्तान्तरण गरेको हो । हङकङमा बस्दै आएका नेपालीहरुको संस्था सेमेट्री ट्रस्ट हङकङले भेन्टिले टर हस्तान्तरण गर्न साथ ती भेन्टिलेटरहरु आवश्यकता भएका नेपालका विभिन्न अस्पतालहरुमा आफै वितरण गर्न समेत थालेको छ । राष्
धरान । धरानमा गत फागुन ११ गते कोरोना विरुद्धको खोप कोभिशिल्ड लगाई दोश्रो मात्रा छुट भएका व्यक्तिहरुका लागि आउँदो असार १ गते खोप लगाउन आह्वान गरेको छ । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखााले आज उपमहानगर परिषरमा पत्रकार सम्मेलनको आयोजना गरि कोभिशिल्ड लगाई दोश्रो मात्रा छुट भएका व्यक्तिहरुका लागि आउँदो असार १ गते खोप लगाउन आह्वान गरेको हो । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले आउँदो असार १ गते (मङ्गलबार) धरानको छाता चोकस्थित रहेको पुरानो हस्पिटलमा दोश्रो मात्रा छुट भएकाको लागि कोरोना विरुद्धको खोप कोभिशिल्ड लगाईने जानकारी दिए । उनका अनुसार पुरानो हस्पिटलमा असार १ गते बिहान १० बजेदेखि ४ बजे
विराटनगर । संघीय लोकतान्त्रिक राष्ट्रिय मंच प्रदेश नम्बर १ की सांसद विष्णु तुम्बाहाम्फेले प्रदेश सरकारले दह्रो गरी खुट्टो टेक्न नसकेको कारण संघीयता र गणतन्त्रमाथि नै नियोजित प्रश्न उठाउन थालिएको बताएकी छन् । प्रदेश सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा शनिबारको बैठकमा बोल्ने क्रममा तुम्बाहाम्फेले भनिन्,“एउटा नियोजित हल्ला लगिएको छ कि प्रदेशको काम छैन् । केन्द्र वा वार्ड भए पुग्छ, यो प्रदेश र संघीयतालाई सक्ने नियोजित हमला मात्र हो ।” उनले प्रदेश सरकार केन्द्रको रबर स्टाम्प बन्न नहुने बरु आफ्नो अधिकार लडेर लिनुपर्ने भन्दै उनले वडामा जाने बजेट प्रदेश सरकार मातहत जाने व्यवस्थाको लाग
धरान । कोरोना महामारीका कारण घोषणा गरिएको लकडाउनले समस्यामा परेका धरान उपमहानगरपालिकाका विभिन्न वडाका विपन्न परिवारलाई बि केयर नेपालले खाद्यान्न सहयोग गरेको छ । विगत तिन दिन देखि विभिन्न वडाका विपन्न परिवारलाई खाद्यान्न सामग्री प्रदान गर्दै आएको छ । संस्थाले वडा नम्बर २० खादिखोलाका जिवन राईलाई खाद्यान्न सामग्री, विजुली अभाव भएकालाई कुपि, मट्टीतेल लगायतका सामग्री प्रदान गरेको छ भने धरान १६ को नौलो बस्तिकी सिर्जना राईको परिवारलाई लत्ताकपडा प्रदान गरेको संस्थाका अध्यक्ष अविजित ताम्राकारले जानकारी दिए । त्यस्तै विपन्न परिवारलाई खाद्यान्न सामग्री पनि दिएको छ । त्यसै गरि धरान ८ स्थित सिद्धार्थ मार