प्राइममा हस्पिटालिटी म्यानेजमेन्ट तालिम

  • असार १०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । प्राइम भिजन इन्टरनेशनलले एसइई दिएर बसेका विद्यार्थीहरुलाई हस्पिटालिटी तालिम दिएको छ ।

धरानमा एडभान्स डिप्लोमा अध्यापन गराउँदै आएको प्राइम भिजनले एसईई दिएर बसेका बिद्यार्थीलाई लक्षित गरी तालिमको आयोजना गरेको हो ।

दशदिनसम्म चल्ने निःशुल्क हस्पिटालिटी म्यानेजमेन्ट तालिममा बिद्यार्थीलाई होटल म्यानेजमेन्ट साथै विभिन्न व्यवहारिक बिषयहरुमा प्रशिक्षित गरिएको कलेजका कार्यक्रम संयोजक संगीत सिग्देलले जानकारी दिए । उनले भने–‘हामीले एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी तालिम आयोजना गरेका हौं, यसले विद्यार्थीलाई हस्पिटालिटी सम्बन्धी जानकारी होस् भन्ने हाम्रो उद्देश्य हो ।’

उनले तालिममा होटल व्यवसाय सम्बन्धि जानकारी, व्यवसायिक किचन सम्बन्धि तालिम, खानालाई कसरी ग्राहक माझ प्रस्तुत गर्ने, समूहमा बोल्न सक्ने क्षमताको अभिवृद्धि, व्यक्तित्व विकास जस्ता विभिन्न व्यवहारिक बिषयहरुमा सहभागीहरुलाई प्रत्येक विधाका बिज्ञयद्वारा सहजीकरण गरिएको बताए ।

बिगत ५ बर्ष देखि होटेल म्यानेजमेन्ट र म्यानेजमेन्ट विषय अध्यापन गराउँदै आएको प्राइम भिजन कलेजले बिद्यार्थीको क्षमता अभिवृद्धि हुने खालका विभिन्न कार्यक्रमहरु समय–समयमा आयोजना गर्दै आइरहेको छ ।

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved