जिसस उदयपुरमा गठबन्धनका उमेद्वार विजयी

  • असार १०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । उदयपुरको जिल्ला समन्वय समिति प्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

प्रमुखमा एकीकृत समाजवादीका गौरबहादुर विश्वकर्मा र उपप्रमुखमा नेपाली काँग्रेसका तेजप्रसाद गिरी निर्वाचित भएका हुन् ।

कुल १६ मतदातामध्ये ११ मत प्राप्त गरेर विश्वकर्मा विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी एमालेका इन्द्रराज कार्कीले पाँच मतमात्र पाए । आठ स्थानीय तह रहेको गठबन्धनतर्फ काँग्रेसका सात, माओवादीका तीन र एकीकृत समाजवादीका एक मतदाता थिए । एमालेका पाँच मतदाता थिए ।

जिल्ला समन्वय समितिका सातजना सदस्यमा गठबन्धनतर्फका सबै उम्मेदवार निर्वाचित भएका छन् । महिला सदस्यमा माओवादी केन्द्रकी गोमा कार्की, बिन्दाकुमारी विश्वकर्मा र कांग्रेसबाट मन्जुकुमारी परियार निर्वाचित भएका छन् ।दलित तथा अल्पसंख्यक सदस्यबाट ‍माओवादी केन्द्रका पदकुमार राई, सदस्यहरूमा माओवादी केन्द्रका इन्द्रबहादुर थापा, कांग्रेसका विष्णु कटुवाल, भीमचन्द्र राई निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गठबन्धन दलहरूबीच एकीकृत समाजवादीले समन्वय प्रमुख र काँग्रेसले उपप्रमुख पाउने सहमति भएको थियो ।

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved