समाचार

    Showing 5,971-5,980 of 10,035 items.
  • गृह श्रमिक महिलाहरुको सवालमा गोष्ठी सम्पन्न

    धरान । गृह श्रमिक सरोकार समाज नेपाल रातो पुल काठमाडौंको आयोजना होम नेट साउथ एशियाको सहयोग गृह श्रमिक महिला ढाका लघु उद्यमी समाज नेपाल धरान सुनसरीको संयोजनमा एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । धरानको न्यू ड्रिम ल्याण्ड होटलको सभाकक्षमा गृह श्रमिकका सवाल र कोभिडको असर विषयक एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको हो । गृह श्रमिक सरोकार समाजकी अध्यक्ष प्रभा पोख्रेलको अध्यक्षता धरान उपमहानगरपालिकाका उपप्रुमख अइन्द्र विक्रम बेघाको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यशाा गोष्ठीमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मिन कुमार विश्वकर्मा संविधान सभा सदस्य किरण कुमार राईको उपस्थिति रहेको थियो । सो

    • प्रकाशित मितिः असार १६, २०७९
    • 905 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरी उद्योग वाणिज्य संघको निर्वाचन: व्यावसायिक सुरक्षा प्राथमिकतामा

    धरान । गाउँघरमा असार लागेको छ । शहरबजारका व्यापारीलाई पनि ‘चुनाउ’ले उसैगरी असार लगाएको छ । धरानभित्रै पर्ने गाउँ ‘पानबारी’ धान उत्पादनको उर्वरभूमि हो । असारले छपक्कै छोपेका बेला, मध्ये असारमा शहरबाट ‘चुनाउ’ लिएर उद्योगी व्यवसायी गाउँ पसेका छन् । पानबारीमा हार्डवेयर पसल सञ्चालन गर्दै आएकी झुमा राई भोट माग्न आउनेसँग आग्रह गर्दै छिन्, ‘जितिसके पछि त हाम्रो समस्या पनि हेर्दिनु पर्‍यो है ।’ सुनसरी उद्योग वाणिज्य संघको असार २० मा हुने निर्वाचनमा अध्यक्षका उम्मेदवार शिवराज श्रेष्ठ प्रतिबद्धता पूरा गर्ने आश्वासन दिइरहेका छन् । उत्तिसारो उत्साहजनक न

    • प्रकाशित मितिः असार १६, २०७९
    • 1,187 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बस्नेत कार्यकारी सम्पादकमा नियुक्त

    धरान । कोशी मिडिया गु्रप प्रा.लि अन्तर्गत रहेको कोशीपत्र राष्ट्रिय दैनिकको कार्यकारी सम्पादकमा गोविन्द बस्नेतलाई नियुक्त गरिएको छ । विगत एक बर्ष भन्दा लामो समयदेखि कोशीपत्र दैनिकमा समाचार सम्पादकको रुपमा कार्य गरिसेकेका बस्नेतलाई कार्यकारी सम्पादकको जिम्मेवारी सुम्पिएको हो । विगत २० वर्ष देखि सञ्चारक्षेत्रमा सक्रिय रहेका बस्नेतलाई कोशीपत्र दैनिकका कार्यालयमा बुधबार एक कार्यक्रमको आयोजना गरी कार्यकारी प्रा.लिका निर्देशक योगोशबाबु काफा्ललो नियुक्तिपत्र दिदै जिम्मेबारी दिएका हुन् । कार्यक्रममा प्रालिका अध्यक्ष शंकर घिमिरे, सम्पादक राजेश विद्रोहीले कार्यकालको सफलताको शुभकामना दिएका थिए । बस्नेत

    • प्रकाशित मितिः असार १६, २०७९
    • 737 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • र्‍याडिकल लाइटको दोस्रो अडिसन बुधबार सम्पन्न

    धरान । एसइइ दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी आयोजना भएको एसइइ स्पिकर सिजन २ को पहिलो चरणको अडिसन बुधबार सम्पन्न भएको छ । र्‍याडिकल लाइट नेपाल प्रा.लि.ले आयोजना गरेको दोस्रो चरणका कार्यक्रम धरान–१३ को वडा कार्यालय परिसरमा रहेको ज्येष्ठ नागरिक तथा बालबालिकाको हलमा भएको सम्पन्न भएको थियो । सुनसरी जिल्लाका विभिन्न बिद्यालयका ३० जना बिद्यार्थीहरु सहभागि थिए । पहिलो अडिसनबाट १५ जना बिद्यार्थीहरु दोश्रो चरणका लागि छनोट भएका छन । छनोट भएका बिद्यार्थीहरुलाई ब्यक्तित्व बिकास, नेतृत्व विकास, आत्मविाश्वास अभिवृद्धि, बोल्ने शैलीको अभिमुखिकरण दिदै आएको प्रा.लि.का अध्यक्ष तिर्थ कार्कीले जान

    • प्रकाशित मितिः असार १६, २०७९
    • 973 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बाढीले सुनसरी र मोरङमा ठूलो क्षति: सयौँ घर विस्थापित, केहीको उद्धार

    धरान । लगातार आएको बर्षाका कारण प्रदेश नं. १ को सुनसरी, मोरङमा ठूलो क्षति पुगेको छ । कैयौ घर विस्थापित भएका छन, कैयौको उद्धार गरिएको छ । सुनसरीमा मात्र बर्षाको कारण ४६ घरका २ सय बढी विस्थापित भएका छन् । सुनसरीमा अविरल बर्षाका कारण बाढीका कारण ४६ घर डुबानमा परेका छन् भने २ सय ३९ जना विस्थाति भएका छन् । बाढीले थप क्षति नपु¥यायोस् भनेर हरिनगर ५ वसन्तपुरस्थित सशस्त्र प्रहरीको बिओपी समेत राखिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यावले बताए । उनले भने–‘सुनसरीका स्थानीय तहहरुमा हालसम्म ४६ घर डुबानमा परेका छन्, विभिन्न स्थानका २ सय ३९ जना विस्थापित भएका छन्, थप जोखिम नहोस् भन

    • प्रकाशित मितिः असार १६, २०७९
    • 1,052 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • यात्रा धरान ग्रुपले कार्यालय खोलेर काम शुरु गर्ने

    धरान । यात्रा धरान ग्रुप अफ कम्पनी प्रा. लि. ले धरान ११ मंगलबारे स्थित हङ्कङ रोडमा आफ्नो कार्यालय स्थापना गरी रियल स्टेटको काम शुरु गर्ने भएको छ । मंगलबार धरान १०मा रहेको कफी पब एण्ड रेस्टोमा पत्रकार सम्मेलन गर्दै कम्पनीका अध्यक्ष आधि लामाले कार्यालयको कार्या उद्घाटन गरेर कम्पनीको कामलाई निरन्तता दिने बताए । उनले आगामी शुक्रबार कम्पनीको कार्यालय उद्घाटन गर्ने जानकारी दिँदै पूर्वी नेपालको पर्यटकीय सम्भावना बोकेको प्राकृतिक सौन्दर्यलाई फोटो मार्फत प्रचार गर्ने अभियान बोकेर कम्पनी स्थापना गरेको बताए । उनले भने–‘हामीले २०६८ सालमा यात्रा धरान नामक फेसबुक पेज र एकाउन्ट सुरू भएको थियौ

    • प्रकाशित मितिः असार १५, २०७९
    • 1,372 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सिद्धि नेवाः परिषद्द्वारा निःशुल्क आँखा शिविरको आयोजना

    धरान । सिद्धि नेवाः परिषद् धरानले नि: शुल्क आँखा शिविरको आयोजना गरेको छ । मंगलवार परिषद्को भवनमा सम्पन्न शिविरमा १ सय १७ जनाले आँखा जाँच गरेका थिए । नेपाल नेत्र ज्योति संघ बिराटनगर आँखा अस्पताल रानीका चिकित्सक टोलिले आँखा जाँच गरेका थिए । शिवरमा शल्यक्रियाका लागि छनौट भएका विरामीहरुका लागि नि: शुल्क शल्यक्रिया गरिने व्यवस्था गरिएको परिषद्क अध्यक्ष गोकुल प्रसाद श्रेष्ठले बताए । विरामीका लागि सहुलियत दरमा चश्मा तथा औषधि समेत उपलब्ध गरिएको थियो । आँखा जाँच गरेका विरामीहरुकालागि आवश्यक परामर्श गरिनुका साथै थप उपचार गर्न नसक्ने भए संस्थाले आवश्यक सहयोग गर्ने समेत योजना रहेको शिविर संयोजक मोहन श्रे

    • प्रकाशित मितिः असार १५, २०७९
    • 1,098 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बीपीमा स्वास्थ्य विमा कार्यक्रम स्थगित: सर्वसाधारण भने मारमा

    धरान । केही समय अगाडि सरकारले स्वास्थ्य विमामार्फतको रकम भुक्तानी नभएको भन्दै सेवा बन्द गर्ने निर्णय गरे पनि सेवा सुचारु गरेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पुनः सार्वजनिक सूचना प्रकाशित गर्दै आगामी असार २० गतेदेखि स्वास्थ्य विमा कार्यक्रमलाई स्थगित गर्ने जनाएको छ । प्रतिष्ठानाले सोमबार एक सूचाना जारी गर्दै विमा कार्यक्रमको सरकारसँग ३४ करोड भुक्तानी लिन बाँकी रहेको र बाँकी रहेको रकम नदिएकै कारण वीपी सञ्चालनमा कठिनाई भएको भन्दै वीमा कार्यक्रमलाई स्थगन गरिएको जनाएको छ । विमा बोर्डबाट बीपीले दाबी गरे अनुरुपको रकम नआएपछि प्रतिष्ठानका कर्मचारी, चिकित्सक लगायत प्रतिष्ठानमा

    • प्रकाशित मितिः असार १५, २०७९
    • 1,158 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बाढी बितण्ड: सुन्दरहरैंचामा एकको मृत्यु, विराटनगरका सयौं परिवार विस्थापित

    धरान । सोमबारदेखि आएएको अविरल बर्षाका कारण खोलामा बाढीले बगाउदा मोरङमा ठूलो धनजनको क्षति भएको छ । अविरल आएको बाढीले बगाएर सुन्दरहरैचा नगरपालिकाामा एक जनाको मृत्यु भएको छ । सुन्दरहरैँचा–६ सिसौघारीका ५५ वर्षीय रामबहादुर विकको गछिया खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । यस्तै मोरङकै सिंघिया खोलामा आएको बाढीले १ सय ७५ परिवार विस्थापित भएका छन् । विराटनगर र कटहरी गरी १ सय ७५ परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार विराटनगरमा ४५ र कटहरी गाउँपालिकामा १ सय ३० परिवार विस्थापित भएका छन् । विराटनगर–८ मा २५ र विराटनगर–२

    • प्रकाशित मितिः असार १५, २०७९
    • 872 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगरका विद्यालय तीन दिन बन्द

    धरान । विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । महानगर प्रमुख नागेश कोइरालाको अध्यक्षतामा मंगलबार साँझ बसेको बैठकले अविरल वर्षाका कारण बाढी र डुबानको जोखिम बढ्दै गएकाले असार १५ देखि १७ गतेसम्म सामुदायिक र निजी विद्यालय बन्द गर्ने निर्णय गरेको हो । प्रमुख कोइराला, उपप्रमुख शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतसहित १९ वटै वडाका वडाध्यक्षहरूको उपस्थितिमा बसेको बैठकले बर्खे विदामा कटौती गर्ने गरी तीन दिन विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको महानगरको शैक्षिक प्रशासन महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले जानकारी दिए

    • प्रकाशित मितिः असार १५, २०७९
    • 784 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved