बाढी बितण्ड: सुन्दरहरैंचामा एकको मृत्यु, विराटनगरका सयौं परिवार विस्थापित

  • असार १५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । सोमबारदेखि आएएको अविरल बर्षाका कारण खोलामा बाढीले बगाउदा मोरङमा ठूलो धनजनको क्षति भएको छ । अविरल आएको बाढीले बगाएर सुन्दरहरैचा नगरपालिकाामा एक जनाको मृत्यु भएको छ । सुन्दरहरैँचा–६ सिसौघारीका ५५ वर्षीय रामबहादुर विकको गछिया खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यस्तै मोरङकै सिंघिया खोलामा आएको बाढीले १ सय ७५ परिवार विस्थापित भएका छन् । विराटनगर र कटहरी गरी १ सय ७५ परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीका अनुसार विराटनगरमा ४५ र कटहरी गाउँपालिकामा १ सय ३० परिवार विस्थापित भएका छन् । विराटनगर–८ मा २५ र विराटनगर–२ मा २० परिवार विस्थापित भएका छन् । विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

बाढीले कटहरी–१ को टाइगरटोलमा ६०, हनुमान मन्दिर एरियामा ४० र नारी विकास संघ एरियाका ३० परिवार विस्थापित भएका छन् ।

इटहरीमा बालुवा प्रशो ...

इटहरी/ इटहरी उपमहानगरपालिका–३ स्थित त्रिवेणी ...

मोडर्न प्रीपेरेटोरी ...

इटहरी/ विद्यार्थी तथा शिक्षकहरूलाई लक्षित गरी ट्राफिक स ...

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved