धरान । कोशी मिडिया गु्रप प्रा.लि अन्तर्गत रहेको कोशीपत्र राष्ट्रिय दैनिकको कार्यकारी सम्पादकमा गोविन्द बस्नेतलाई नियुक्त गरिएको छ ।
विगत एक बर्ष भन्दा लामो समयदेखि कोशीपत्र दैनिकमा समाचार सम्पादकको रुपमा कार्य गरिसेकेका बस्नेतलाई कार्यकारी सम्पादकको जिम्मेवारी सुम्पिएको हो ।
विगत २० वर्ष देखि सञ्चारक्षेत्रमा सक्रिय रहेका बस्नेतलाई कोशीपत्र दैनिकका कार्यालयमा बुधबार एक कार्यक्रमको आयोजना गरी कार्यकारी प्रा.लिका निर्देशक योगोशबाबु काफा्ललो नियुक्तिपत्र दिदै जिम्मेबारी दिएका हुन् ।
कार्यक्रममा प्रालिका अध्यक्ष शंकर घिमिरे, सम्पादक राजेश विद्रोहीले कार्यकालको सफलताको शुभकामना दिएका थिए । बस्नेतले टेलिभिजन, पत्रिकामा एफएमम पत्रकारिताको अनुभव बटुलिसकेका छन् भने नेपाल पत्रकार महासंघ सुनसरीको एक कार्यकाल कार्यकारिणी सदस्य र एक कार्यकाल कोषाध्यक्षको भूमिका समेत निर्वाह गरिसकेका छन् ।