समाचार

    Showing 5,831-5,840 of 8,609 items.
  • इलाममा साउन ७ सम्म निषेधाज्ञा

    इलाम । कोभिड संक्रमण नियन्त्रणका लागि इलाममा वैशाख २८ देखि शुरु भएको निषेधाज्ञा पछिल्लो पटक पुनः थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय इलामले बिहीबार आगामी साउन ७ गते सम्मका लागि निषेधाज्ञा थप गरेको हो । प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले आदेश जारी गर्दै असार ३१ गते मध्यराति सम्म लागू गरिएको निषेधाज्ञालाई आगामी साउन ७ गते सम्म बढाइएको जनाएका छन् । यसअघि असार ३१ सम्म सबै प्रकारका सभा, जुलुस सेमिनार, गोष्ठी, होटल, साप्ताहिक हाट लगायतका क्षेत्रलाई निषेध गरिएको थियो । आदेशमा इलाम बजार क्षेत्रभित्र यात्रुबाहक सवारीलाई निषेध गरिएको थियो । यस्तै जिल्ला भित्रने र बाहिरिने यात्रु वहाक सवारीमा स

    • प्रकाशित मितिः साउन १, २०७८
    • 602 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपाली काँग्रेस धरान नगर समितिको आफ्नै भवन

    धरान/ लामो समयसम्म कोठा भाडामा राखेर कार्यालय सञ्चालन गर्दे नेपाली कांग्रेस धरान नगर समितिको आप्नै भवन निर्माण भएको छ । जग्गादाताबाट जग्ग प्राप्त भएपछि निर्माण कार्य शुरु गरेकोे कार्यालयको भभवन निर्माणको कार्य सम्पन्न भई भवनको सज्जावटको काम भइरहेको जनाइएको छ । नेपाली कांग्रेस धरानका नगर सभापति तिलक राईका अनुसार नेपाली काँग्रेसबाट निर्वाचित धरान १८ की महिला निर्वाचित वडा सदस्य दिलकुमारी राईले वडा नं. १७ मा भवन बनाउनका लागि निःशुल्क २५ धुर जग्गा उपलब्ध गराएपछि भवन निर्माणले तिब्रता पाएको थियो । सभापति राईले भने, ‘पार्टीका नेता साथीहरुले त्यहाँ अपायक पर्ने भयो, पायक पर्ने ठाउँमा भवन निर्म

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 830 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ४८ घण्टामा उच्चस्तरीय वार्ता टोली गठन गरेर समस्या समाधा गर्न माग

    धरान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुद्धिकरणको माग राखी विगत एक महिना भन्दा लामो समयदेखि आन्दोलनमा उत्रिएका संयुक्त सघर्ष समितिले नवनियुक्ति प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र पठाएका छन् । उनीहरुले चिकित्सक, विद्यार्थी, कर्मचारी लगायतसंग पटक पटक गरेका सहमति कार्यान्वयन गर्न नसकी आफ्ना पदीय जिम्मेवारी निर्वाह गर्न नसकेको भन्दै उनीहरुले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् । उनीहरुले चारजना पदाधिकारीको राजीनामासहित अन्य सुद्धिकरणका १२ बुदे मागसहित नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । समितिमा आफूहरुको प्रतिनिधित्व

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 597 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बीपीको आन्दोलनलाई प्रा.डा गोविन्द केसीले प्रतिष्ठानमै आएर समर्थन जनाए

    धरान/  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी आन्दोलनलाई समर्थन जनाउन शिक्षा, स्वास्थ्य सुधारमा माग राखी पटक पटक अनसनमा बस्नु भएका प्रा.डा. गोविन्द केसी धरान आएर आन्दोलनकारीरुलाई समर्थन जनाएका छन् । एक महिना भन्दा लामो समयदेखि प्रतिष्ठानमा भएको भ्रष्टाचार, व्यथिति, पदाधिकारीहरुले गरेका मनोमालिन्य कामहरुको विरुद्धमा प्रतिष्ठानमा कार्यरत चिकित्सक, नर्स, वेलफेयर सोसाइटी, विद्यार्थी लगायतले संयुक्त आन्दोलन संघर्ष समिति नै गठन गरेर पदाधिकारीको राजीनामासहित १२ बुदे माग राखी आन्दोलनमा उत्रिएका उनीहरुको समर्थनमा केसीले यस अगाडि नै प्रेस विज्ञप्तीमार्फत समर्थन जनाएका थिए । तर बुधबार प्र

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 1,099 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • उच्च अदालतकी कर्मचारीको हत्या भएको पुष्टि

    इलाम/ सोमबार मृत भेटिएकी उच्च अदालत विराटनगर इलाममा कार्यरत बिमलादेवी पराजुलीको हत्या आरोपमा एक प्रहरी पक्राउ परेका छन् ।मंगलबार जिल्ला प्रहरी कार्यालय इलामले पत्रकार सम्मेलन गर्दै मुख्य न्यायाधीशका सुरक्षा गार्डका रूपमा कार्यरत धनकुटा होलीखर्क–५ का प्रहरी युवराज बानियाँलाई पक्राउ गरेको जानकारी दिएको हो । मृतक पराजुली र प्रहरी बानियाँबीच लामो समयदेखि सम्बन्ध रहेको खुलेको छ । अभियुक्तलाई सोमबारनै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए । बयानमा अभियुक्त बानियाँले घाँटी थिचेर मारेको स्वीकारेको प्रहरी प्रमुख

    • प्रकाशित मितिः असार ३०, २०७८
    • 798 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मुलबाटो कालोपत्रे नगरे सन्यास लिने इटहरी प्रमुखको घोषणा

    सुनसरी / इटहरीका सबै मुलबाटोहरु कालोपत्रे गर्न नसके राजनितिबाटै सन्यास लिने इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले घोषणा गरेका छन् । कार्यकाल सकिन एक वर्ष बाँकी रहँदा इटहरीका सबै मुलबाटोहरु कालोपत्रे भइसक्ने उनले दाबी गरे । उनले भने, ‘कार्यकाल भरिमा इटहरीका सवै मुलवाटोहरु कालोपत्रे गर्न नसके राजनीतिबाटै सन्यास लिनेछु ।’ वडा नम्बर २ को वडा कार्यालय भवन उदघाटन गर्दै प्रमुख चौधरीले बहुवर्षे योजना अन्र्तगत धेरै योजना संचालनमा रहेको जानकारी दिए । उनले भने, ‘केही योजना निर्माण भइसकेको छ । चालु आर्थिक बर्षमा ६० वटा योजना टेण्डर भइसकेको छ, इटहरीले पूर्वाधार निर्माणमा

    • प्रकाशित मितिः असार ३०, २०७८
    • 756 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपीका आन्दोलनकारीले गरे वडाअध्यक्ष सँग छलफल

    धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शुद्धिकरण अभियानमा २८ दिन देखि आन्दोलनरत संयुक्त संघर्ष समितीले धरानका वडाअध्यक्षहरु सँग छलफल गरेको छ । समितीले मंगलबार आन्दोलनको विषयमा वडाअध्यक्षहरुको धारणा बुझ्न छलफल गरेको हो । २० वटै वडाका वडाअध्यक्षहरुलाई बोलाए पनि ३ वटा वडाका अध्यक्षहरु मात्रै उपस्थित भएका थिए । सहभागि वडाअध्यक्षहरुले प्रतिष्ठानमा विगत चार हप्तादेखि जारी आन्दोलनलाई समर्थन जनाउँदै सहयोग गर्ने प्रतिबद्धता जनाए । प्रतिष्ठानलाई सुधार गर्न आवश्यक रहेको बताउँदै सहभागि वडाअध्यक्षहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको समितीका सदस्य तथा जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीका उ

    • प्रकाशित मितिः असार २९, २०७८
    • 1,065 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • यस वर्षपनि बोलबम मेला नलाग्ने

    धरान/ विगत दुई वर्ष देखिको कोरोना महामारीका कारण धरान स्थित पिण्डेश्वर मन्दिरमा बोलबंम धार्मिक मेला हुन सकेका छैनन् । यस वर्ष पनि कोरोना संक्रमण पुर्णरुपमा नियन्त्रण आउन नसके पछि मेला नलाग्ने भएको छ । विगत ४० वर्ष देखि साउन महिनामा बोलबंम मेला लाग्दै आएको धरान १४ स्थित विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा कोरोनाको महामारी शुरु भए सँगै मेला बन्द गरिएको छ । निषेधाज्ञा खुकुलो भए पनि संक्रमणको दर बढ्दै गएकाले यस वर्ष पनि बोलबंम मेला नलगाउने पिण्डेश्वर बाबाधाम समितीका अध्यक्ष विकाश बनेपालीले बताए । वनेपालीका अनुसार बोलबममा एकै दिन हजारौं भक्तजनहरु आउने र दुरी कायम गर्न नसकिने, पानीले भिजिने

    • प्रकाशित मितिः असार २९, २०७८
    • 1,153 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सर्वोच्चको फैसला : राजनीतिक स्थिरता होला ?

    धरान/ जहाँ असभ्य मानिसहरू बस्छन्, त्यहाँ कानुनको पालना हुँदैन । जहाँ सभ्य मानिसहरू बस्छनु, त्यहाँ कानुनको आवश्यकता नै पर्दैन । यो भनाइ न्याय क्षेत्रमा प्रचलित छ । नेपाली राजनीतिमा दोहोरिरहने घटना र यहाँका राजनीतिक नेताहरूका कार्यशैलीबाट पनि उपर्युक्त भनाइ पटक–पटक साबित भएको छ । त्यसो भए के संविधान, कानुन र ऐन–नियमहरूको निर्माण अनावश्यक काम हुन् त ? त्यसो पनि होइन तर शान्त र समुन्नत देश तथा सुखी नागरिकहरूका लागि संविधान र कानुन नै सबै थोक भने होइनन् । संविधान र कानुनको पालना प्राथमिक विषय हो र यसका लागि सभ्य एवम् इमान्दार मानिस आवश्यक हुन्छ । हामीकहाँ यसैको अभाव देखिएको छ । प्

    • प्रकाशित मितिः असार २९, २०७८
    • 855 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पहिरोको जोखिममा प्रसारण लाईन टावर र एड्भेञ्चर पार्क (भिडियो सहित)

    धरान । केहि दिन अघिको वर्षाले विष्णुपादुका क्षेत्रका डाँडाहरु भासिन थाले पछि राष्ट्रिय गौरबका योजनाहरु सहित पर्यटकीय पुर्वाधार पनि जोखिममा परेको छ । विष्णुपादुका २० हुँदै विस्तार गरिएको २ सय २० केभि प्रसारण लाईन अन्तर्गतको चिण्डेडाँडा हुँदै सुलिकोट र तामाखाम जाने चोकमा रहेको टावर जोखिममा परेको हो । टावर राखिएको क्षेत्र भासिनुका साथै पहिरोको जोखिममा परेको छ भने पर्यटक प्रवद्र्धनका लागि निर्माण गरिएको सेक्ष एडभेञ्चर पार्क पनि जोखिममा परेको छ । पार्कका संचालन बासुदेव बरालका अनुसार टावर राखिएको स्थान भासिदै गएको छ भने कच्ची सडक पनि चिरा परेर पहिरो जान लागेको छ । त्यसकै तल्लो भागमा रहेको पार्क जोखि

    • प्रकाशित मितिः असार २९, २०७८
    • 807 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved