मेयर हर्क साम्पाङ्गको स्वर रहेको हाइकिङ्ग गीत सार्वजनिक

  • साउन ११, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरानमा हाइकिङ्ग जाने प्रचलनलाई ब्यापकता बनाउनमा ठुलो भूमिका निभाउने सेवक अभियानले हाइकिङ्गसँग सम्बन्धित ‘हाइकिङ्ग गीत’ सार्वजनिक गरेको छ ।

सोमबार धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक कक्षमा मेयर हर्कराज राई (साम्पाङ) ,उपमेयर अइन्द्रविक्रम बेघा र गीतकार तथा सेवक अभियानका अध्यक्ष हलवाईले संयुक्त रुपमा उक्त गीतको अडियो बिमोचन गरेका थिए भने प्रमुख अतिथि मेयर राईले सो गीतको लिरिकल भिडियो समेत सार्वजनिक गरेका छन् ।

उक्त गीतमा चर्चित गायकहरु राजेशपायल राई, शिव लामिछाने, डिल्ली फम्बो गायिकाहरु मेलिना राई, प्राश्ना शाक्य, रमना श्रेष्ठ, पम्फा चहार संगै मेयर हर्क साम्पाङको समेत स्वर रहेको छ । धरानको भावना स्टुडियोमा रेकर्ड गरिएको गीतको संगीत मनोज मोतेको रहेको छ । पर्यटन प्रवद्र्धन र प्रकृतिमूलक गीत स्वास्थ्यका लागि प्रवद्र्धन गर्ने उद्देश्यले ल्याइएको र चांडैनै यस गीतको म्युजिक भिडियो समेत निर्माण गरिन लागेको गीतकार राजिब हलवाईले बताए । २०७४ भदौ ३१बाट सेवक अभियान मार्फत हरेक शनिबार हाइकिङ्ग जान थालिएकोमा अहिले सम्म २१८ सप्ताह पुरा भैसकेको छ । सिल्भर इन्टरटेण्टमेन्टको सहकार्यमा सेवक अभियानले गीत निर्माण गरेको हो । सोही कार्यक्रममा धरानमा प्याकेजिंग गरेर अनुपमा प्याकेजिंग उद्योगले उत्पादन गरेको धरान टि मेयर, उपमेयर लगायत अतिथिहरुलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा धरान सरोकार समाजका अध्यक्ष प्रभु प्रसाद श्रेष्ठ, धरान फुटबल क्लब का अध्यक्ष तथा नेपाली कांग्रेसका नेता किशोर राई , चर्चित गायक डिल्ली फोम्बो लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

दुर्घटना परेकी देविक ...

धरान ।सुनसरीको रामधुनी नगरपालिका वडा नं. ३ बगैंचा टोलमा ...

केशलियाका   बिधार्थि ...

दुहबी/ मोरङको बुढीगंगा–४ मा अवस्थित मनमोहन स ...

सरकारी बीमाले औषधि व ...

धरान/ नेपाल सरकारद्वारा सञ्चालनमा ल्याइएको स्वास्थ्य बी ...

कोशी प्रदेश ब्याडमिन ...

धरान/  धरानमा सम्पन्न कोशी प्रदेश ब्याडमिन्टन प्रत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved