प्राइमले मनायो पाँचौ बार्षिकोत्सव

  • साउन १०, २०७९
  • " स्नेहा श्रेष्ठ"
alt

धरान । शिक्षालाई व्यवहारिक रुपमा उतार्ने उद्देश्य लिएर सञ्चालन भएको प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले आफ्नो ५ औं बार्षिक उत्सव तथा विद्यार्थी विदाई कार्यक्रम सम्पन्न गरेको छ ।

शिक्षालाई सामाजिक, व्यवसायिक र व्यवहारिक शिक्षाको विकासमा जोड दिँदै धरानमा सञ्चालनमा आएको कलेजले बार्षिक उत्सवसँगै कक्षा १२ को परिक्षा दिएका विद्यार्थीहरुलाई विदाई कार्यक्रमको पनि आयोजना गरेको होे ।

कलेजका डाइरेक्टर अनिल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई सम्मान समेत गरेको थियो ।

धरान उप महानगरपालिकाका उपप्रमुख आइन्द्र बिक्रम वेघाको प्रमुख आतिथ्यमा समपन्न कार्यक्रममा कलेजले ‘स्टुडेन्ट अफ द इयर’ बाट मेला राईलाई सम्मान गरेको थियो । यसैगरी ’हस्पिटालिटि साईनिगं स्टार’ बाट एलिना राई, विद्यार्थीको छनौटबाट “बेष्ट टिचर अफ द इयर“ को उपाधि होटल म्यानजमेन्ट तर्फ संगीत सिग्देलले पाएका थिए । कार्यक्रममा नवराज बिष्टले कमर्सबाट उपाधि हासिल गरेका थिए भने ‘वेष्ट ईम्प्लोई अफ द इयर’ रोस्मिता श्रेष्ठ भएकी थिइन् ।

उक्त कार्यक्रममा कलेजले आफ्ना शेयर सदस्यलाई ढाका टोपी र दोसल्ला ओढाएर सम्मान गरेको थियो । कार्यक्रममा इलाका प्रशासन कार्यलय धरानका प्रशासकिय अधिकृत लोकमान श्रेष्ठ, धरान वडा नं १० का वडा अध्यक्ष विवेक राई लगायतको उपस्थिति रहेको थियो ।

शिक्षित परिवारमै हिं ...

विराटनगर/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा ...

भोजपुरको चुलाचुली गु ...

भोजपुर/ भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका&nd ...

पाँचथर–ताप्लेजुङ सडक ...

पाँचथर/ तमोर करिडोरअन्तर्गत पाँचथर–ताप्लेजुङ सडकख ...

मादक पदार्थ सेवनपछि ...

इटहरी/सुनसरीको रामधूनी नगरपालिका–५ मा बिहीबार रात ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved