धरान । लामो समय देखि धरानमा बजाजको मोटरसाइकल बिक्रि गर्दै आएको अर्विन एण्ड ब्रदर्श अटोले आफ्नै जग्गामा बजाज शोरुम संचालन गरेको छ । धरान ८ स्थित खहरेखोला छेऊमा जग्गा खरिद गरि ‘भिभाइपी शोरुम’ सञ्चालनमा ल्याएको हो । ११ वर्ष देखि बजाजको मोटरसाइकल शोरुम भाडाको घरमा संचालन गर्दै आएको थियो । भाडाको घरमा चलाइएको शोरुमको आफ्नै जग्गामा शोरुम खोलेको अटोका सञ्चालक अर्विन तामाङले बताए । यस्तै, पूर्वमै ठूलो र अत्याधुनिक पार्टस्, स्पेयर्स शोरुम पनि सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । उनले भने, ‘कुचुक्क परेको ठाउँमा मर्मतसम्भार लगायत पार्टस पनि बिक्रीवितरण गर्दै आएका थियौं, त्यही भएर यहाँ
विराटनगर / कोरोनाका कारण स्थगित भएको प्रदेश नम्बर १ लोकसेवा आयोगले पहिलो दुई वटा परिक्षा संचालन गरेको छ । इन्जिनियरिङ सेवा, सिभिल समूह, सहायक स्तर चौथो तह असिस्टेन्ट सब इन्जिनियर (पद संख्या ८५) र सहायक स्तर पाँचौ तह सब इन्जिनियर पदमा जम्मा ४८ पद संख्याको पदपूर्तिको लागि परीक्षा संचालन गरेको हो । आयोगका अध्यक्ष उत्तमकुमार भट्टराईका अनुसार २०७७ चैत ९ गते, बैसाख ६ गते र असार २४ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट स्थानीय सरकारी सेवा अन्तर्गत विभिन्न सेवा समूहका रिक्त पदहरुको परिपूर्तिका लागि माग आपुर्ती फाराम प्राप्त भएको थियो । सोही अनुरुप चैत ३० गते स्थानीय सरकारी सेवा अन्तर्
विराटनगर/ घरेलु रक्सीलाई ब्राण्डिङ गर्न सम्भाव्यता अध्ययन गर्न प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालयले गठन गरेको कार्यदलले प्रतिवेदन तयार गरेको छ । कार्यदलका संयोजक तथा प्रदेश योजना आयोगका सदस्य डा. पूर्ण लोक्समले १० जिल्लाका २ सय २९ घरेलु मदिरा उत्पाबदकहरु, जनप्रतिनिधि लगायतसँग जानकारी संकलन गरेर प्रतिवेदन तयार गरिएको बताए । सोमबार सामाजिक विकास मन्त्री उषाकला राईलाई समितिका पदाधिकारीले अध्ययन प्रतिवेदन बुझाएका छन् । मन्त्री राईले ‘व्याण्ड भर्सेस ब्राण्ड’ अभियान चलाएर प्रदेश सरकारको गौरवको योजनाको रुपमा घरेलु रक्सीको ब्रान्डीङमा जोड दिदै आएकी छन् । सामाजिक विकास मन्त्रालयल
मोरङ/ विराटनगर विमानस्थल बिस्तारका क्रममा लिएको जग्गा मुआब्जाको काम सुस्त बने पछि स्थानीयहरु आक्रोशित बनेका छन् । समयमा जग्गाको मुआब्जाको प्रक्रिया अघि नबढ्दा विराटनगर विमानस्थल वरपर बसोबास गरेका ३ सय ५० घर परिवार मर्कामा परेका छन भने २०७७ को चैत महिनामा १४ सय कित्ता जमिन अधिग्रहणका लागि रोक्का गरिएको छ । समयमै बजेट आउने र आफुहरुले मुआब्जा पाउने आशामा बसेका विमानस्थल पिडितहरु सरकारले बजेटको ब्यवस्था नगर्दा र स्थानीय प्रशासनले अधिग्रहणको काम अघि नबढाउँदा आक्रोशित बनेका छन् । विराटनगर बिमानस्थल पीडित संघर्ष समितिले जग्गा रोक्का गरेर प्रशासनले अधिग्रहणको काम समयमा अगाडी नबढाएको कारण संघर्षक
धरान/ धरान उपमहानगरपालिकाकी उपमेयरको संयोजकत्वमा अनुगमन समिति गठन भएको छ । समितीले चाडपर्व नजिकिदै गर्दा बजार अनुगमनलाई तिब्र पार्छ । गत आइतबार र सोमबार पनि सधै झै चाडपर्वलाई लक्षित गरि धरान उपमहानगरपालिकाले अनुगमन गरेको छ । अनुगमनका क्रममा व्यवसायीहरुकोे व्यवसायीक प्रमाणपत्र हेरिएको थियो भने मासु पसल मापदण्ड अनुसार सञ्चालन छ या छैन भन्ने विषयमा केन्द्रित भएर अनुगमन गरिएको थियो । अनुगमन समितिले धरानका अधिकांश व्यवसायीक फर्महरुमा अनुगमन गर्ने गर्छ । तर जतिपटक अनुगमन गरे पनि गुणस्तरीयतामा भने कहिल्यै सुधार आएको पाइदैन । तर अनुगमनकर्ताले भने विगतको भन्दा सुधार भएको दाबी गर्ने गर्छन् । मासु
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ र ग्लोबल आइएमइ बैंकबीच बैकिंग सुविधाका विषयमा समझदारी पत्र (एमओयु) मा हस्ताक्षर भएको छ । महासंघका तर्फबाट अध्यक्ष टिकाराज ढकाल र बैंकका तर्फबाट प्रदेश प्रमुख सुवास सापकोटाले हस्ताक्षर गरी समझदारी पत्र एक आपसमा हस्तान्तरण गरेका छन् । विशेषगरी बैंकको पहुंच नभएको साना व्यवसायी, नयाँ लगानी गर्ने युवा व्यवसायी, अपांगता भएका व्यक्तिहरु लगायतलाई प्राथमिकतामा राखी बैंकले दिने सेवा सुविधाका सम्वन्धमा सहमति भएको महासंघले जनाएको छ । बैंकले कर्जा र दुबै पक्षीबच कर्जा सुिवधा र अन्य सहुलियत सुविधाहरुमा सम्झौता भएको हो । जसअनुसार व्यवसायी सदस्यहरुलाई लिखि
विराटनगर । प्रदेश नम्बर १ को मन्त्रिपरिषद्ले चालू रहेको प्रदेश सभाको आठौं तथा बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । अधिवेशन साउन आज सोमबार राति १२ बजेबाट अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस भएको मुख्यमन्त्री शेरधन राईका प्रेस संयोजक ध्रुव सुवेदीले जानकारी दिएका छन् । प्रदेश सभाको बजेट अधिवेशन गत जेठ २४ गते शुरु भएको थियो । सोमबार बसेको प्रदेशसभा बैठकमा सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धी विधेयक पेश गरेका थिए ।
धरान/ कोरोना महामारीका कारण विगत दुई वर्ष देखि पर्यटकीय क्षेत्रको लगानी मासिदै गएको छ । प्रदेश नम्बर १ का अधिकांश पर्यटकीय क्षेत्रहरु खण्डहरमा परिणत भएका छन् भने निजी क्षेत्रबाट लगानी गरिएका पर्यटन व्यवसाय पनि जोखिममा छन् । दुई वर्ष देखि कोरोनाको मारमा परेको पर्यटन व्यवसायलाई उठाउन अहिलेसम्म सरकारले कुनै चासो दिएको छैन् । व्यवसायीहरु ऋणको भार थपिएर पलायन हुने अवश्थामा पुगेका छन् । पर्यटन व्यवसायको जोखिम न्युनिकरण गर्न पटक पटक सरकार सँग आग्रह गर्दै आए पनि कुनै सुनुवाई भएको छैन् । पर्यटन क्षेत्र प्रभावित बन्दै व्यवसायीको ठुलो लगानी सहित धेरैको रोजगारी जोखिममा पर्न थाले पछि व्यवसायीहरु अहिल
धरान/ नेपालीहरुको चाडपर्व धमाधम भित्रिदै छ । जति जति जाडपर्वहरु नजिक आउछ त्यति त्यति कृषि बजारको चहलपल पनि उत्तिकै बढ्ने गरेको छ । अझ दशै तथा तिहार जस्ता चाडपर्व तीन चार महिना अगाडिदेखि नै खसी बोककाको कारण उच्च हुने गरेको छ । तर यस बर्ष भने कारोना महामारीका कारण ंसंक्रमण न्यूनिकरण गर्ने भन्दै कृषि बजार नै बन्द गरेपछि कृषि बजार सुनसान छ भने साप्ताहिक रुपमा लाग्ने पशुहाट समेत सुनसान बनेको छ । धरानस्थित कृषि बजारमा प्रत्येक हप्ता लाग्ने पशुहाट अहिले सुनसान छ । विगतमा चाडपर्व नजिकै निक्कै चहलपहल बढ्ने यो बजार कोराना संक्रमणकै कारण सरकारले समेत बजार लगाउन बन्द गरेपछि बजार नै सुनसानझै देखिएको
रंगेली / मोरङको रंगेली नगरपालिकाले जडान गरेको सिसि क्यामरा बिग्रिएको पाँच महिना बितिसक्दा समेत मर्मत हुन नसकेको भन्ने बिषयमा धरानबाट प्रकाशित कोशीपत्रमा शुक्रबार समाचार सम्प्रेषण भएपछि शुक्रबार नै नगरपालिकाले ध्यानाकर्षण भएको भन्दै सूचना जारी गरेको छ । यस रंगेली नगरपालिका बाट रंगेली बजार क्षेत्र भित्र सुरक्षाका दृष्टिकोणले जडान गरिएको सि.सि.टि.भि हाल विद्युतिय पोल सिफटिङ्गले गर्दा सेवा अवरोध रहेकोमा नगर पालिकाको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । कोशीपत्रमा प्रकाशित समाचारमा मोरङको रंगेलीमा सिसी क्यामारा विग्रिएर थन्किदा समेत सम्बन्धित पक्षको ध्यान नजादा सुरक्षामा चुनौति थपिएको भन्दै सम