समाचार

    Showing 5,651-5,660 of 8,606 items.
  • प्रशिक्षक अल्मुताइरी आज नेपाल आउँदै

    धरान । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी शनिवार (आज) नेपाल आउँदैछन् । अल्मुताइरी साफ च्याम्पियनसिप पछि आफु अब कहिले नेपाल नफर्कने भन्दै माल्दिभसबाटै सोझै कतार पुगेका थिए । उनलाई फकाउन केही समयअघि मात्र अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा कतार पुगेका थिए । एन्फा अध्यक्ष तथा कतार फुटबल संघ सगको वार्ता पछि उनि आज नेपाल फर्कन लागेका हुन् । यसअघि नै उनको समयावदि थप ३ वर्ष लम्ब्याइएको छ । खेलप्रेमी नेपालीहरुका माझ अतिनै लोकप्रिय रहेका अल्मुताइरी बेला बेलामा विवादमा आउने गरेका छन् । अब्दुल्लाहकै प्रशिक्षणमा नेपालले पहिलो पटक साफ च्याम्पियनस

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • 642 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा राजेन्द्र राईको नेतृत्वमा छिट्टै नयाँ सरकार बन्छ : अध्यक्ष नेपाल

    मोरङ/ एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश १ को मुख्यमन्त्रीमा चाडैं नै राजेन्द्र राईको आगमन हुने बताएका छन् । बिराटनगर विमानस्थलमा शनिवार (आज) कुरा गर्दै अध्यक्ष नेपालले चाडैं नै हालका मुख्यमन्त्री भीम आचार्यको बहिरगमन हुने र राजेन्द्र राईको आगमन हुने बताएका हुन् । उनले अघिल्लो सरकारले संघीयता, राष्ट्रियता र लोकतन्त्रलाई कमजोर बनाउने काम गरेको आरोप समेत लगाएका छन् । प्रदेशमा नयाँ सरकारको गठनको विषयमा अहिलेसम्म पनि काग्रेंसले आफ्नो धरणा अघि सारेको छैन् । अब बन्ने नयाँ सरकारको नेतृत्व काग्रेंसले आफै लिन खोजीरहेको अवस्थामा नेता नेपालले राजेन्द्र राईको नेतृत्वमा नयाँ

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • 539 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्ट्रिट फुड व्यवसायीहरुलाई खाद्य स्वच्छता सम्बन्धि तालिम

    धरान । धरान उपमहानगरपालिका वडा नं. १८ का सडक आसपासमा बसेर खाजा बिक्री गर्ने स्ट्रिट फुड व्यवसायीहरुलाई खाद्य स्वच्छता सम्बन्धि अभिवृद्धि तालिम दिईएको छ । खाद्य प्राविधिक तथा गुण नियन्त्रण कार्यालय विराटनगरको आयोजना, धरान उपमहानगरपालिका र सोही वडाको सह–आयोजनामा उनीहरुलाई दुई दिने खाद्य स्वच्छता अभिवृद्धि तालिम दिईएको हो । वडा नं. १८ को वडा कार्यालयमा आयोजित खाद्य स्वच्छता सम्बन्धि अभिवृद्धि तालिममा ४० जना स्ट्रिड फुड व्यवसायीहरु सहभागि भएको बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले जानकारी दिए । शुक्रबारबाट सुरु भएको अभिवृद्धि तालिम शनिबार समापन हुनेछ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • 749 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपाली कांग्रेस धरान १० को पदस्थापन सम्पन्न

    धरान । नेपाली कांग्रेस धरान उपमहानगरपालिका वडा नं. १० को पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । कांग्रेसका नेता एवं प्रदेशसभा सदस्य चन्द्रप्रसाद श्रेष्ठ (डिआईजि)को प्रमुख आतिथ्यतामा गत भदौ २१ गते भएको वडा अधिवेशनबाट निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरुको पदस्थापन कार्र्यक्रम सम्पन्न भएको हो । १० नं. वडामा पावल राईको सभापतित्वमा ४० जना सदस्य रहेका छन् । शुक्रबार धरान १९ स्थित हरियाली पार्कमा आयोजित पदस्थापन कार्यक्रममा विगत लामो समयदेखि पार्टीमा योगदान पुर्याउँदै आएका ज्येष्ठ नागरिकहरुलाई पनि सम्मान गरिएको थियो । ज्येष्ठ नागरिकहरु कृष्णबहादुर श्रेष्ठ, शिवप्रसाद चापाँगाई र प्रेम कुमार परियारलाई

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • 827 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • यौन शोषण गरेको आरोपमा झापाका एक शिक्षक पक्राउ

    झापा/ आफ्नै विद्यालयका एक छात्रालाई यौन शोषण गरेको आरोपमा झापाबाट एक शिक्षक प्रक्राउ परेका छन् । झापा अर्जनुधारा–६ का जितेन बस्नेतलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । विर्तामोडस्थित न्यूटन एकाडेमीमा अध्ययनरत् छात्रालाई बस्नेतले केहि समयदेखी फकाइफुल्याई यौन शोषण गरेको आरोप लागेको छ। परीक्षामा सहयोग गर्ने भन्दै शिक्षक बस्नेतले विर्तामोडका विभिन्न होटलमा खाजा खान बोलाएर यौन शोषण गरेको खुलेको प्रहरीले बताएको छ। पिडित १५ वर्षीया बालिकालाई फेसबुकमा समेत अश्लिल म्यासेज गरेको परिवारले थाहा पाएपछि घटना बाहिर आएको हो। बस्नेत असोज महिनादेखि न्यूटनमा कार्यरत् नरहेको प्रिन्सिपल देवेन्द्र हु

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • 710 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगरमा पच्चीस तले कम्प्लेक्स निर्माण हुने

    विराटनगर । विराटनगर महानगर र प्रदेश लगानी प्राधिकरणको सहकार्यमा विराटनगरमा २५ तले व्यापारिक कमप्लेक्स निर्माण गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । विराटनगर वडा न.९ मा रहेको गुद्रीबजार क्षेत्रमा अवस्थित १४ कट्ठा जग्गामा व्यापारिक कमप्लेक्स निर्माण गर्न सम्झौता पत्रमा विहीबार हस्ताक्षर भएको हो । महानगरमा कार्यालयमा आयोजित कार्यक्रममा विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेत र एक नम्बर प्रदेश सरकारको लगानी प्राधिकरणका निर्देशक डा. सरोज कोइरालाले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । परियोजनाको काम आगामी तीन महिनाभित्रै शुरुवात हुने र स्वदेशी लगानी करिब रु ५ अर्बमा निर्माण हुने कार्

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • 1,344 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • राप्रपा सुनसरी अध्यक्षमा दुर्गा बस्नेत सर्वसम्मत

    इटहरी । पुर्व भुमिसुधार मन्त्री तथा वरिष्ठ नेता रामकुमार सुब्बाले सकृिय कार्यकर्ता जति नेताको पछि कुद्धा कमल थापाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टिको अवस्था दयनिय र भद्रगोल हुन पुगेको बताएका छन । राप्रपाको जिल्ला अधिवेसनलाइ सम्बोधन गर्दै पुर्व मन्त्री सुब्बाले यस्तो बताएका हुन ।उनले एक जुट हुनको सट्टा गुटबन्दी भएर नेता छान्न थालेपछि राप्रपा पार्टिनै धरापमा परेको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पुर्व मन्त्री सुब्बाले गणतन्त्र स्थापना पछि मुलुक झन अस्थिरता तर्फ धकेलिएको बताउदै संवैधानिक राजतन्त्र अबको आवश्यकता रहेको धारणा राखे । त्यस्तै आफ्नो पार्टिले सदैव मुलुकमा हिन्दु

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • 973 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश सभालाई नागरिकमैत्री बनाउन सुझाव

    विराटनगर । संघीयता र गणतन्त्रको संस्थागत विकासको लागि प्रदेशसभाहरुलाई नागरिकमैत्री बनाउनु पर्नेमा जोड दिइएको छ । मुलक संघीयतामा गई प्रदेश संसद र सरकार गठन भएसंगै नयाँ जनमुखी निकाय स्थापित भएकोले यसलाई जनमैत्री बनाउन प्रदेश १ का सांसद, संचारकर्मी र विज्ञले सुझाव दिएका छन् । संसदीय पत्रकार मञ्च प्रदेश नं १ विहीबार आयोजना गरेको संसदको खुलापन र पारदर्शी अभियान विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले संसदका गतिविधि आम नागरिकहरुका लागि खुला हुनुपर्ने बताए । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सभापति तथा खुला संसदका अभियन्ता तारानाथ दाहालले कार्यपत्र प्रस्तुत गर्दै संघीय संसदको तुलनामा भर्खरै स्थ

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • 739 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हेलचेक्राईले कोरोना संक्रमण कायमै

    धरान । कोरोनाको जोखिम अझै पूर्ण रुपमा न्यूनिकरण नभइसकेको अवस्थामा अहिले सर्वसाधारणको हेलचेक्र्याई अत्याधिक बढेको छ । सार्वजनिक स्थलमा जाँदा साधारण स्वास्थ्य मापदण्ड समेत पालना भएको पाइदैन । धरानको मुख्य चौक भानुचौक, आसपासमा रहेका विभिन्न पसलहरु, धरान १५ विजयपुरमा रहेका मठमन्दिर तथा कोभिड अस्पताल नै रहेको प्रतिष्ठानमा समेत सरकारले तोेकेको सामान्य मापदण्ड समेत पालना गरेको पाइदैन । बढी भीडभाड हुने क्षेत्रमा सेनिटाइजरको प्रयोग हुन छाडेको छ भने भीडभाड क्षेत्रमा जाँदा सर्वसाधारणले मास्कको प्रयोग समेत गर्न छाडेका छन् । सर्वसाधारणको हेलचेक्र्याई बढ्दै गएपछि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रा

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • 1,478 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सिंघिया खोलाको पुल जीर्ण: दुर्घटनाको जोखिम उच्च

    विराटनगर । विराटनगर र मोरङ कटहरी औद्योगिक क्षेत्रलाई जोड्ने सिंघिया खोला माथिको पुल जीर्ण बनेको छ । विराटनगरलाई कटहरी सहित पुरानो जिल्ला सदरमुकाम रंगेलीबाट हुने आउँजाउँ हुने पुल जीर्ण भएका कारण अफ्ठेरो भएको छ । यो पुल हुलाकी मार्गमा पर्ने भएपनि यसको पुर्ननिर्माण र जिर्णोद्धारमा राज्यले चासो दिएको छैन । पुलको पिलरको धेरै भाग पानीले बगाएर माथिसम्म आएको छ भने रेलिङ भांचिएको छ । पुलका बीच भागमा परेका ठूलाठूला भ्वाङका कारण सर्वसाधारणलाई आउँजाउँ गर्न र औद्योगिक उत्पादन पार गराउन समेत समस्या हुन थालेको छ । पुल भएर भारतबाट ल्याइने औद्योगिक कच्चा पदार्थसमेत औद्योगिक क्षेत्रसम्म लग्ने गरिएको छ । मोरङ व

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • 1,179 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved