प्राइम भिजनका दुई विद्यार्थी ‘स्टुडेन्ट एम्बेसेडर अवार्ड’ बाट सम्मानित

  • असोज ८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ अन्तर्राष्ट्रिय ख्याती प्राप्त एड्भान्सड डिप्लोमा इन होटल म्यानेजमेन्टको अध्यापन गराइरहेको धरानको एकमात्र स्मार्ट कलेज प्राइम भिजन इन्टरनेश्नल हस्पिटालिटी म्यानेजमेन्ट कलेजका २ विद्यार्थी ‘स्टुडेन्ट एम्बेसेडर अवार्ड’ बाट सुशोभित भएका छन् ।

प्राइम भिजनमा अध्ययनरत विद्यार्थी पेमदिकी तामाङ र सन्देश पाल्पाली ‘स्टुडेन्ट एम्बेसेडर अवार्ड’ बाट सम्मानित भएका हुन् । विद्यार्थीको व्यक्तित्व, व्यवहार, शैक्षिक क्रियाकलाप, बौद्धिक क्षमता, भाषाशैली र विद्यालयको उपस्थितिका आधारमा उनीहरुलाई सम्मानित गरिएको हो ।

विद्यार्थीले ‘एलसीसीआई ग्लोबल क्वालिफिकेसन’ र ‘एसक्यूए’ द्वारा प्रदान गरिने ‘एसक्यूए एम्बेसेडर सर्टिफिकेट’ सहित नगद पुरस्कार, गिफ्ट भौचर, एलसीसीआईजीक्यू र एसक्यूए एम्बेसेडर लेभल पिन प्राप्त गरेका छन् । विद्यार्थीको क्षमता परीक्षणका आधारमा अवार्ड प्रदान गरिएको हो । सर्टिफाइइड सफ्ट स्किल टे«नर सुजिता बानिया, मेरिट होटल काठमाडौंका क्लस्टर डिरेक्टर रुपेश श्रेष्ठ र ब्रिटिश गोर्खा काउन्सिल नेपालका एचआर हेड शिशिरकुमार पाण्डेले निर्णायकका रुपमा रहेका थिए ।

प्राइम भिजनका पेमदिकी र सन्देशसँगै ईईसीओएचएम बिर्तामोडकी रिया योङहाङ, केआईएचएम ललितपुरकी दिप्ती राई र आरआईसीएचएम चितवनका सन्जय परियारलाई समेत ‘स्टुडेन्ट एम्बेसेडर अवार्ड’ प्रदान गरिएको थियो । हरेक वर्ष एलसीसीआई र एसक्यूए मातहतमा रहेका नेपालभरिका कलेजका विद्यार्थीहरु मध्ये उत्कृष्ट पाँच जनालाई स्टुडेन्ट एम्बेसेडर अवार्ड प्रदान गरिंदै आएको प्राइम भिजनका सिईओ अविशेक श्रेष्ठले जानकारी दिए ।

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved