इटहरी/ मोरङको लेटाङमा प्रस्ताब, माइन्युट लेखन तथा उद्घोषण तालिम सम्पन्न भएको छ । गुडलक एजुकेशन तथा ट्रेनिङ सेन्टर प्रा.लि.इटहरीको आयोजनामा लेटाङ नगरपालिकाको सहयोगमा नगरका ९ वटै वडाबाट ५० जना सहभागीलाई तालिम प्रदान गरिएको हो । तालिम लेटाङ नगरपालिकाका प्रमुख शंकर राईको प्रमुख आतिथ्यतमा सम्पन्न भएको हो । समापनमा सहभागीहरुलाई प्रमाणपत्रका साथै तालिम पुस्तिका समेत वितरण गरिएको छ । कार्यक्रममा नगर प्रमुख राईले नगरपालिकाले नागरिकको क्षमता विकासका लागि यस्ता कार्यक्रमहरु आगामी दिनमा समेत सञ्चालन गर्दै जाने प्रतिवद्धता जनाए । कार्यक्रमका लेटाङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अच्युत प्रसाद दा
बराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिकामा रहेका कोशी बाढि पिडित तथा भुमिहिन सुकुम्बासीलाई धनिपुर्जा दिलाउन प्रतिबद्धता जनाएको छ । २०२२ सालमा कोशी कटानबाट बिस्थापित भई सुकुम्बासीमा बस्दै आएका परिबारलाई धनिपुर्जा दिलाउन नेपाली कांग्रेस नगर समितिले सुचना, संञ्चार तथा प्रबिधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र सुकुम्बासी समस्या हल गर्न बनेको राष्ट्रिय भुमि आयोगका अध्यक्ष केशब निरौलालाई आग्रह गरेको छ । सोमवार नेपाली कांग्रेस वराहक्षेत्र नगर समितिले देबिघाट स्थित बसन्तऋतृ माबिको खेलमैदानमा आयोजना गरेको एक कार्यक्रममा नेपाली कांग्रेस नगर सभापति रमेश कार्कीले नेकपा एमालेको सरकारले ४ बर्ष सम्
धरान/ तिहार तथा छैठ पर्वको आवसर पारेर यामाहा कम्पनीको नयाँ मोडलको मोटरसाइकल बजारमा आएको छ । यामाहा कम्पनीले ग्राहकहरुको सहजतालाई ध्यानमा राखी नयाँ मोडलको मोटरसाइकल बजारमा ल्याएको हो । यामाहाको धरानस्थित आधिकारिक विक्रेता विजयपुर टे«ेडर्सले सोमबार एक कार्यक्रमको आयोजना गरी मोटरसाइकल सार्वजनिक गरेको हो । यामाहा एफ जेड एस भि थ्रि मोटरसाइकल सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरिधारी सापकोटाबाट सार्वजनिक गरेका हुन् । सुविधा सम्पन्न मोटरसाइकल अन्य भन्दा सुविधाजनक भएको विजयपुर टे«ेडर्सका प्रवन्ध निर्देशक प्रभाव खतिवडाले जानकारी दिए । उनले अन्य मोटरसाइकल भन्दा तेल कम खपत हुने, तान
इटहरी/ गत कार्तिक २ गते लगातार परेको बेमौसमी वर्षाका कारण आएको बाढिले इटहरीमा ९ करोडको क्षति पुगेको छ । इटहरी उद्योग वाणिज्य संघले तयार पारेको तथ्यांक अनुसार इटहरी स्थित टेंग्रा, खेति खोला साथै तरहरा स्थित खार्शाला, पानीपियाको पैनिमा आएको बाढिले इटहरी उपमहानगरको बिभिन्न ब्यवसाय, कृषि तथा जिन्सि सामग्रीहरूमा क्षति पुगेको छ । इटहरीमा सञ्चालन हुदै आएका एक दर्जन बढी पुस्तक पसलहरूमा बाढी पस्दा करीब ३ करोड बराबरको क्षति भएको इटहरी उद्योग वाणिज्य संघले जनाएको छ ।बाढिबाट १५ सय नगरवासीहरू प्रत्यक्ष प्रभावित बनेको संघको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै बाढिले होटल ब्यवसायमा धेरै क्षति गरेको प्रतिवेद
धरान/ पछिल्लो समय सडकमा ठेलामा राखेर फास्टफुड बेच्ने प्रचलन बढ्दै गएको छ । विशेष गरि साँझको समयमा सडकका छेउछाउ ठेलामा फास्टफुड बेच्नेहरुको भिडनै लाग्ने गरेको छ । धरानमा पनि विगत १० वर्ष देखिनै सडकमा ठेलामा फास्टफुडको व्यापार भइरहेको छ । तर सडकका ठेलामा बिक्रि भइरहेका फास्टफुडहरु कति स्वच्छ र गुणस्तरिय छन् भन्ने विषयमा भने कसैले चासो दिएका छैनन् । सडक छेउछाउमा विक्री गरिने चाउचाउ, अन्डारोल, चाउमिन, मोमो मानिसले स्वाद मानी मानी खाने गरेका छन् । छिटो तथा सस्तो मूल्यमा सडकमै उभिएर भोक मेटाउने गरेका छन् । तर यी खाद्य सामाग्रीका शुद्धताको विषयमा कसैले अनुगमन गरेका भने पाइदैन । धरान १३ का सुवास
विराटनगर । सांग्रिला डेभलपमेन्ट बैंकले मोरङको कटहरी गाउँपालिका वडा नम्बर १ महेशपुरमा बैंकिङ साक्षरता कार्यक्रम आयोजना गरेको छ । बैंकको १७ औं वार्षिकोत्सवको अवसर पारेर विराटनगर शाखाले वचत संकलन मात्र नभई ऋण परिचालन तथा सही वित्तीय निर्णयबारे सर्वसाधारणलाई जानकारी गराएको हो । पैसाको सही प्रयोग गर्ने सीप, वित्तीय संस्थाहरुले दिने सेवा सुविधाहरुको सही प्रयोग गर्ने विधि तथा वित्तीय सेवा उपभोगको अधिकार तथा कर्तव्यको बारेमा जानकारी दिइएको हो । बचत, ऋण, लगानी, विप्रेषण, आधुनिक बैंकिङ प्रणाली, वीमा तथा शेयर बजार र बैंकिङ पहुँच समेतका विषयमा नागरिकहरुलाई सुसुचित गराउनु पनि बैंकको दायित्व भित्र पर्ने बै
धरान । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने भएका छन् । विश्वासको मत प्राप्त गर्न सक्ने आधार नदेपछि आचार्यले राजिनामा दिन लागेका हुन् । आज प्रदेशसभाको बैठकमा उनले विश्वासको मतलिने कार्यतालिका थियो र उनले त्यस अगावै राजिनामा दिन लागेका हुन् काठमाण्डौंको एक सञ्चार माध्यमसग कुरा गर्दै उनले सो कुराको पुष्टि गरेका छन् ।
रंगेली । अध्यादेश ल्याएर भए पनि नागरिकता सम्बन्धी समस्या समाधान गर्ने नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा रक्षामन्त्री डा. मिनेन्द्र प्रसाद रिजालले बताएका छन् । कांग्रेसको रंगेली नगर समितीले आयोजना गरेको एक कार्यक्रममा नागरिकता भोट माग्ने साधन मात्र नभएको उल्लेख गर्दै जन्मसिद्ध नागरिकले बंशजको आधारमा नागरिकता पाउनु पर्नेमा जोड दिए । उनले भने, ‘अहिले नागरिकता नभएकै कारण कतिपय नागरिकले सरकारी सेवा सुविधा लिन समेत पाएका छैनन् ।’ कम्युनिष्ट सरकारले नागरिकता वितरणको विषयलाई वेवास्ता गरेको उनले आरोप लगाए । मन्त्री रिजालले भने कार्तिक महिनामा आएको बाढीका कारण धानबालीमा क्षति पुगेका कि
धरान । मुलुककै गौरवको रुपमा रहेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले भइरहेको वेथितिको अन्त्य चाँडो गर्न स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ सँग धरानेहरुले माग गरेका छन् । स्वास्थ्य राज्यमन्त्री भएपछि पहिलो पटक आफ्ने गृह जिल्ला तेह्रथुम जाने क्रममा धरान उपमहानगरपालिकाले राखेको स्वागत कार्यक्रममा धरानका नागरिक समाज, पत्रकार राजनीतिक दलका प्रतिनिधिहरुले मन्त्री समक्ष प्रतिष्ठानको वेथिति, भ्रष्टाचार, अनियमितता मात्र हैन उपचार पद्धति, त्यँहा रहेका उपकरण चुस्तदुरुस्त नभएकाले सुधारका लागि राज्यमन्त्री समक्ष माग गरेका हुन् । धरान उपमहानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा ना
विराटनगर । कात्तिक पहिलो साता परेको अविरल वर्षा र त्यसपछि आएको बाढीले सुनसरी मोरङ औद्योगिक क्षेत्रमा दुई अर्ब ४७ करोड बराबरको क्षति भएको छ । उद्योग संगठन मोरङले कात्तिक पहिलो साता परेको अविरल वर्षा र त्यसपछि आएको बाढीले औद्योगिक क्षेत्रमा परेको क्षतिबारे गरिएको प्रभाव मूल्याङ्कन प्रतिवेदन र सार्वजनिक गरेको हो । उद्योगी व्यवसायी, सरोकारवाला र प्रशासनका प्रतिनिधि समेतको सहभागितामा प्रतिवेदन सार्वजनिक गरिएको हो । बाढीबाट कूल ४१ उद्योगमा प्रभावित भएको र त्यसको असरबाट कतिपय उद्योगले अझै उत्पादन सूचारु गर्न नसकिएको जनाएको छ । बाढी साम्य भए लगत्तै उद्योग संगठनले प्रभावित उद्योगमा भएको क्षतिको स्थलग