खनाल र नेम्बाङलाई एमाले र काँग्रेस जिल्ला सभापतिको चुनौती

  • असोज २६, २०७९
  • "भगीरथ भण्डारी"
alt

इलाम/ मङ्सिर ४ गते हुने निर्वाचनमा उच्च ओदका नेता विरासत खोस्न जिल्लाका दुई सभापति चुनावी मैदानमा उत्रिएका छन् । क्षेत्र नं १ देखि छैटौँ पटक सम्म लगातार एमालेबाट चुनाव जितेका खनाललाई पराजित गर्न नेकपा एमाले इलामका जिल्ला अध्यक्ष महेश बस्नेत चुनावी मैदानमा छन् । एमाले र माओवादी केन्द्र एकीकरण पश्चात बनेको नेकपा विभाजन पछि एमाले छोडेका खनाललाई काँग्रेस र माओवादीको समर्थन छ । खनाल गठबन्धनको साथले चुनावी मैदानमा उत्रिएका छन् भने एमालेबाटै चुनाव जितेर प्रधानमन्त्री सम्म भैसकेका खनाललाई यस पटक हराउने रणनीतिमा बस्नेत चुनाव लड्दै छन् । खनालले एमाले छोडेपछि एकीकृत समाजवादीबाट पहिलो पटक चुनावी मैदानमा उत्रिएका छन् भने बस्नेत पहिलो पटक प्रतिनिधिसभाको चुनावी मैदानमा छन् ।

२०७४ को स्थानीय निर्वाचनमा एमालेबाट इलाम नगरपालिकाको नगर प्रमुखमा नेपाली काँग्रेसका जिल्ला सभापति हिमाल कर्माचार्यलाई पराजित गर्दे बस्नेत विजयी बनेका थिए । बस्नेतका सामु खनाललाई चुनाव जित्न सहज छैन । गत स्थानीय निर्वाचनमा माईजोगमाई गाउँपालिकामा एकीकृत समाजवादीका अध्यक्ष पदका उम्मेदवार पराजित बने पछि काँग्रेसले भोट दिएन भन्दै गरेको गाली र जिल्ला समन्वय समिति निर्माणमा एमालेसँग भएको तालमेलको कारण खनाललाई काँग्रेसले विश्वास गर्ने वातावरण टुटेको छ ।

एमालेका उपाध्यक्ष, संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङलाई पराजित गर्न नेपाली काँग्रेसका जिल्ला सभापति डम्बर खड्का चुनावी मैदानमा छन् । चार पटक सम्म लगातार चुनाव जितिरहेका नेम्बाङलाई हराउने रणनीतिमा खड्का चुनावी मैदानमा उत्रिएका हुन । गठबन्धनका कारण १ नं क्षेत्रमा खनालले टिकट पाए पश्चात् खड्का क्षेत्र न २ बाट चुनाव लड्न टिकट पाएका हुन । ठेकेदार रहेका खड्का नेम्बाङलाई हराउने दाउमा उत्रिए पनि आन्तरिक गुटका कारण खड्काले काँग्रेसलाई समेट्न नसक्ने बुझिएको छ । राजनीतिमा बौद्धिक जमात नभएको र पैसाको राजनीति गरेको आरोप लाग्ने गरेका खड्काले नेम्बाङलाई पराजित गर्न त्यति सहज छैन ।

क्षेत्र नम्बर १ मा गठबन्धनबाट एकीकृत समाजवादीका सम्मानित नेता झालनाथ खनाल, एमालेका महेश बस्नेत, जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष कमलकुमार राई, नेपाली काँग्रेस (वि.पी.) का गणेशप्रसाद पौडेल, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जीतकुमार मुखिया, राष्ट्रिय प्रजातन्त्र पार्टीका तायोनाथ शर्मा सापकोटा, राष्ट्रिय जनमुक्तिका पदमबहादुर लिम्बू र मङ्गोल नेशनल अर्गनाइजेशनका बुद्धलाल मेचेले मनोनयन दर्ता गरेका छन् । त्यस्तै नीमातेन्जिङ शेर्पा, नेत्रप्रसाद रेग्मी र विक्रम पाण्डेले स्वतन्त्रबाट मनोनयन दर्ता गरेका छन् ।

क्षेत्र नम्बर २ मा एमालेका सुवास चन्द्र नेम्बाङ, गठबन्धनका तर्फबाट काँग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्का, राष्ट्रिय जनमुक्ति पार्टीका खड्गबहादुर पालुङ्गा, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलाल, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गोविन्दसिंह लिम्बू, नेपाली काँग्रेस (वि.पी.) का डाकप्रसाद गौतम, सामाजिक लोकतान्त्रिक पार्टीका तिलकबहादुर मगर, लोकतान्त्रिक समाजवादी पार्टीका निरमणी माङमु लिम्बू, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश सापकोटा, मङ्गोल नेशनल अर्गनाइजेशनका मणिकुमार लिम्बू (पापो), नेकपा कम्युनिस्ट पार्टीका याकबहादुर लिम्बू र जनता समाजवादी पार्टी नेपालका यामप्रसाद लिम्बूले मनोनयन दर्ता गरेका छन् । त्यस्तै जुनु माखिम र दीपेश बोहोराले स्वतन्त्रबाट मनोनयन दर्ता गराएका छन् ।

इलाममा १ लाख ८ हजार ९ सय २३ महिला, १ लाख १५ हजार ९ सय ५२ महिला पुरुष र २ जना तेस्रो लिङ्गी गरी २ लाख २४ हजार ८ सय ७७ मतदाता रहेका छन् ।
जसमध्ये प्रतिनिधिसभा निर्वचन क्षेत्र नम्बर १ मा ९ हजार ५ सय ३५ र क्षेत्र नम्बर २ २ मा १ लाख १५ हजार ३ सय ४२ मतदाता रहेका छन् । त्यसै गरी प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ (१) मा ५५ हजार २ सय ४७, क्षेत्र नम्बर १ (२) मा ५२ हजार २ सय ८८, क्षेत्र नम्बर १ (१) मा ६० हजार ८२ र क्षेत्र नम्बर २ (२) मा ५५ हजार २ सय ६० मतदाता रहेका छन् ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved