मोरङ ।आमा र बहिनीको कुटपिटबाट मोरङ कटहरी गाउँपालिका ५ का ४० बर्षीय राजेन्द्र उरावको मृत्यु भएको छ । गत मंसिर ११ गते राजेन्द्रले मादक पदार्थ सेवन गरी बादबिबाद हुँदा आमा र बहिनीले बाँसको लाठिले टाउकोमा प्रहार गर्दा घाईते भएका राजेन्द्रको नोवेल अस्पताल बिराटनगर उपचारको क्रममा आज राती सवाँ १० बजे मृत्यु भएको हो । कुटपिटमा सम्लग्न रहेका ५५ बर्षीय बातियो उराव र ३० बर्षीय रिता उरावलाई पक्राउ गरिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
धरान । नेपाली कांग्रेसको सुनसरी जिल्ला सभापतिमा केदार भण्डारी निर्वाचित भएका छन् । सभापतिका अर्का उम्मेद्वार सञ्जयकुमार श्रेष्ठलाई १ सय १३ मतले पराजित गर्दै मंगलबार सभापतिमा निर्वाचित भएका हुन् । सोमबार जम्मा खसेको २ हजार ६ सय २६ मत मध्ये भण्डारीले १ हजार ४२२ मत प्राप्त गर्दै विजय भएका हुन् । संस्थापनइतरका भण्डारीले दुई कार्यकाल सचिवको जिम्मेवारी समेत निभाइसेकका छन् । त्यस्तै, उपसभापतिमा संस्थापनइतर पक्षबाट नागेशचन्द्र राई र पङ्कजकुमार महतो निर्वाचित भएका छन् । सचिवमा संस्थापन प्यानलबाट वीरेन्द्रकुमार शाह र संस्थापनइतर प्यानलका माधवकुमार घिसिङ निर्वाचित भएका छन् ।
धरान/ रोट्रयाक्ट क्लब अफ धरान घोपाले शनिबार सडक बालबालिका र विपन्न क्षेत्रका बासिन्दाहरूलाई चिसोबाट बच्न “सेयर द वार्मथ” परियोजना अन्तर्गत जाडोको लुगा संकलन गरी वितरण गरेका छ । कार्यक्रमको सुरुवात “फरक रूपमा सक्षम घर” छाताचोकबाट भएको थियो । करिब ३० जना (पुरुष र महिला) लाई एक जोडी पोशाक, स्वेटर, ज्याकेट तथा अन्य लुगा प्रदान गरिएको थियो । पछि प्रयोग गर्न सकिने थरि थप कपडाहरु “फरक रूपमा सक्षम घर”लाई प्रदान गरिएको थियो । लुगाहरू वि.पि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरू, विभिन्न संकायहरू र रोटेरियनहरूबाट सङ्कलन गरिएको थियो ।
रंगेली/ नेकपा माओवादी रंगेली नगरपालिकाको अधिवेसनले श्री प्रसाद अधिकारीको अध्यक्षतामा ५५ सदस्यीय समिति गठन गरेको छ । रंगेलीमा भएको प्रथम नगर अधिवेसनले उपाध्यक्षमा धर्मेन्द्र मंण्डल, मोहबत धामी थारु, केशब कुमारी खराल, सचिबमा बद्री नारायण राजवंशी, सह–सचिव सुशिल शाह, कोषाध्यक्ष लिलादेबी संग्रौला सहित ५५ जनाको नगरसमिती गठन भएको हो । कार्यक्रममा प्रमुखअतिथि क्षेत्र नम्बर ५ का सांसद एवम पूर्व आपुर्तीमन्त्री शिव कुमार मण्डलले माओवादी गाउँ गाउँ बाट पुनः जागरुप भएर पार्टीलाई उच्च स्थानमा लैजान अघि बढिरहेको बताए । उनले भने, ‘नेकपा एमालेका मदन भण्डरीको हत्यारा केपि ओलीले नै गराएको हो, रा
धनकुटा/ विदेशबाट आयातित सामाग्रीले स्थानिय उद्योगलाई धरासयी बनाउदै गएको धनकुटाका उद्योगीहरुले गुनासो गरेका छन् । उनीहरुले नितिगत रुपमा नै स्वदेशी उत्पादन लाई अनिवार्य प्रयोग गर्न व्यवस्था मिलाउनु पर्ने बताएका छन् । स्थानीय उद्यागीहरु विस्थापित हुन थालेको उद्योगीहरुले गुनासो गरेका छन् । स्वदेशी उद्यम र उत्पादन, दिगो औद्योगिक पुनरुत्थान भन्ने नाराका साथ सातौं उद्योग दिवसको अवसरमा धनकुटा आयोजित एक कार्यक्रममा उद्योगीहरुले विदेशबाट आयातित सामाग्रीले स्थानीय उद्योगलाई धरासयी बनाउदै विस्थापित गर्न थालेको उनीहरुको गुनासो छ । उनीहरुले उद्योगीहरुले उद्योग संचालनका लागि चाहिने कच्चा पदार्थमा लाग्
इलाम/ बालबालिका र बयस्कहरुको मनोरञ्जनको लागि इलाम नगरपालिकाले साढे चार करोडको लगानीमा फनपार्क÷चिल्ड्रेन पार्क निर्माण गरेको छ । चार करोड ५७ लाख ४१ नौ सय ७७ रुपैयाँको लागानीमा फनपार्कको निर्माण पुरा भएको छ । नगर विकास कोषको तीन करोड ३५ लाख ३० हजार ऋण र इलाम नगरपालिकाको एक करोड २२ लाख फनपार्क निर्माणमा लगानी गरिएको छ । नगर विकास कोषले दुई वर्ष सुहलियत सहित २० वर्षमा साँवा ब्याज भुक्तानी गरिसक्नुपर्ने गरी ऋण उपलब्ध गराएको हो । इलाम नगरपालिकाले नगर विकास कोषलाई पहिलो किस्ता बापत २४ लाख ४७ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने छ । नगरपालिकाले ३६ किस्तामा कोषको सावा ब्याज भुक्तानी गरिसक्ने ल
धरान/ उपचार सेवा समेत लथालिङ्ग बनेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरक्षा पनि चुनौतीपुर्ण बन्दै गएको छ । उपचारमा चिकित्सकले लापार्बाही गरेकै कारण विरामीहरुले समय समयमा आन्दोलन समेत गर्ने गरेका छन् । पछिल्लो समय उपचारमा मात्र हैन प्रतिष्ठानको सुरक्षामा समेत चुनौती थपिदै गएको छ । सुरक्षा संयन्त्र कमजोर भएकै कारण प्रतिष्ठानमा उपचारका लागि आएका बिरामी तथा कुरुवाका वार्डबाटै मोवाइल हराउने, पैसा हराउने तथा सामान ल्याएको झोला समेत गायव हुने मात्र हैन पार्किङमा राखेका मोटरसाइकल, स्कुटी समेत चोरी हुने क्रम रोकिएको छैन । केही दिन अघि प्रतिष्ठानको तल्लो विल्डिङ वार्डमा विर
विराटनगर/ नेपाली कांग्रेस मोरङको मतदान सकिएको छ । सभापतिमा तीन जना उमेदवारबीच प्रतिस्पर्धा भएपछि अब दोस्रो चरणको मतदान हुने संभावना चुलिएको छ । मोरङमा सभापतिका कुनै पनि उमेदवारले बहुमत ल्याउने संभावना टरेकोले दोस्रो चरणको मतदान हने सम्भावना अधिक देखिएको छ । अब मत गणनामा कांग्रेसजनको ध्यान गएको छ । आइतबार कार्यसमिति चयन गर्न विराटनगरमा भएको चुनाव लगत्तै पार्टी कार्यालय मोरङमा रातिबाटै मतगणना शुरु गरिएको छ भने पहिलो चरणमा सभापतिको गणना हुने सचिव मोदराज घिमिरेले जानकारी दिएका छन् । कांग्रेसको संशोधित विधान अनुसार कुनै पनि उमेदवारको बदर बाहेक कूल खसेको मतबाट एकाउन्न प्रतिशत नआए कम मत ल्याउने
धरान/ धरान उपमहानगरपालिकाले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नकै लागि सञ्चालन गरेको बीपी पार्कमा चहलपहल बढ्न थालेको छ । सर्वसाधारणहरु छुट्टीको समयमा धरान १३ र २० मा रहेको सर्दु खोलामा बनाइएको पार्कमा घु्म्ने, रमाइलो गर्ने क्रम बढेको हो । जैविक विविधता पार्कलाई बीपी पार्क नामाकरण गरी पर्यटन भित्र्याउने योजना अघि सारे सँगै चहल पहल बढेको हो । सात दशक अघि पूर्वाञ्चलको व्यापारिक केन्द्र रहेको फुस्रे २०३४ सालपछि कोशी राजमार्ग अन्तर्गतको धरान–धनुकटे सडक सञ्चालनमा आएपछि भने फुस्रेको चहलपहल विस्तारै खस्कदै गएको थियो । पहाडी भेगलाई प्रत्यक्ष यातायातले जोडेपछि अहिले फुस्रे मृत बजारको रुपमा प
मोरङ । मोरङ बिराटनगर महानगरपालिका १३ नहर स्थितबाट लागुऔषध सहित २ जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी धरान उप(महानगर पालिका १५ का २६ बर्षीय मनोज पोखरेल र २८ बर्षीय कपिल गिरी रहेका छन् । हिजो बेलुकी ५ बजे CRV जतुवाबाट खटिएको प्रहरी टोलीले उनिहरुको साथबाट लुपिजेसिक १२ एम्पुल, डाईजाल्याब १२ एम्पुल, एभिल ६ सहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।