हिसान बास्केटवल:धरान मेघा हिमालयन, धरान आदर्श र लोटस सेमिफाइनल प्रवेश

  • मंसिर २३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / हिसान सुनसरीको आयोजनामा आयोजित हिसान बास्केटवलमा धरान मेघा हिमालयन, धरान आर्दश र लोटस स्कुल सेमिफाइनल प्रवेश गरेका छन ।
क्वाटर फाइनलमा धरान मेघाले धरान उच्च माविलाई ६८–१८, ध्।रान आर्दशले पूर्वाञ्चल तरहरालाई ६५–१२ र लोटसले विश्वआर्दश इटहरिलाई ३९–११ अंकको अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन ।

हिसान स्पोर्टस मिट अन्तर्गत विहिवारदेखि सुरु भएको हिसान बास्केटवलको पहिलो खेलमा धरान आर्दशले जेनिथ होलिल्याड स्कुललाई र दोस्रो खेलमा धरान मेघाले धरान उच्चलाई र तेस्रो खेलमा विश्व आर्दशले सुष्मा गोदावरी इटहरीलाई पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेका थिए । वाइ पाएर सिधै क्वाटर फाइनल प्रवेश पाएका सियोन स्कुलले वाकवभर दिए पछि धरान मेघाले सोझै सेमिफानलको यात्रा गरेका थिए ।
धरान मेघाले लोटस र धरान आर्दशले शुक्रवार एम्स एकेडेमी र विष्णु मेमोरियलबीच हुने खेलको विजेतासँग सेमिफाइनलमा भिड्ने छ । उद्घाटन दिनको खेलको म्यान अफ द म्याच धरान आर्दशका पारुहाङ्ग राई, धरान मेघाका योगेश राई, विश्व आर्दश इटहरीका सौजन वस्नेत, धरान आर्दशका सरीन मगर र लोटस स्कुलका नितेश क्षेत्री घोषित भए । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदी र हिसान बास्केटवल संयोजक अर्जुन घिमिरेले मेडल प्रदान गरेका छन् ।

उद्घाटन कार्यक्रममा धरान १७ न. वडाध्यक्ष मनोज भट्टराई, धरान मेघा हिमालयन कलेजका अध्यक्ष कैलाश लिम्वु, हिसान सुनसरी अध्यक्ष सागर भट्टराई, हिसान स्पोर्टस मिट संयोजक हेमन्त भण्डारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घाटन सुवेदीलेले गरेका थिए ।
प्रतियोगितामा पुरुष तर्फ ११ र महिला तर्फ ६ टिमले सहभागिता जनाएको छ ।

सहभागि विद्यालयहरुमा धरान मेघा हिमालयन महिला पुरुष टिम, लोटस, एम्स एकेडेमी, सियोन स्कूल महिला पुरुष टिम, विष्णु मेमोरियल महिला पुरुष, जेनिथ महिला पुरुष, धरान आर्दश महिला पुरुष, धरान उच्च महिला पुरुष, विश्व आर्दश इटहरी, सुष्मा मावि इटहरी, पुर्वाञ्चल मावि तरहराले सहभागिता जनाएको छ । प्रतियोगिताको सम्पूर्ण खेल धरान मेघा हिमालयन कलेजको बास्केटवल कोर्टमा हुनेछ ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved