मोरङ । विराटनगर ७ स्थित मेरिल्याण्ड कलेजकी छात्रा सिम्रन अग्रवाल त्रिभुवन विश्वविद्यालयको विविएस् तेश्रो बर्षको परिक्षाफलमा सर्वाधिक अंक ल्याएर नेपाल प्रथम भएकी छिन् । उनले ८२ दशमलव ८ प्रतिशत अंक ल्याएकी हुन् । परिक्षामा ९७ जना विद्यार्थी सहभागी भएका थिए । कलेजका ३ जना डिस्टिङ्सन, २२ जना प्रथम श्रेणी सहित उत्कृष्ट नतिजा ल्याउन सफल भएको मेरिल्याण्डको प्रीन्सिपल लक्ष्मण ढकालले बताए । मेरिल्याण्ड कलेजकी छात्रा सिम्रनले २०७५ सालमा विविएस् प्रथम बर्षको परीक्षामा पनि प्रदेश प्रथम गरेकी थिईन् । त्यस्तै मेरील्याण्डका छात्र किन्जल पोख्रेल २०६९ सालमा नेपाल प्रथम भई तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भ
धरान । धरान १७ स्थित उदय समुदायीक वनमा रहेको कर्भडहल मर्मतसंभार गर्दै खेलकुद पर्या पर्यटनको रुपमा विकाश गरिने भएको छ । सखुवाको काठले मात्र निर्माण गरिएको देशकै नमुना रहेको कर्भडहल निर्माण संपन्न भएको १३ वर्ष पछि मर्मतसंभार हुन लागेको हो । उदय सामुदायिक वनमा रहेको कर्भडहललाई मर्मतसंभार गरेर स्तरउन्नति गर्न लागिएको वन समुहका अध्यक्ष जसकुमार राईले बताए । वातावरण सँग जोडिने र रुख विरुवाहरु पनि नमासिने हुनाले वनलाई खेलकुद पर्या पर्यटन सँग जोड्न लागेको राईले वताए । कर्भडहलमा अहिले व्याडमिन्टन, कराते र हल वाहिर भलिवल र टेवलटेनिस खेलहरु हुने गरेको छ । चाडै बास्केटवल, भलिवल, खुला चेस वोर्ड, सेपाकटेक्र
धरान । आर्थिक रुपमा कमजोर रहेका अशक्त छेदन चौधरीको घर नेपाली कांग्रेस बराहक्षेत्रले बनाइदिएको छ । गरिबीका कारण जिर्ण बनेको चौधरीको घर भत्कनै लागेको थियो । पटक – पटक स्थानीय सरकार वडा र नगरलाई आग्रह गरे पनि सुनुवाई नभए पछि कांग्रेस बराहक्षेत्रले घर बनाइदिएको हो । करिव १ महिना अघि स्थानीय कांग्रेसका नेताले छेदनको घर बनाउन शुरु गरेका थिए । कांग्रेस नगर सभापति रमेश कार्कीको पहलमा चौधरीको घर निर्माण अन्तिम चरणमा पुगेको छ । वराहक्षेत्र ४ आन्द्रामठमा बस्दै आएका छेदन चौधरी ४ जनाको परिवार सहित बस्दै आएका छन् । छेदन आफैमा शारिरिक रुपमा अशक्त छन् । छेदनको दिदि पनि अशक्त छिन् । छोरी कक्षा नौ मा
धरान । सार्वजनिक स्थलमा खिचिएका प्रांक भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्नेलाई गृहमन्त्रालयले कारवाही गर्ने भएको छ । सार्वजनिक स्थलमा खिचिएका मजाक, ख्यालठट्टा वा मस्करी गर्ने नाममा व्यक्तिको जथाभावी फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेमा कारवाही गरिने विज्ञप्ती जारी गर्दै गृहमन्त्रालयले प्रकाशनमा निषेध गरेको छ । गोप्य भिडियो तयार गर्ने र सामाजिक सञ्जालमा राख्ने कार्यहरु भइरहेको भन्ने गुनासो आएको भन्दै बिहीबार गृहमन्त्रालयले विज्ञप्ति मार्फत् व्यक्तिको सहमतिबिना कुनै पनि प्रकारको फोटो भिडियो सामाजिक सञ्जालमा प्रकाशन गर्न निषेध गरेको हो । व्यक्तिको सहमतिबिना कुनै पनि प्रकारको भिडियो
धरान । सरकार र ठेकेदारको लापरवाहीका कारण चार वर्ष अघि शिलान्यास गरिएको रानीटार स्थित दुधकोशीको पुल वेवारिसे बनेको छ । शिलान्यास पछि एउटा पिलरको खाल्डो खनेर ४ बर्षदेखि अलपत्र छ । पुल नहुँदा भोजपुरको दक्षिणी क्षेत्र सहित खोटाङका बासिन्दाले सास्ती भोगिरहेका छन् । पुल नभएर एम्बुलेन्स नआउँदा स्वास्थ्य उपचार पाउन सकेका छैनन् । सरकार र ठेकेदारले चासो नदिदाँ रानीटारको पुलको योजना बजेटमा नपर्दा आमचोकका कृषकले आफ्ना उत्पादन तराई झार्न पाउन सकेका छैनन् । तराई पहाड आउजाउ गर्दा बषौंदेखि सास्ती भोगि रहेका छन् । भोजपुरको दक्षिणी क्षेत्र घोडेटार, आमचौंक, खोटाङको दक्षिणी भेकका नागरिकहरु धरान, इटहरीबाट पु
धरान/ पद र शक्तिको पछि नकुद्ने को होला ? अझ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र त यो कुरा लागू नहुने कुरै भएन । प्रतिष्ठानभित्र स्वार्थ बोकेका यस्ता कर्मचारीहरु ‘जथा मल्खु उतै ढल्कु’ को उखानझै चरितार्थ उतार्ने गरेका छन् । पछिल्लो पटक मन्त्रालयले उपकुलपति डा. गिरीलाई प्रतिष्ठानको काम कारबाहीमा रोक लगाए पनि प्रतिष्ठानको कामलाई सुचारु गर्ने अभिप्रायले स्वास्थ्य मन्त्रालयका कर्मचारी डा. श्याम सुन्दर यादवलाई स्वास्थ्य मन्त्रालयले पठाएको छ । तर अचम्म कुरा त के भने विगतमा उपकुलपति डा. गिरीको हनुमान भएर अघिपछि भएर हिड्नेहरु नै डा. श्यामसुन्दर यादवको स्वागत गर्न
धरान । प्रेस सेन्टर नेपालको सुनसरी समितिले आयोजना गरेको पाँचदिने आधारभूत पत्रकारिता तालिम सोमबार सम्पन्न भएको छ । निःशुल्क तालिमको समापनको अवसरमा दुईजना प्रशिक्षार्थीलाई नगद पुरस्कार प्रदान गरिएको थियो भने सबै २० जना प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । उत्कृष्ट समाचार लेखनमा प्रकाश राई र अनुशासित प्रशिक्षार्थीका रूपमा सबिता पुरीलाई कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल बरालले पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा प्रशिक्षार्थीहरूका तर्फबाटअङ्कित ढुङ्गाना, पुष्पा कटुवाल, उपार्जन चामलिङ र रोजिना लामिछानेले बोलेका थिए । उनीहरूले तालिम उपलब्धिमूलक भएको
धरान । दुर्घटनामा परेका सञ्चारकर्मी बुलेट खतिवडालाई नेपाल प्रेस युनियन सुनसरीले बीमा बापतको रकम हस्तान्तरण गरेको छ । मंगलबार खतिवडाकै घरमा गएर युनियन कार्यसमितिले बीमा बापतको रकम हस्तान्तरण गरेको हो । प्रेस युनियन सुनसरीका सचिव विवेक भट्टराईका अनुसार दुर्घटना बापतको ७० हजार रुपैँया रकम हस्तान्तरण गरिएको हो । युनियनले अघिल्लो वर्ष जिल्लाका तीन सय १४ सञ्चारकर्मीको दुर्घटना बीमा गरिएको थियो, जसमध्ये दुर्घटनामा परेका तीनजना सञ्चारकर्मीलाई रकम हस्तान्तरण गरिएको छ भने एकजनाको रकम आउने प्रक्रियामा रहेको सचिव भट्टराईले बताए । युनियनले अजोड इन्स्योरेन्समार्फत दुर्घटना बीमा गरेको थियो । यसपटक पनि गर्न
धरान । लामो समय देखि विवादित बनेको रानी देखि धरान सम्मको छ लेन सडक अन्तर्गतको दुहबी खण्डमा संरचना हटाउन रानी विराटनगर इटहरी धरान सडक योजना सुनसरीले पत्राचार गरेको छ ।मापदण्ड अनुसार दुहबी बजार क्षेत्रमा सडक विस्तार गर्न समस्या बढ्दै गर्दा योजनाको समयावधि लम्बिदै गएकाले योजनाले दुहबी नगरपालिकालाई पत्राचार गर्दै बजार क्षेत्रमा रहेको संरचना खालि गर्न आग्रह गरेको हो । सीमा क्षेत्रबाट १५–१५ मिटर क्षेत्रका घर टहरा हटाउन आग्रह गर्दै योजनाले सडक विस्तारको प्रक्रिया अगाडी बढाएको छ । सडक क्षेत्र यकिन हुन नसक्दा अहिलेसम्म टेण्डर प्रक्रिया समेत अगाडी बढ्न सकेको छैन । लामो समयदेखि स्थानीयको अवरोधको क
धरान । तिन साता देखि हराइरहेकी धनकुटा नगरपालिका–४ छारागाँउकी ५२ वर्षीया सीता श्रेष्ठको हत्या गरी पुरेको अवस्थामा घरभित्रै शव फेला परेको छ । घरको भुइँतलामा पुरेको अवस्थामा सोमबार शव फेला परेको हो । शरीरमा विभिन्न खालका चोटहरु रहेको र शव गलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुरज कार्कीले जानकारी दिए । सीता हराएको भनेर २१ पुसमा जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको कार्कीले जानकारी दिए । सीता श्रेष्ठका ३० वर्षीय भदा अरूण श्रेष्ठले फूपु हराएको भन्दै पुस २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । सीताको हत्या घरायसी विवादको क्रममा उनकै श्रीमान सीताराम भ