समाचार

    Showing 5,131-5,140 of 10,030 items.
  • फरेष्टरहरु सेवासुविधाको माग गदै आन्दोलित ।

    मोरङ / नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती १ नम्बर प्रदेश समितिले एउटै निजामती सेवा ऐन र नियमावली अन्तर्गत नियुक्ति भएका फरेष्टरहरुले बढुवा, स्तरवृद्धि तथा अन्य थप सेवा सुविधा नपाएको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छन् । प्रदेश १ का अध्यक्ष रुद्रप्रसाद सुवेदीसहितको टोलीले प्रदेश १ को वन तथा वातावरण मन्त्रालयका मन्त्री जीवन आचार्य मार्फत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई ज्ञापन पत्र बुझाएका हुन । संगठनले नेपाल सरकारबाट समायोजन ऐन, २०७५ बमोजिम कर्मचारीहरुको समायोजन गर्दा नेपाल वन सेवा, जनरल फरेष्टी समूह, रा.प.अनं. द्वितीय श्रेणीको

    • प्रकाशित मितिः माघ २६, २०७९
    • 780 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अरुण नदीको फाइदा भोजपुरबासीले लिनुपर्छ

    भोजपुर /भोजपुर भ्रमणमा पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीले अरुण नदीले दिने उपलब्धी भोजपुरबासीका लागि नै भएको बताएकी छन् । राष्ट्रपति भण्डारीले सर्वसाधारणलाई भेट्ने क्रममा यस्तो बताएकी हुन् । बुधवार गृह जिल्ला भोजपुरको दिङ्लामा पुगेकी राष्ट्रपति भण्डारीले भोजपुर र संखुवासभाको सीमामा बग्ने नदी अरुण नदीबाट हुने विकास निर्माणको फाइदा भोजबासीले प्राप्त गर्ने बताएकी हुन् । भोजपुरको वालागुरु षडानन्दको सालिक अनावरणमा सरिक हुँदै राष्ट्रपति भण्डारीले भोजपुरबासीले अरुण नदीबाट लाभ लिन सक्ने बताएकी हुन । गृह जिल्ला भोजपुरमा पुगेर राष्ट्रपति भण्डारीले योगमायाको समाधिस्थ साथै बाला गुरु षडानन्दको जन्म घ

    • प्रकाशित मितिः माघ २६, २०७९
    • 714 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • राज्यको सहयोग न्यून

    विजयपुर / धरानमा पाँचौ पुष्प प्रदर्शन तथा व्यापार मेला शुरु भएको छ । देशको आर्थिक अवस्था खस्किएको समयमा आयोजना गरिएको मेलामा व्यवसायीहरुले पुष्प व्यवसायीहरुले भोग्नुपरेको पीडाका विषयमा गुनासो पोखे । तीनै सरकारबाट सहयोग नभएको तर आफ्नै बलबुतोले पाँचौ संस्करणसम्म आइपुगेको उनीहरुले बताएका छन् पुष्प व्यवसायीहरु अहिले पनि व्यवसायिक बन्न नसकेको प्रदेश र स्थानीय सरकार समक्ष गुनासो पोखेका हुन् । स्वदेशी फूल प्रवद्र्धनका लागि प्रत्येक बर्ष मेलाको आयोजना गरिए पनि सरकारी सहयोग न्यून रहेको कारण मुलुकमै पर्याप्त स्वदेशी फूल उत्पादन गर्न नसकेको बताएका थिए । उनीहरुले स्वदेशी फूल प्रवद्र्धनका लागि मेलाको

    • प्रकाशित मितिः माघ २६, २०७९
    • 842 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • गोठगाउँमा मेडिकल कलेज चलाउन बाटो खुल्यो

    मोरङ /  लामो समयको पहलपछि अन्ततः मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालनको लागि बाटो खुलेको छ । मन्त्रिपरिषद् बैठकले मेडिकल कलेज सञ्चालनका लागि कोसी अस्पतालमा प्रयोगात्मक अभ्यास गर्न दिने निर्णय गरेपछि गोठगाउँमा मेडिकल कलेज सञ्चालन गर्न बाटो खुलेको हो । गोठगाउँमा मेडिकल कलेज सञ्चालनका लागि प्रतिनिधि सभा सदस्य द्वय डा.शेखर कोइराला, डा.सुनिल शर्मा र प्रदेश मन्त्री जीवन आचार्यले निरन्तर पहल गरिरहेका छन् । सेवा विस्तार गर्दै मेडिकल कलेज सञ्चालन गर्ने डा.शर्माको योजना अनुरुप गत माघ ४ गते अस्पतालको सेवा विस्तार उद्घाटन गरेर दैनिक ८ घण्टा अस्पताल सेवा सञ्चालन भइर

    • प्रकाशित मितिः माघ २६, २०७९
    • 1,035 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दमक फुटबल एकेडेमी फाइनलमा प्रवेश

    दुहबी / सुनसरीको दुहबीमा जारी दोस्रो सोनापुर गोल्डकप फुटबल प्रतियोगिताको बुधबार भएको पहिलो सेमिफाइनल खेलमा दमक फुटबल एकेडेमी झापाले फाइनल यात्रा सुरक्षित गरेको छ । झापाले डाँगीहाट युथ क्लब मोरङलाइ ट्राइबेकरमा ५–४ गोल अन्तरले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । खेलको निर्धारित समयको पहिलो हाफसम्म दुवै तर्फबाट कुनै गोल हुन सकेछ । दोस्रो हाफको १७ औँ मिनेटमा झापाका खेलाडी गौरव धिमालले १ गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए । धिमालले गोल गरेको चार मिनेटपछ अर्थात् २१ औँ मिनेटमा डाँगीहाट युथ क्लब मोरङका खेलाडी सुजन मगरले एक गोल फर्कार आफ्नो टिमलाई बराबरीमा पुर्‍याए । त्यसपछि

    • प्रकाशित मितिः माघ २६, २०७९
    • 833 पटक पढिएको
    • "चन्दन रौनियार"
  • सीएनआई कोसी एक्स्पो ‘खाँडी र ढाका कपडाको विदेशसम्म ब्राण्डिङ’

    मोरङ / कोभिड १९ को महामारीले अप्ठेरो नपारेको भए मोरङको सुन्दरहरैंचा–१२ विराटचोककी सीता राई (आठपहरिया) ले अहिलेले युरोपसहित छिमेकी मुलक चीनमा पनि अल्लो, खाँडी र ढाकाका कपडा र तयारी पोसाकहरु निर्यात गरिरहेकी हुन्थिन् । धनकुटामा जन्मिएर हुर्किएकी सीता १० वर्षअघिसम्म पनि त्यहीँकै विभिन्न सामाजिक संघसंस्था, रेडियोको आरजे र इन्स्योरेन्स कम्पनीहरुको अभिकर्ता भएर काम गर्थिन् । तर विवाहपछि उनले आफ्नो ठाउँ पनि छाड्नुपरेका कारण नयाँ योजनाका साथ व्यापार व्यवसाय गर्ने सोच बनाइन् । उनको विवाह संखुवासभामा भएको थियो । पछि विराटचोकमा झरेपछि व्यापार व्यवसाय गर्ने सोचलाई अघि बढाइन् । उनले रेडिमेट

    • प्रकाशित मितिः माघ २६, २०७९
    • 768 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • छातेढुंगाको संरक्षण भएन

    तेह्रथुम /  तेह्रथुम जिल्लाको ऐतिहासिक स्थल छाते ढुंगाको संरक्षण अभावमा जीर्ण बन्दै गएको छ । तेह्रथुम जिल्लाको आठराई गाउँपालिकामा रहेको यो ढुंगा सय वर्ष पुरानो मानिन्छ । ऐतिहासिक ढुंगा हेर्नकै लागि दैनिक आन्तरिक पर्यटक जाने गर्छन् तर यसको संरक्षण हुन नसक्दा दिनप्रतिदिन जीर्ण बन्दै गएको स्थानीयहरु बताउँछन् । सय वर्ष पुरानो सो ढुंंगाको नामबाट छातेढुंगा गाविस नामकरण भएको थियो । अहिले सो गाविस आठराई गाउँपालिकाको ५ नं वडा भएको छ । तेह्रथुमका राजनीतिककर्मी तथा प्रदेश १ का पूर्व पर्यटन मन्त्री लक्ष्मण तिवारीले यस्ता ऐतिहासिक स्थलको संरक्षणमा सरकार लाग्नुपर्ने बेला आएको बताएका छन् । उन

    • प्रकाशित मितिः माघ २६, २०७९
    • 1,587 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पाँचौ प्रदेश स्तरीय पुष्प मेला सुरु { तस्बिरहरू }

    धरान /  पाँचौ  प्रदेश स्तरीय  पुष्प मेला   आजबाट सुरु भएकाे छ  प्रदेश १ स्तरीय पाँचौं पुष्प व्यापार प्रदर्शनी मेलाको उद्घाटन प्रदेश १ का कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले गरेका हुन ।साथै सिटौलाले प्रदर्शनीमा राखिएका पुष्प को अवलोकन गरेका छन । महोत्सव पव्लिक हाईस्कुल धरान–१२ को खेल मैदानमा माघ २९ गतेसम्म आयोजना हुनेछ । मेलामा  ५ सय प्रजातिका फूल प्रदर्शनीमा राखिने तथा बिक्री गरिने भएको छ । स्थानीय व्यवसायीका उत्पादनलाई प्राथमिकता दिने बताएको छ ।

    • प्रकाशित मितिः माघ २५, २०७९
    • 944 पटक पढिएको
    • "फणिन्द्र तिम्सिना"
  • सार्वजनिक जंग्गा सिमांकन गर्दै

    धरान /सार्वजनिक जग्गामा अतिक्रमण बढ्न थालेपछि धरान उपमहानगरपालिकाले सिमांकन गर्ने कामलाई तिब्रता दिएको छ । यसै क्रममा उपमहानगरपालिकाले धरान ५ को सार्वजनिक जग्गामा सिमांकन गर्दै घेराबारा समेत गरेको छ । खेल मैदानको लागि संरक्षण गरिएको सो जग्गामा केही समय अगाडि धरान उपमहानगरपालिकाले व्यक्तिले बनाएको घर डोजर लगाएर भत्न्काएको थियो । विगतमा वडा कार्यालयले नै सरकारी बजेटबाट रिटेनिङ वाल उठाएर अधेरी खोला किनारको सार्वजनिक जग्गा संरक्षण गरेको थियो । त्यहाँ रहेका अन्य सार्वजनि जग्गा पनि अतिक्रमणबाट संरक्षणका लागि सिमांकनसँगै घेराबार गरिएको नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक विष्णु कोइरालाले जानकारी दिए

    • प्रकाशित मितिः माघ २५, २०७९
    • 754 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ग्रेडेड स्कुलमा स्पोट्र्स मिट सुरु

    मोरङ / विराटनगरस्थित गे्रडेड बोर्डिङ स्कुलमा ‘ग्रेडेड स्पोट्र्स मिट २०७९’ सुरु भएको छ । स्कुलले मंगलबार एक कार्यक्रमको आयोजना गरी दुई दिने स्पोर्टस् मिट सुरु गरेको हो । बुधबारसम्म सञ्चालन हुने स्पोट्र्स मिटमा एक दर्जन बढी खेलहरू समावेश गरिएको छ । स्पोट्र्स मिटमा गणित दौड, चकलेट दौंड, दौड, डोरी तान,ज्याभ्लीङ थ्रो, भलिबल, फुटबल, स्पोन रेस, सटपुट, कवडी र टेवलटेनिसलगायतको खेलहरू समावेश गरिएको स्कुलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले बताए । उक्त स्पोट्र्स मिटमा नर्सरीदेखि कक्षा १० सम्मका करिव ६ सय विद्यार्थीहरूले भाग लिएको प्रिन्सिपल सुवालले जानकारी दिए । विद्यार्थीहरूमा भएको प्र

    • प्रकाशित मितिः माघ २५, २०७९
    • 640 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved