अरुण नदीको फाइदा भोजपुरबासीले लिनुपर्छ

  • माघ २६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

भोजपुर /भोजपुर भ्रमणमा पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीले अरुण नदीले दिने उपलब्धी भोजपुरबासीका लागि नै भएको बताएकी छन् । राष्ट्रपति भण्डारीले सर्वसाधारणलाई भेट्ने क्रममा यस्तो बताएकी हुन् ।

बुधवार गृह जिल्ला भोजपुरको दिङ्लामा पुगेकी राष्ट्रपति भण्डारीले भोजपुर र संखुवासभाको सीमामा बग्ने नदी अरुण नदीबाट हुने विकास निर्माणको फाइदा भोजबासीले प्राप्त गर्ने बताएकी हुन् ।

भोजपुरको वालागुरु षडानन्दको सालिक अनावरणमा सरिक हुँदै राष्ट्रपति भण्डारीले भोजपुरबासीले अरुण नदीबाट लाभ लिन सक्ने बताएकी हुन ।

गृह जिल्ला भोजपुरमा पुगेर राष्ट्रपति भण्डारीले योगमायाको समाधिस्थ साथै बाला गुरु षडानन्दको जन्म घर र दिङ्ला बजारमा रहको षडानन्द सिताराम गुठी समेत अवलोकन गरेकी थिइन ।

राष्ट्रपति भण्डारीले साल्पासिलोछो गाउँपालिका १ कुलङ्गको गौडेनि स्थित पशुपति मन्दिरमा रहको योगमायाको सालिक अनावरण पछि काठमाण्डौ फर्केकी थिइन् ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved