समाचार

    Showing 5,091-5,100 of 10,030 items.
  • हर्मोनिज स्काउट क्याम्प सुरु

    धरान : चौथो हर्मोनिज स्काउट क्याम्प शुक्रबार सुरु भएको छ । नेपाल स्काउटका पूर्व केन्द्रीय सचिव वासुदेव भण्डारीले स्काउटको भण्डोत्तोलन गरेर क्याम्पको उद्घाटन गरे । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका भण्डारीले उद्घाटन कार्यक्रममा बोल्दै स्काउटले अनुशासित, चरित्रवान्, कर्तव्यप्रति सचेत र देशभक्त नागरिक बनाउन सहयोग गर्ने धारणा राखे । ‘बालबालिकामा असल चरित्रको विकास गर्न यस्तो कार्यक्रम आवश्यक हुन्छ’, उनले भने, ‘यसले जीवन जिउने कला पनि सिकाउँछ ।’ नेपाल स्काउटका धरान नगर समिति संयोजक तथा माउन्ट हर्मन एकेडेमीका निर्देशक अनुप योञ्जन तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स

    • प्रकाशित मितिः फागुन ५, २०७९
    • 864 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लालीगुराँसको चोत्लुङ पार्क अनुगमनको थलो बन्दै अध्ययन केन्द्रको रुपमा विकसित गरिँदै

    तेह्रथुम / तेह्रथुमको लालीगुराँस नगरपालिका ३ बसन्तपुरमा निर्माण भएको चोत्लुङ पार्क अहिले लिम्बु जातिको संस्कारमा आधारित मुन्धुमको अध्ययन थलोको रुपमा विकास हुँदै गएको पाइएको छ ।यो लिम्बू जातिको संस्कारमा आधारित अन्तर्राष्ट्रियस्तरको सांस्कृतिक पार्क निर्माण गरिएको छ । विशेषगरी लिम्बू जातिको जन्म, मृत्यु, विवाह, उधौली उभौलीजस्ता मौलिक र जातीय पहिचानसँग सम्बन्धित क्रियाकलाप पार्क परिसरमा गर्न थालिएको छ ।लालीगुराँस नगरपालिका बसन्तपुरका स्थानीय बासिन्दा कृष्ण खुवाङले लिम्बुहरु प्रकृतिपूक भएकोले यो पार्क पनि सोही अनुरुप निर्मिाण गरिएको बताए । उनले भने–‘लिम्बु जाति प्रकृतिलाई पूजा

    • प्रकाशित मितिः फागुन ५, २०७९
    • 774 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मापसे गरेर झैगडा गरेको आरोपमा कलाकार पक्राउ

    मोरङ /मादपक पदार्थ सेवन गरी झैझगडा गरेको भन्दै प्रहरीले कलाकार पवन खतिवडा ‘म्याकुरी’ लाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीले उनलाई नियन्त्रण लिएको हो । बेलबारी  –४ का जीवन कार्कीलाई कुटपिट गरेको आरोपमा इप्रका बेलबारीले कलाकार खतिवडा र रमेश भण्डारीलाई मंगलबार राति नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरुले मादपक पदार्थ सेवन गरी झैझगडा गरेको आरोप प्रहरीको आरोप छ । प्रहरीका अनुसार मंगलबार राति बेलबारी नगरपालिका –१ स्थित एक होटलमा मादक पदार्थ पिएका खतिवडाले झगडा गरेका थिए । होटलबाट बाहिर निस्किएर झगडा गरिरहेको खबर स्थानीयले प्रहरीलाई गरेपछि उनीहरूला

    • प्रकाशित मितिः फागुन ४, २०७९
    • 944 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वृद्धवृद्धालाई लक्षित गरी छुट्टै ओपिडी

    धरान /  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ज्येष्ठ नागरिकलाई लक्षित गरी छुट्टै ढंगले सेवा दिन थालेको छ । प्रतिष्ठानले फागुन १ गतेदेखि ज्येष्ठ नागरिकलाई लक्षित गरी हरेक बिहीबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म जेरियाट्रिक क्लिनिक सञ्चालनमा ल्याएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी प्रवक्ता डा. अञ्जु प्रधानले जेष्ठ नागरिकलाई हरेक प्रकारका उपचारमा सहजता ल्याउनकै लागि नेपालमै पहिलो पटक धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यो सेवा सञ्चालन गरिएको बताइन् । प्रवक्ता डा. प्रधानले भनिन्–‘ ज्येष्ठ नागरिकहरुलाई उमेरका कार

    • प्रकाशित मितिः फागुन ४, २०७९
    • 1,078 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपाली चियाले पाएन मूल्य गुणस्तर जाँच्न भारत नै पुग्नुपर्ने बाध्यता

    इलाम /  नेपाली चिया गुणस्तर चेक गर्ने प्रयोगशाला स्वदेशमा नहुँदा चिया उत्पादक व्यवसायी समस्यामा परेका छन् । नेपालको चिया गुणस्तर परीक्षण नगरी भारतले आयात अनुमति दिँदैन । स्वदेशमा प्रयोगशाला नहुँदा व्यवसायीलाई भारतकै पश्चिम बंगालको कोलकत्तामा परीक्षण गर्नुपर्ने बाध्यता रहेको छ । उद्योगीले चिया बोकेको कन्टेनर हप्ता दिनसम्म मेची भन्सार कार्यालय काँकडभिट्टमा राखेर कोलकत्तामा परीक्षण गर्न लैजान्छन् । परीक्षणको रिपोर्ट आएपछि मात्र भारत लगायत तेस्रो देशमा चिया निर्यात हुने गरेको नेपाल उत्पादन संघका अध्यक्ष सुरेश मितलल जानकारी दिए । उनले भने–‘नेपालमै चिया गुणस्तर चेक गर्ने प्रय

    • प्रकाशित मितिः फागुन ४, २०७९
    • 883 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विद्यालयका बालिकासँग उपप्रमुख’ अभियान सञ्चालन

    मोरङ /विराटनगर महानगरपालिकाले ‘विद्यालयका बालिकासँग उपप्रमुख’ अभियान सञ्चालन गरेको छ ।महानगरपालिकाको न्यायिक समितिको आयोजनामा विराटनगर क्षेत्रभित्र सञ्चालित सामुदायिक ‘विद्यालयका बालिकासँग उपप्रमुख’ अभियान सुरु गरिएको हो । अभियानअन्तर्गत बुधबार विराटनगर–११ स्थित जनपथ माविमा कार्यक्रम सञ्चालन गरिएको छ । कक्षा–९ र १० का बालिकाहरू सहभागी भएको कार्यक्रममा महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले न्यायिक समितिले गर्ने कार्यका विषयमा जानकारी गराएकी थिइन् । उपप्रमुख कार्कीले आफूलाई परेका समस्या खुलस्त राख्न बालिकाहरूलाई आग्रह गरिन् । अभिभावक र विद्यालयका शिक्षकहर

    • प्रकाशित मितिः फागुन ४, २०७९
    • 816 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रिन्स र रशिला क्वाटरफाइनलमा

    मोरङ / नेपाल पुलिसका प्रिन्स दाहाल र आर्मीकी रशिला महर्जन बिराटनगरमा जारी ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृती राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता – २०२३’ को क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजनमा भएको प्रतियोगितामा शीर्ष १६ बरियता तर्फको पुरुष एकल लिगको समूह बीको खेलमा प्रिन्सले नेपाल पुलिसका जीवन आचार्यलाई २१–९, २१–१४ ले पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरेका हुन् । प्रिन्सले आफ्नो समूहको तीनै खेलमा जित हात पार्दै क्वाटरफाईनल प्रवेश गरेका हुन्। सोही समूहबाट उपबिजेताको रुपमा कास्कीका बिधान अध

    • प्रकाशित मितिः फागुन ४, २०७९
    • 711 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रजत जयन्तीमा प्रदेश १ स्तरीय वास्केटवल प्रतियोगिताको आयोजना

    विजयपुर / धरान उच्च कलेजले रजत जयन्तीको पूर्व सन्ध्यामा प्रदेश १ स्तरीय विद्यालय तहको छात्र तथा छात्रा बास्केट बल प्रतियोगिता आयोजना गर्ने भएको छ । कलेजले कक्षा १० सम्मका विद्यार्थीहरुलाई लक्षित गरेर प्रतियोगिता आयोजना गर्न लागेको हो । कलेजले वुधवार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता आयोजना गर्ने विषयमा जानकारी दिएको थियो । फागुन ५ र ६ गते आयोजना हुने सो प्रतियोगितामा झापा मोरङ,सुनसरी लगायतका जिल्लाबाट छात्रतर्फ १५ टिम र छात्रातर्फ १० टिम सहभागी हुने धरान उच्चका प्रिन्सिपल चित्रप्रसाद ढुङ्गेलले जानकारी दिएका छन् । प्रिन्सिपल चित्रप्रसाद ढुङगेलका अनुसार प्रतियोगितामा विजेता हुने

    • प्रकाशित मितिः फागुन ४, २०७९
    • 964 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ "
  • पुलिसका प्रिन्सलाई दोहोरो सफलता

    मोरङ / नेपाल पुलिसका प्रिन्स दाहालले बिराटनगरमा जारी ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृती राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता – २०२३’मा दोहोरो सफलता हात पारेका छन् । पहिलो दिन राष्ट्रिय च्याम्पियन एवं बिश्व बरियतामा जुनियर तर्फ उच्च स्थानमा रहिसकेका प्रिन्सले पहिलो खेलमा कास्कीका बिधान अधिकारीलाई २१–१७, २१–११ ले तथा अर्को खेलमा नेपाल पुलिसका पूर्ण बोहराबाट वाकओभर प्राप्त गर्दै दोहोरो जित प्राप्त गरेका हुन् । नेपाल ब्याडमिन्टन संघको शिर्ष १६ बरियतामा रहेका खेलाडीहरुको पुरष एकल तर्फको अर्को खेलमा त्रिभुवन आर्मी क्लका रुकेश महर्जनल पनि दोहोरो सफलता प्राप्त गरेक

    • प्रकाशित मितिः फागुन ३, २०७९
    • 750 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन बन्ने

    मोरङ / मोरङको विराटनगरको विमानस्थलमा टर्निमल भवन निर्माण हुने भएसँगै संंघीय सरकारका संस्कृति तथा पर्यटनमन्त्री सुदन किरातीले सोमबार शिलान्यास गरेका छन् । भ्याटबाहेक २ अर्ब ४२ करोड लागतमा १६ हजार २७७ वर्ग मिटरको टर्मिनल भवन निर्माण गरिने भएको छ । टर्मिनल भवन आन्तरिकतर्फ देशकै ठूलो भएको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । उनका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन र गौतमबुद्ध विमानल स्थलको क्रमश १५ र १४ हजार वर्ग मिटरको छ । विमानस्थलको धावनमार्ग विस्तारका लागि यसअघि जग्गा अधिग्रहण गर्ने प्रक्रिया सुरु भएको थियो । तर बजेट अभावमा अधिग्रहण गर्

    • प्रकाशित मितिः फागुन ३, २०७९
    • 707 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved