समाचार

    Showing 4,371-4,380 of 10,028 items.
  • बिष्णुका विद्यार्थीलाई दुना–टपरी बुन्ने तालिम सम्पन्न

    धरान / धरान स्थित बिष्णु माध्यमिक बिद्यालयका कक्षा ८,९ र १० का विद्यार्थीहरूलाई दुई दिने दुना –टपरी बुन्ने तालिम दिइएको छ। आधुनिक युगमा लोप हुँदै गएको परम्परागत सीप तथा सांस्कृतिक महत्व बोकेको दुना-टपरीको महत्व बुझाउदै कक्षाका ५० जना भन्दा बढी छात्र –छात्राहरूलाई तालिम प्रदान गरिएको हो । तालिमले परम्परागत सीपको विकास तथा सम्बर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ। कार्यक्रम विष्णु मेमोरियल युवा रेडक्रस सर्कलको आयोजनामा सम्पन्न भएको थियो। तालिम गत असार १५ र १६ गते संचालन भएको हो। तालिममा विद्यालयका शिक्षिकाहरू ज्योत्सना लिम्बु, जुनी थापामगर र मन्जु सुबेदीबाहेक आमन्त्रित प्

    • प्रकाशित मितिः असार १६, २०८०
    • 967 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आदर्श समाजले गर्यो लागू औषध दुर्ब्यसनी प्रशिक्षण कार्यक्रम

    कानेपोखरी /मोरङको कानेपोखरी गाउँपालिकामा रहेको आर्दश समाजले रमाइलोमा रहेको जनसेवा माबीको सभाहलमा लागू औषध दुर्ब्यसनी कार्यक्रम गरेको छ। आदर्श समाजले समाज रुपान्तरणको निम्ति विभिन्न जनचेतना मुलक कार्यक्रम गर्दै आएको छ । कानेपोखरी गाउँपालिका वडा नं ६ को समन्वयमा आदर्श समाजले कार्यक्रम गरेको हो । समाजका अध्यक्ष प्रकाश कोइरालाले कानेपोखरी भित्र लागूऔषध खाने युवायुवतीहरु बढी भएकाले किशोर किशोरीहरु लाई कुलतमा फस्न नदिन जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको बताए । कार्यक्रमको प्रमुख अतिथी कानेपोखरी गाउँपालिका वडा नं ६ का अध्यक्ष खडग बहादुर बस्नेत रहेका थिए। कार्यक्रमको सहजीकरण प्रहरी चौकी रमाइलोका

    • प्रकाशित मितिः असार १६, २०८०
    • 870 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिराटनगर जेसिजको तालिम सप्ताह सम्पन्न

    बिराटनगर / बिराटनगर जेसीजको आयोजनामा सुरु भएको तालिम सप्ताह असार १५ गते कार्यक्रम संचालन विधि तालिमका साथ सम्पन्न भएको छ । असार ७ गते देखि बिराटनगर जेसीजको सभाहलमा भएको कार्यक्रममा नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष फुल कुमार लालवाणीले युवाहरुलाई तालिमको माध्यम बाट अघि बढाउन जेसीजले गरेको प्रयासको प्रशंसा गर्दै यस तालिमले ब्यक्तिगत जिवनमा समेत प्रभाव पार्न सक्ने बिस्वास ब्यक्त गर्नु भयो । त्यस्तै प्रमुख अतिथी नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष महेश पौडेलले जेसीज तालिमका लागि परिचित रहेको र बिराटनगर जेसीजले लियोका नेताहरु लाइ दिएको तालिमले निश्चित रुपमा जुलाइ १ देखि सुरु हुने कार्यकालका

    • प्रकाशित मितिः असार १६, २०८०
    • 820 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • असार १५ मा एस्पायरद्वारा वृक्षारोपण

    बिराटनगर /  एस्पायर कलेजमा असार १५ को अवसरमा बृक्षारोपण गरिएको छ । ठूलो क्षेत्रफलमा फैलिएको कलेजको क्षेत्रमा बृक्षारोपण गरिएको छ । सो कार्यमा कलेज प्रशासन , बिद्यार्थी र कर्मचारीले बृक्षारोपण कार्यमा सहभागी भएका थिए । बृक्षारोपण पश्चात् दहि चिउरा खाएर कार्यक्रमलाई समापन गरिएको थियो । असार १५ का अवसरमा बृक्षारोपण गर्नुको उदेश्य बारे प्रष्ट पार्दै कलेजका प्रमुख चिन्तामणी बस्नेतले पहिलो ब्याचका बिद्यार्थी रहेका , उनिहरुको चिनारी अनन्तकाल सम्म रहोस , बाताबरण सरक्षणका लागि समेत सघाउ पुग्ने र कलेजको बाताबरण समेत हराभरा रहने कारणले बृक्षारोपण गरिएको हो । साथै सो अवसरमा बिद्यार्थीहरुले

    • प्रकाशित मितिः असार १५, २०८०
    • 923 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रमाइलो जेसिजले मनायो धान दिवस

    कानेपोखरी/ मोरङको कानेपोखरी गाउँपालिका स्थित रमाइलोमा शुक्रबार धान रोपेर रमाइलो जेसिजले धान दिवस मनाएको छ। रमाइलो जेसिजले स्थापन काल देखिनै धान दिवस मनाउदै आएको थियो । रमाइलो जेसिजका अध्यक्ष मातृका कोइरालाले रमाइलो जेसिजले आगामी दिनमा पनि बिभिन्न्न कार्यक्रमहरु गर्ने बताएका छन । अध्यक्ष कोइरालाले धान दिवसको दिन विभिन्न ठाउँहरुमा कार्यक्रमहरु गरेर धान रोपेर धान दिवस मनाउन आग्रह गरेका छन । कार्यक्रमको प्रमुख अतिथी ग्रहण कानेपोखरि गाउँपालिका वडा ६ का वडा अध्यक्ष खडग बहादुर बस्नेत रहेका थिए । कार्यक्रममा रमाइलो जेसिजका सदस्यहरु तथा कानेपोखरी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष चरण गुरुङको उपस्थ

    • प्रकाशित मितिः असार १५, २०८०
    • 807 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा दोस्रो साहित्य तथा साँस्कृतिक पर्यटन महोत्सव शुरु

    धरान / धरानमा दुई दिने दोस्रो अन्तर्राष्ट्रिय धरान साहित्य तथा साँस्कृतिक पर्यटन महोत्सव आजबाट शुरु भएको छ । साहित्य, कला, सँस्कृति प्रतिष्ठान धरान उपमहानगरपालिका वडा नं. १३ को आयोजनामा आषाढ १६गते सम्म चल्ने महोत्सवको उद्घाटन गरिएको छ । गत बर्षको प्रथम अन्तर्राष्ट्रिय धरान साहित्य तथा साँस्कृतिक पर्यटन महोत्सवको सफलताबाट उत्साहित भएका आयोजकले यसलाई पुन: निरन्तरता दिनकै लागि महोत्सवको आयोजना गरेको जनाएको छ । साहित्य, कला सँस्कृति प्रतिष्ठानको संरक्षक वडा नं. १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेलेका अनुसार भारतबाट ४५ जना, भुटानबाट १ जना, बर्माबाट २ जना साहित्यकारको धरानमा जमघट भएको छ । पर

    • प्रकाशित मितिः असार १५, २०८०
    • 1,366 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीमा पनि एमाले सरकार ढल्यो

    सुनसरी /  कोशी प्रदेश सभाबाट विश्वासको मत पाउन नसके पछि नेकपा एमालेको सरकार ढलेको छ । मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश सभामा पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मत विभाजन हुँदा सरकारलाई विश्वास छ भन्ने पक्षमा ४६ मत र विपक्षमा ४३ मत परेको थियो। बहुमत ४७ पुर्याउनु पर्ने हुन्छ । १ मत पुर्याउन नसक्दा एमालेको सरकार ढलेको हो । प्रस्ताबको मतदानको लागि तटस्थ रहेको जसपाकी एक्ली सासद निर्मला लिम्बू अनुपस्थित रहिन । सरकारको नेतृत्वकर्ता एमालेका ४० र सत्ता साझेदार राप्रपाका ६ जनाले पक्षमा मतदान गर्दा पक्षमा ४६ मात्रै पुगेको हो। ९३ सदस्यीय प्रदेश सभामा बहुमत सिद्द गर्न ४७ मत आवश्यक

    • प्रकाशित मितिः असार १५, २०८०
    • 1,386 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विपद् जोखिम न्युनिकरण व्यवस्थापन अभ्यास कार्यक्रम सम्पन्न

    धनकुटा / श्री भिमदल गणद्वारा विपद् जोखिम न्युनिकरण व्यवस्थापन एकीकृत अभ्यास हातेमालो –५ कार्यक्रम सम्पन्न भएको छ। बर्षतको समयमा वाढी,पहिरो,भु–क्षय जस्ता घटनाहरू बढि हुने भएकाले सम्भावित क्षतिलाई न्युनिकरण गर्न तथा प्रभावकारी रूपमा विपद् ब्यवस्थापन गरी जनधनको क्षति हुनबाट बचाउन जिल्लामा रहेका सबै सरोकारवाला तथा निकायहरुसंग समन्वय र सहकार्य गरि जोखिम न्युनिकरण र ब्यस्थापनमा सहज होस् भन्ने उदेश्यले नेपाली सेना श्री भीमदल गण र श्री जिल्ला प्रशासन कार्यालय धनकुटाको सह–आयोजनामा जिल्ला स्तरिय एकीकृत अभ्यास हातेमालो  –५ कार्यक्रम  विहिबार धनकुटामा सम्पन गरेको छ ।

    • प्रकाशित मितिः असार १५, २०८०
    • 1,004 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेश सभा बैठक बस्दै

    विराटनगर /  बिहिबार शुरु भएर आधा घण्टाको लागि स्थगित भएको कोशी प्रदेशको बैठक आज शुक्रबार अहिले शुरु हुदैछ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक सुरु हुँदै हरेको हो। बैठक १२ बजे सुरु हुने भनेको बैठक केही समय ढिला भएको हो। आज मुख्यमन्त्री कार्कीले सांसद्ले उठाएका प्रश्नको जवाफ दिने भएका छन् । त्यसपछि विश्वासको मत लिने प्रस्ताव पेस गर्ने र मत विभाजन हुने कार्यसूची छ ।

    • प्रकाशित मितिः असार १५, २०८०
    • 1,067 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज राष्ट्रिय धान दिवस मनाइँदै

    सुनसरी/कृषिप्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो।त्यसैले धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्।आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ।   विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन्। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन्।यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ

    • प्रकाशित मितिः असार १५, २०८०
    • 919 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved