मोरङ/ पूर्वाञ्चल स्कूल अफ इन्जिनियरिङ क्याम्पमा अध्यनरत विद्यार्थीहरुले क्याम्पस प्रांगरणमा वृक्षरोपण गरेका छन् । विराटनगर ३ मा क्यामपमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले वृक्षारोपण गरेको पूर्वाञ्चल स्कूल अफ इन्जिनियरिङ कमटिीका अध्यक्ष एलिश ढकालले बताए । क्याम्पसको वातावरण स्वच्छ बनाउने उद्देश्यले वृक्षारोपण गरिएको उनले बताए । अनेरास्ववियु केन्द्रिय सदस्य, पूर्वाञ्चल स्कूल अफ इन्जिनियरिङ क्याम्पका विशेष जिल्ला कमिटी ईन्चार्ज नवीन निरौला र ंविशेष जिल्ला कमिटी अध्यक्ष विजय पाण्डेको विशेष उपस्थितमा वृक्षारोपण गरिएको थियो । वृक्षरोपण कार्यक्रममा विशेष जिल्ला कमिटीका उपाध्यक्षरुपेश
धरान । धरान बास्केटवल संघको आयोजनामा आयोजना भएको धरान मेघा थी्र वाइ थी्र एसइइ लेवल खुल्ला बास्केटवल प्रतियोगितातर्फ होलिल्याण्ड स्कुल ए, कामे्रल हाइ स्कुल, हिमशिखर स्कुल तरहरा र चिल्ड्रेन स्कुल सेमिफाइन प्रवेश गरेका छन । सुनसरी बास्केटवल संघको सहयोगमा मंगलार देखि सुरु भएको दुई दिने प्रतियोगितामा होलिल्याण्ड ए टिमले युएुन स्कुललाई ८–३, काम्रेल स्कुलले सयपत्री स्कुल तरहरालाई ६–३, हिमशिखर तरहरा स्कुलले झापा मोडल स्कुललाई ८–१ र चिल्ड्रेन स्कुलले होलिल्याण्ड वि टिमलाई ८–० अंकको अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन । वुधवार हुने पहिलो सेमिफाइनल खेलमा हिमशिखर र चि
धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. राजकुमार रौनियारको निधन भएको छ । प्रा.डा. रौनियारको ब्रेन हेम्रेजका कारण मंगलबार भारतको कोलकत्तामा उपचारकै क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । विगतदेखि नै उच्च रक्तचापबाट पीडित प्रा.डा रौनियारलाई सोमबार स्वास्थ्यमा एक्कासी समस्या देखिएपछिे सोमबार नै रौनियारलाई भारतको कलकत्ता स्थित एक अस्पतालमा भर्ना गएिको उपकुलपति रौनियारका दाजु गौरीशंकर रौनियारले जानकारी दिए । उपचारकै क्रममा मगलबार बिहान १० बजे निधन भएको परिवारले बताएको छ । उपकुलपति प्रा.डा रौनियारको निधनले स्वास्थ्य क्षेत्रमा ठूलो नोक्सानी पुगेको
धरान । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले संघीयता खारेजको कुरा अनर्गल हल्ला भएको बताएका छन् । मंंगलबार विराटनगरमा प्रेस चौतारी नेपाल प्रदेश १ कमिटीद्वारा आयोजित पत्रकार सम्मेलनमा नेता पोखरेलले नेपालको संविधानको मर्म अनुसार संघीयता भएको र संघीयताको विषयमा सबै दलको सहमति भएकोले यस्ता अनर्गल हल्लाका पछि नलाग्न आग्रह गरेका छन् । उनले भने–‘संविधानको मर्म अनुरुप संघीयता कायम भएको हो,संविधान हामीले सहमतिमा बनाएका हौं, हामी सहमति भन्दा बाहिर जाँदैनौ ।’ उनले कसैलाई खारेज गर्नुपर्छ भन्ने लाग्दैमा खारेज नहुने बताए । उनले भने–‘हाम्रो संविधान संशोधनीय छ तर एउटाले
धरान । मोरङको विराटनगरमा एक बर्षीया बालिका अपहरणमा परेकी छन् । सोमबार विहान ८ बजे अपहरणमा परेकी उनको अवस्थाबारे प्रहरीले अझै पत्ता लगाउन सकेको छैन । प्रहरीका अनुसार विराटनगर–१३ रोड शेषकी ममता यादवकी छोरी निकिसा यादव सोमबार बिहान ८ बजे अपहरणमा परेकी हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख शान्तिराज कोइरालाले बालिकाको अपहरण भएको जानकारी आएसँगै अपहरणकारीको खोजतलासीलाई तिब्रता बताएको बताए । उनले भने ‘बालिकाको अपहरण भएको जानकारी पाउनेवित्तिकै हामीले खोजतलासलाई तिब्रता दिएका छौ, हामी अपहरणकारीको नजिक पुगिसकेका छौं । उनले बालिकाको अपहरणको गम्भीर अनुसन्धानमा लागेको बताए । उनले भने &ls
धरान । धनकुटाको महालक्ष्मी नगरपालिकाको नवौ नगरसभाले महत्वपूर्ण निर्णय गरेको छ । महालक्ष्मी नगरपालकाभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले राजनीति गर्न नपाउने महत्वपूर्ण निर्णय गरेको हो । गत असार २० गते बसेकोे नवौ नगरसभाबाट पारित भएको थियो । पारित भएको निर्णय सोमबार नगरपालिकाभित्र रहेको सबै सामुदायिक विद्यालयमा पत्राचार गरेको छ । नगरप्रमुख धु्रवराज रायले विद्यालयका शिक्षकहरुले राजनीति गर्दा शिक्षाको गुणस्तर खस्केकोले यसलाई मध्यनजर गरी नगरसभाबाट शिक्षकलाई राजनीति गर्नबाट बञ्चित गराउन निर्णय गरिएको बताए । उनले भने–‘हामीले सबै विद्यालयलाई परिपत्र पठाइ सकेका छौं, नगरले गरेक
धरान/ सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रले ‘ सम्मान तथा अक्षलोक लोकपर्ण’ कार्यक्रम सम्पन्न गरेको छ ।अक्षलोक साहित्यिक पत्रिका मार्फत सामाजिक, राजनीतिक, साहित्यिक, एवम् शैक्षिक रूपान्तरणमा आजन्म लागेका प्राध्यापक सिद्धिश्वरमान श्रेष्ठको पुण्यस्मृतिमा कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । प्राध्यापक श्रेष्ठको कोभिड संक्रमणका कारण निधन भएको भएको थियो । स्वास्थ तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङको प्रमुख आतिथ्य तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीको उपस्थितिमा सम्मान तथा अक्षलोक लोकार्पण कार्यक्रम गरिएको केन्द्रका अध्यक्ष इन्जिनियर स्वजन स्वराज शा
धरान । इलाम जिल्ला प्रदेश नं. १ कै चियाको राजधानी हो । तर यो वर्ष तयारी चिया बिक्री गर्न इलामका कृषकलाई समस्या भएको छ । भारत लगायत अन्य तेस्रो मुलुकबाट नेपाली चियाको माग माग भएपनि उत्पादन लागत मूल्य उठ्न कठिन भएको उद्योगी–व्यवसायीलाई सकस भएको हो । कोभिड संक्रमण तथा रुस र युक्रेन युद्धका कारण पनि चिया विक्रीमा गिरावट आएको उद्योगी–व्यवसायी बताउँछन् । उद्योगी कमल मैनालीका अनुसार नेपालबाट किनेको चिया भारतबाट अन्य देशमा समेत पुग्ने गरेको छ । तर, यो पटक भारतमा मात्र नभइ युरोप, अमेरिकालगायत अन्य देशबाट समेत तयारी चियाको माग नआएकोे मैनालीले बताए । उनले भने–‘माग आएपनि लागत मूल
धरान । प्रदेश १ मा हालसम्म ४९ प्रतिशतमात्र धान रोपाई सकिएको छ । धान रोप्ने बेलामै पानी पर्न रोकिएपछि प्रदेश एकका विभिन्न ठाउँको धान रोपाइँ पुरै प्रभावित भएको हो । असार अन्तिम साता रोपाइँ उद्देश्यले बिऊ काढेर ठिक्क पारेका बिउ टन्टलापुर घामले डढाएपछि अहिले कृषक चिन्तामा छन् । कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार । असार ३२ सम्ममा देशभर कुल ९ लाख ७० हजार ४८४ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । जुन कुल रोपाइँ हुने क्षेत्रफलको ६५ प्रतिशत हो । गत वर्ष यो अवधिमा ११ लाख २२ हजार ८०७ हेक्टर क्षेत्रफल अर्थात ७६ प्रतिशत मात्र रोपाइँ भएको भएको छ ा असारको अन्तिममा आएर पानी पर्न छोडेपछि त
धरान l नेपाल तामाङ घेदुङको केन्द्रीय सल्लाहकारमा सुजेन्द्र गोले तामाङलाई मनोनित गरेको छ । घेदुङको केन्द्रीय सचिवालयको बैठकले उनलाई सल्लाहकारमा मनोनित गरेको हो । नेपाल तामाङ घेदुङमा जिल्ला तहदेखि सकृय रहंदै आएका गोले घेदुङको छैठौं महाधिवेशनमा पूर्वाञ्चल क्षेत्रीय प्रमुख, सातौं महाधिवेशनमा केन्द्रीय उपाध्यक्ष र आठौं महाधिवेशनमा केन्द्रीय सल्लाहकारमा मनोनित भएका थिए । घेदुङको गत फागुन २९ देखि चैत्र १ सम्म भएको नवौं महाधिवेशनवाट अध्यक्षमा निर्वाचित मोहन गोले नेतृत्वको सचिवालयको बैठकले उनलाई पुनः केन्द्रीय सल्लाहकारमा मनोनित गरेको हो । गोले नेपाल तामाङ विद्यार्थी घेदुङको पनि तल्लोतहवाटै नेतृत्वदा