धरान/ धरानलाई खेलकुदको सहर भने पनि हुन्छ । धरानलाई विकास गर्ने दलका मुख्य एजेण्डामा पर्छ, खेलकुद । विश्वका प्राचीन खेलदेखि आधुनिक खेल सबैको अभ्यास गरिन्छ यहाँ । जिम्न्यास्टिक, दौड, बक्सिङ, म्याराथन, आर्चरी, रेसलिङका संस्थागत क्लब छन् । गल्फ, बास्केटबल देशमै पहिलो पटक धरानबाटै सुरुवात भएको इतिहास पाइन्छ । थाइ बक्सिङ, सेफाकटाक्रो लगायतका खेल विकासका लागि संस्थागत क्लब छन् । त्यसो त धरान मिनी ब्राजिल हो । धरानका प्रत्येक वडामा २ भन्दा बढी संस्थागत फुटबल क्लब छन् । जसले नियमित फुटबलका प्रतियोगिता गर्छन् । त्यसबाहेक पत्रकार, कलाकार, बैंकर्स, डाक्टर्स, सहकारीकर्र्मी, जेसिज, व्यापारिक प्रतिष्ठा
विजयपुर/ शिक्षासँगै विद्यार्थीको अन्य प्रतिभालाई समेत प्रस्फुटन माध्यम बनाएको छ प्रदेश १ स्तरीय एसइई सिंगिङ्ग तथा डान्सिङ आइडलले । प्रतियोगिताको स्लोगन नै रहेको छ, ‘शिक्षाका लागि संगीत ।’ ०७५ सालदेखि नियमित आयोजना गर्दै आएको फक्तालुङ मिडिया हाउसले यस बर्ष पनि निरन्तता दिने भएको हो । आयोजकले विहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्रदेशलाई समेट्ने गरी आयोजना गरिएको यो प्रतियोगिताको अडिसन विगतदेखि नै पहाडी तथा हिमाली क्षेत्रबाट गर्दै आएको छ । यो बर्षको अडिसन चैत्रको दोस्रो साताबाट हुदैछ । पहिलो अडिसन ओखलढुंगाबाट शुरु गरिने आयोजक समितिका संयोजक डम्बरकुमार तुम्बाफोले बताए ।
धरान/ दिनप्रतिदिन बढ्दै गएको सवारी साधनका कारण धरानको भानुचौक सधै अस्तव्यस्त रहने गरेको छ । विशेष गरेर धरानको मुटु भानुचौकबाट छाताचौकसम्मको सडकमा अत्याधिक जाम हुने गरेको छ । जामलाई व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई हम्मे हम्मे पर्ने गरेको छ । साँघुरो सडक त्यसमाथि सवारी चापका कारण व्यवस्थापनमा चुनौति थपिएको ट्राफिक प्रहरीले जनाएको छ । जामकै कारण सवारी चालकलाई समेत अत्यन्तै असजिलो हुने गरेको छ । भानुचौकबाट छातार्चाैक पुग्न सवारी चालकलाई २० देखि २५ मिनेट लाग्ने गरेको छ । धरान १५ का मिलन लिम्बुले धरानको भानुचौकदेखि छाताचौकसम्मको सडक अत्यन्तै व्यस्त सडक भएको बताउँछन् । यो सडक क्षेत्रमा प्राय
सुनसरी/ धरान धरान–१३ की उषा राई मृत्यु प्रकरणमा संलग्न रहेको आरोप लागेका थप दुई जनालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ ।घट्नाकी मुख्य आरोपी उर्मिला राईलाई केही दिन अगाडी प्रहरीले पक्राउ गरेको थियो । शुक्रबार साझ उनीहरुलाई पक्राउ गरे हो । पक्राउ पर्नेमा सुसेली राई र सुमित्रा राई रहेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए । एकल महिला उषा राईको कुटपिटमा संलग्न रहेको भन्दै पीडित परिवारले ७ जनाको नाममा प्रहरीमा किटानी जाहेरी दिएका थिए । यही विषयलाई लिएर शुक्रबार आफन्त तथा छिमेकीहरुले विरोध गरेका थिए । हत्यारालाई कारबाही गर्नुपर्ने माग राख्दै
मोरङ/ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला सफा, सुन्दर, हराभरा, व्यवस्थित र विकसित महानगर बनाउने अभियानमा साथ दिन नगरबासीलाई आग्रह गरेका छन् । सचिवालयमार्फत विज्ञप्ति जारी गर्दै मेयर कोइरालाले निर्वाचित भएर आएपछि सरसफाईलाई पहिलो प्राथमिकतामा राखेको उल्लेख गरेका छन् । हाल महानगर फुटपाथ नियन्त्रण र सहरको सुन्दरतामा ह्रास आउने गरी जथाभावी निर्माण गरिएका पसल अगाडिका संरचना हटाउने अभियानमा केन्द्रित भएको मेयर कोइरालाले बताएका छन् । सरफाईमा जस्तै फुटपाथ खाली गर्ने र अवैध संरचना हटाउने अभियानमा पनि विराटनगरवासी र व्यापारीको अत्यन्तै राम्रो सहयोग रहेको मेयर कोइरालाले विज्ञप्तिमा उल्लेख गरेका छन्
खोटाङ/ खोटाङमा काम बीचैमा छोडेर अलपत्र पार्ने एक निर्माण कम्पनीले प्रयोग गदैै आएको एक्स्काभेटर र ट्याक्टर खोटाङकै एक नगरपालिकाले नियन्त्रणमा लिएको छ ।ठेक्का लिएर काम अलपत्र पार्ने निर्माण कम्पनीको एक्स्काभेटर र ट्याक्टर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नियन्त्रणमा लिएको हो । दिक्तेल हाटडाँडादखि लफ्याङ काफ्लेगाउँ घुम्तीबर सडक स्तरोन्नतिको ठेक्का लिएर बीचैमा छोडेर अलपत्र पार्ने लगलगे कन्ट्रक्सनको एक्स्काभेटर र ट्याक्टर नियन्त्रणमा लिइएको हो ।करिब ४६ लाख रुपैयाँको लागतमा असार मसान्तसम्म सक्नेगरी सहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुङ्गासँग २०७८ माघ २० गते सम्झौता गरेको थियो । पटक पटक
मोरङ/ स्वदेशमै कामको खोजीमा रहेका तथा वैदेशिक रोजगारबाट फर्किएकाहरु युवाहरुलाई रोजगारको अवसर सिर्जना गर्ने उदेश्यले विराटनगरमा रोजगार मेलाको आयोजना गरिएको छ । अन्र्तराष्ट्रिय श्रम संगठन (आइएलओ) को वेलकम होम परियोजनाको सहयोग तथा सहकार्यमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ र कटहरी गाउं पालिका, मोरङ्गको आयोजनामा एकदिने रोजगार मेलाको आयोजना भएको हो । विराटनगरस्थित फलफूल तथा कृषि थोक बजार कटहरीमा आयोजित मेलामा रोजगारका लागि करीव नौ सयजनाले विभिन्न कम्पनिहरुसँग सम्पर्क स्थापित गरेका छन् । मेलाका अवसरमा रोजगारको खोजी रहेको जनशक्तिलाई रोजगारदातासँग सम्पर्क स्थापित
धरान/ पूर्वकै पर्यटकीय स्थल विजयपुरलाई स्वस्थ, सफा राख्ने उद्देश्यले धरान उपमहानगरपालिका वडा नं. १४ ले प्रत्येक शुक्रबार सरसफाई गर्ने गरेको छ । वडाले विजयपुरमा रहेका मठमन्दिर, चौक, गल्ली गल्लीमा सरसफाई गर्ने गरेको छ । नियमित हुदै आएको सरसफाई प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनले केही समय रोकिएको थियो । अहिले पुन ः नियमित सरसफाई शुरु गरिएको छ ।तर जति सरसफाई गरे पनि सर्वसाधारणमा सचेतना नहुदा चौक, बजार एरियामा मात्र हैन मन्दिर वरिपरि फोहोरको डंगुर हुने गरेको छ । विशेष गरेर स्थानीय सर्वसाधारण तथा मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुले रुपमा गुट्का खाएर जथाभावि खोल फाल्ने गरेका कारण फोहोर थु
धरान/ मतगणना जारी रहेको सुनसरी क्षेत्र नं. १ मो मत परिणाम थप रोचक बन्दै गइरहेको छ । निर्वाचन आयोगको पछिल्लो मत परिणाम अनुसार यहाँ अहिले जसपाका उम्मेद्वार अशोक कुमार राईले झिनो मतले अग्रता लिएका छन् । उनले १३ हजार ८ सय १ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार गोमा तामाङले १३ हजार ७ सय ९७ मत प्राप्त गरेकी छिन् । उनिहरु दुई बिच ४ मतको अन्तर रहेको छ । त्यसैगरी मओवादीका मुक्सामहाङ सुब्बाले १० हजार ७ सय ८४ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेद्वार मनोज म्यानाङ्बोले ६हजार ८ सय ३४ मत प्राप्त गरेका छन् । सुनसरी क्षेत्र नं. १ मा पर्ने धरान का २० वटै वडाको मतगणना सम्पन्न भइसकेको
धरान/ रोटर्याक्ट क्लब अफ धरान घोपाले एन्टि माइक्रोबियल सचेतनामूलक नाटक प्रस्तुत गरेको छ । रोटर्याक्ट क्लब अफ धरान घोपाले ‘विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताह’ अवसर पारेर एन्टिमाइक्रोबियल रेजिस्टेन्स विषयमा नाटक स्वास्थ्य शिक्षाको आयोजना गरेको थियो । कार्यक्रमको मुख्य उद्देश्य ग्लोबल एन्टिमाइक्रोबियल रेजिस्टेन्स (एएमआर) बारे चेतना अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ । जनसङ्ख्या, स्वास्थ्यकर्मी र नीति निर्माताहरू बीचको उत्कृष्ट अभ्यासलाई थप उदीयमानलाई पार गर्न प्रोत्साहन गर्ने , लागुऔषध प्रतिरोधी संक्रमणको फैलावटको बारेमा आम जनतालाई शिक्षित गर्न, एन्टिबायोटिक औषधिको दुरुपयो