विराटनगर / दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगितामा विराटनगरस्थित डन बक्सको र सगरमाथा स्कुल विजय भएको छ । जितसँगै सगरमाथा चरणमा प्रवेश गरेको छ । प्याब्सन विराटनगरको आयोजनामा शुक्रबारदेखि सुरू भएको प्रतियोगिताको पहिलो खेलमा डन बक्सको स्कुलले सनसाइन स्कुललाई २–० गोलले पराजित गर्दै डन बक्सको स्कुल दोस्रो चरणमा प्रवेश गरेको हो । जितको लागि डन बक्सको निकुस खतिवडाले १४ औं मिनेटमा र ४४ मिनटेमा सनुजो राजवंशीले गोल गरी टिमको जित सुनिश्चत गरेका थिए । खेलको म्यान अफ द म्याच पनि राजवंशी घोषित भए । सोही दिन भएको दोस्रो खेल सगरमाथा स्कुलले बालमिकी स्कुललाई टा
विराटनगर / विराटनगर–५ स्थित जामुनेश्वरदेखि केशलिया पुलसम्मको हुलाकी सडक निर्माणका लागि विराटनगर महानगरका मेयर नागेश कोइरालाले दबाब दिनु भएको छ । स्थानीयवासीसँगै हुलाकी सडक कार्यालय इटहरी पुगेर मेयर कोइरालाले तत्काल सडक निर्माण गर्न दबाब दिनु भएको हो । उहाँले स्थानीयको समस्या सम्बोधन गर्नु आफूहरुको दायित्व भएकाले हुलाकी सडक निर्माणका लागि दबाब दिन आफैं उपस्थिति भएको जानकारी दिनुभयो । मेयर कोइरालाकै अग्रसरमा जिल्ला प्रशासन कार्यालय, ठेकेदार र हुलाकी सडक कार्यालयका प्रतिनिधिसित पटकपटक छलफल गर्दा पनि सडक निर्माणले गति लिन सकेको छैन । ठेकेदार सम्पर्कविहीन भएका कारण सडक निर्माण हुन नसकेको हु
भोजपुर / यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीराम मिथिला शिक्षालयको उद्घाटन गरेकी छन् । राष्ट्रपति भण्डारीले रामप्रसाद राई गाउँपालिका–५ मा पर्ने गाउँ मानेभञ्याङ आमबोटेमा निर्माण भएको ‘श्रीराम मिथिला बहुप्राविधिक’ शिक्षालय उद्घाटन गरेकी हुन् । उद्घाटनमा उनले शिक्षालयको स्थापनापछि अब स्थानीयलाई प्राविधिक शिक्षा लिन सहज हुने बताइन् । ‘अहिलेको आवश्यकता प्राविधिक शिक्षा हो‚’ राष्ट्रपति भण्डारीले भनिन्, ‘यो प्राविधिक शिक्षालयले यहाँ शिक्षाको विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ। शिक्षालय स्थापनाले प्राविधिक शिक्षा लिन अन्यत्र जानुपर्ने बाध्यता हटेको
धरान : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। भारतबाट घटेको मूल्य आएसँगै निगमले आज राति १२:०० बजेबाट लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलमा ३/३ रुपैयाँ घटाएको छ। अब पेट्रोलको प्रति लिटर १ सय ८१ बाट घटेर १ सय ७८ रुपैयाँ, डिजेल र मट्टितेलको १ सय ७८ बाट घटेर १ सय ७५ रुपैयाँ कायम भएको नेपाल आयल निगमले जनाएको छ। शुक्रबार एक विज्ञप्ति निकाल्दै निगमले मूल्य घटाएको हो। हवाइ इन्धन (आन्तरिक र हवाइ इन्धन–बाह्य) को भने मूल्य घटाइएको छैन। हवाइ इन्धन १ सय ९० र हवाइ इन्धन बाह्य १.६४५ डलरमा बिक्री हुँदै आएको छ। एलपी ग्यास १ हजार ८ सयमा बिक्री हुँदै आएको छ। यस अघि पटक पटक मूल्य घटेर आएप
धनकुटा : धनकुटामा माघ पहिलो सातादेखी १ नं प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी हुने भएको छ । धनकुटा उद्योग वाणिज्य संघको आयोजनामा धनकुटा महोत्सवको आयोजनासँगै औद्योगिक मेला र कृषि प्रदर्शनी गर्ने निर्णय गरेको हो । धनकुटा उद्योग बाणिज्य संघको बुधबार बेसेको बैठकले माघ पहिलो सातादेखी प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं् धनकुटा महोत्सव गर्ने निर्णय गरेको संघका अध्यक्ष विजयी सन्तोषी राईले बताए । अध्यक्ष राइले आगामी माघ ६ देखी १६ गते सम्म धनकुटा महोत्सवसँगै प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी गर्न लागिएको जानकारी दिए । महोत्सवको आोजन
धरान / धरान उपमहानगरपालिकाको आर्थिक महाशाखाले सूचना दिन नमान्दा शुक्रबार गरिने भनिएको खानेपानीको आय व्यय प्रस्तुत हुन सकेन ।विहीबार कार्यपालिकाको बैठक अवरुद्ध भएको विषयमा जानकारी दिन २० वटै वडाका वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले शुक्रबार धरानको खानेपानीको आय व्यय प्रस्तुत गर्ने कार्यक्रम रहेको जनाएको थियो । तर आर्थिक प्रशासन महाशाले हिसाब किताब दिन नमिल्ने भन्दै दिन नमानेपछि सार्वजनिक गर्न नसकिएको् धरान १७ का वडाध्यक्ष एवम् धरान उपमहानगरपालिकाका प्रवक्ता सूर्यकुमार भट्ट्राई (मनोज) ले बताए । उनले भने–‘आज हामीले सञ्चारकर्मीहरुलाई धरान खानेपानीको आय व्यय सार्वजनिक गर्छौ भनेका
धनकुटा / धनकुटाको सांगुरीगढीमा महागुरुहरुको शालिकको अनावरण गरिएको छ । साँगुरीगढी गाउँपालिका ५ डांडाबजार फुकदेन (ध्वजे डाँडां मा महागुरु फाल्गुनन्द, जयमान जवेगु र लालप्रसाद जवेगूको शालिक अनावरण गरिएको हो । मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङबाट प्रतीक अनावरण गरिएको हो । महागुरुका चेला जयमान जवेगुको शालिक र किरात धर्म तथा साहित्य उत्थान संघका उपाध्यक्ष लालप्रसाद जवेगूको शालिक अनावरण गरिएको छ । धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङले शालिक अनावरण गरेका हुन् । मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङदेन तथा चेला जयमान जवेगु किरात धर्म दर्शनदाता, समाज सुधारक, राष्ट्रिय विभूतिको र
इलाम / चियाको हरियो पत्ति टिप्ने काम यति वेला खासै हुँदैन । चैत्र वैशाखमा फस्ट फल्सबाट चिया टिपाई सुरु गरेर कात्तिकमा अन्तिम टिप्ने गरिन्छ । यस बेला धेरै जसो ठाउँमा चियाको कटिङ हुने गरेता पनि इलामको चिलिमकोट चिया बगानमा भने चिया टिपाई भइरहेको छ । हिउँदको समय सुख्खा लाग्ने र धेरै चीसोको कारण चिया उत्पादन हुने नहुने हुँदा यो समयलाई चियाको अफ सिजिन मानिन्छ । चियाको अफ सिजनमा पनि शोक्तिम र चिलिम कोट चिया बगानमा भने हरियो पत्तिको टिपाई भइरहेको छ । सुवास संघाईले ५० वर्षका लागि लिजमा लिएका इलामका चार वटा चिया बगान मध्ये दुई वटा चिया बगानमा यति बेला पनि हरियो पत्ति उत्पादन भइरहेको हो भने इलाम र कन्या
मोरङ / राष्ट्रपति विद्यादेवी भण्डारीले औद्योगिक क्षेत्रका समस्या समाधान गर्न सरकारलाई आग्रह गरेकी छन् । बिहीबारदेखि विराटनगरमा आयोजना भएको विराट एक्स्पोको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले औद्योगिक क्षेत्रका समस्या समाधान गर्न सरकारलाई आग्रह गरेकी हुन् । राष्ट्रपति भण्डारीले विगतमा देशको प्रमुख औद्योगिक क्षेत्र रहेको विराटनगर पछिल्ला वर्षहरूमा आफ्नो गौरव कायम गर्न संघर्ष गरिरहेको बताएकी छन् । उनले आगामी दिनमा औद्यौगीकरणका लागि विराटनगरले देशलाई नै सन्देश दिन अग्रसर हुने विश्वास व्यक्त गरिन् । विराटनगरमा आर्थिक तथा औद्योगिक विकासको धेरै सम्भावना रहेको बताउँदै उनले रानी–किमाथांका सडकले
विजयपुर : सानो विवादका कारण धरान उपमहानगरपालिकाको तीनवटा कार्यपालिका बैठक स्थगित भइसकेको छ । धरान १७ मा रहेको सप्तर्रंगी पार्कलाई उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बहुजातीय संग्राहालय बनाउनुपर्छ भन्ने एजेण्डा अगाडि सारेपछि कार्यपालिका सदस्य अनुप देवानले सो एजेण्डाको विषयमा असहमति जनाउदै बोलेका थिए । उनले बहुजातीय पार्क धरान १४ मा बन्दै गरेको र यसलाई सप्तरंगी पार्क नै बनाउदा धरानको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउँदा मेयर साम्पाङले अपशब्द बोल्दै कार्यपालिका सदस्यमाथि दुव्र्यवहार गरेको आरोप लगाउदै माफी नमागुन्जेल कार्यपालिका बैठक सञ्चालन नभई स्थगित हुँदै आएको छ । यस विषयमा मेयर साम्पाङक