मोरङ / विराटनगरको मुटुमा रहेको हिमालय रोडको सबै संरचना एक निर्माण सम्पन्न गरेर महिनाभित्र सञ्चालनमा ल्याइने भएको छ । सिक्किमको एमजी रोडको नमुनाका रुपमा विराटनगरमा सो रोडमा विभिन्न संरचना निर्माण सुरु गरिएको थियो । ठेकेदारको लापरबाहीका कारण लामो समयदेखि निर्माणले गति लिन सकेको थिएन । महानगरका मेयर नागेश कोइरालाले ठेकेदारलाई बोलाएर निर्माणलाई गति दिन निर्देशन दिएका थिए । मेयरको निर्देशनपछि हाल बत्ती जडान, फाउन्टेन निर्माण, टायल बिछ्याउनेलगायतको सौन्दर्यकरणको काम तीव्र रुपमा भइरहेको छ । सो सडकको संरचना बिगारेको भन्दै केही स्थानीय अझै पनि विरोध गर्दै आएका छन् । यो सडकलाई एमजी रोडकै नम
मोरङ / विराटगरस्थित महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि नयाँ नयाँ ‘स्किम’ ल्याउने गरेको छ ।केही समय अगाडि महालक्ष्मीले ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम ल्याएको थियो । यो कार्यक्रम सफलतापूर्वक सञ्चालन भएसँगै महालक्ष्मीले पुन नयाँ ‘स्किम’ पस्केको छ । महालक्ष्मीका कार्यकारी प्रमुख रामेश्वर श्रेष्ठका अनुसार अगाडिको स्मिक सफलतासँगै अहिले ‘महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ’ कार्यक्रमलाई शुरुवात गरिएको छ ।कम्पनीका अध्यक्ष मनोरञ्जनरमण शर्माले चितौनको सौराहामा पौष ४ गते समुद्घाटन गरेसँगै यो कार्यक्रमको विधिवत रुपमा शुरुवात भएको घो
मोरङ / आन्तरिक आयलाई बलियो बनाउन कर संकलन अभियानलाई तीव्रता दिएको विराटनगर महानगरपालिकाले बजार क्षेत्रका खाली जग्गाको पनि कर उठाउन दबाबमूलक अभियान सुरु गरेको छ । बजार क्षेत्रमा रहेका खाली जग्गाका धनीले वर्षौंदेखि कर नतिरेको पाइएको छ । कर नतिरेका खाली जग्गामा महानगरले पार्किङको व्यवस्थापन गर्ने भएको छ । त्यसका लागि महानगरकै स्रोत साधन प्रयोग गरेर सरसफाईसमेत सुरु गरिएको छ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने महानगरपालिकाको अभियानलाई सफल पार्न खाली जग्गामा पार्किङको व्यवस्थापन गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए । महानगरले अतिथिसदन दक्षिण–प
धरान / धरान स्थित बीपी कोइरालास्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेको शिक्षाध्यक्षमा इन्टनरनल मेडिसिन विभागका प्रा.डा सञ्जिवकुमार शर्मालाई नियुक्ति गरिएको छ । प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. गुरुप्रसाद खनालको असोज ६ गते नै पदावधि समाप्त भएको थियो । प्रा.डा. खनालको पदावधि समाप्त भएपछि प्रतिष्ठानको शिक्षाध्यक्ष पद रिक्त रहेको थियो । सोही स्थानमा मंसिर ७ गते प्रा.डा शर्मालाई नियुक्ति गरिएको हो । प्रतिष्ठानको ऐन, २०४९ को दफा ११ (ग) (१) बमोजिम प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीको सिफरिसमा प्रतिष्ठानका सहकुलपति स्वास्थ्यमन्त्री भवानी प्रसाद खापुङ्गले प्रा.डा. शर्मालाई नियुक्ति गरेका ह
धरान / धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले निर्माण शुरु गरेको ‘माया धराने’ साबुन उद्योगलाई उच्च अदालतले निर्माण कार्य रोक्न अन्तिरिम आदेश जारी गरेको छ ।कार्यपालिकाको बैठकले साबुन उद्योग निर्माण गर्ने निर्णय गरेको दाबी गर्दै आएका साम्पाङले धरान २० को नमूना टोलमा निर्माण कार्यलाई सुचारु गरेका थिए । तर डिभिजन वन कार्यालयले धरान उपमहानगरपालिका र मेयर साम्पाङलाई विपक्षी बनाएर रिट दायर गरेको थियाो । सो रिट उपर उच्च अदालतले बुधवार निर्माण नगर्न अन्तिरिम आदेश दिएको हो ।उच्च अदालतका न्यायाधीश रामबहादुर थापा र किरणकुमारी गुप्ताको संयुक्त इजलासको आदेशामा साबुन उद्योग निर
धरान / आधुनिक शहरीकरणसंगै पछिल्लो समय पूर्वका धेरै स्थानमा जग्गा प्लटिङ्गका नाममा खेतीयोग्य जमिन मासिदै गएका छन् । अधुनिक शहरीकरणको नाममा बर्षौदेखि खेति गर्दै आएका जग्गा प्लटिङ्ग गर्दै महगोमा जग्गा खरिद विक्री हुन थालेपछि खेतियोग्य जमिन घडेरीमा परिणत हुन थालेका हुन् । साविकको पाँचकन्या गाविस तथा अहिले धरान उपमहानगरपालिका वडा नं. ४, ५ र ६ विगतमा धरानको कृषि पकेट क्षेत्रमा लिने गरिएको थियो । उब्जनी हुने धान तथा सागसब्जी उब्जनीको हिसाबले पाचकन्याले सुनसरीको चार भागमध्ये एक भाग ओगट्न गरेको थियो अर्थात ५३ हजार ५ सय खेतीयोग्य जमिनमध्ये पाचकन्यामा ६ हेक्टरमा खेती हुने गरेको जिल्ला कृषि कार्यालय सुनस
झापा / झापामा १० वर्षको अवधिमा हात्तीको आक्रमणबाट ५६ जनाको मृत्यु भएको जनाइएको छ । यही अवधिमा १६ वटा हात्ती समेत मरेको बताइएको छ। जिल्लाका विभिन्न सामुदायिक वनमा रहेका १३ वटा रैथाने र भारतबाट आउने जङ्गली हात्तीको आक्रमणबाट उनीहरूको मृत्यु भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ । जङ्गलमा निगुरो टिप्ने, घाँस, दाउरा गर्ने र कतिपयको रातको समयमा हात्तीले घरमै आक्रमणबाट गर्दा ज्यान गएको डिभिजन वन कार्यालयका प्रमुख जीवनप्रसाद पाठकले जानकारी दिए । उनका अनुसार मङ्गलबार मात्र बाख्रालाई घाँस काट्न जङ्गल गएका बाह्रदशी गाउँपालिका–१ का ३७ वर्षीय जगतबहादुर भुजेलको हात्ती आक्रमणमा परी मृत्यु भएको छ ।
मोरङ / विराटनगर–१४ को डिग्री कलेजको मैदानमा जारी विराट एक्स्पोमा प्रविधिको प्रयोगलाई विशेष ध्यान दिइएको छ । विशेष प्रविधिको बनाउने उद्देश्यले एक्स्पोलाई क्याँसलेस, पेपरलेस र भर्चुअल एक्स्पोका रुपमा चित्रण गरिएको छ । एक्स्पोमा ईसेवाका माध्ययमबाट पनि सामान खरिद गर्न पाउने व्यवस्था गरिएको छ । एक्पोमा टिकट पनि इसेवाबाटै काट्न पाइने व्यवस्था गरिएको इसेवाले जनाएको छ । एक्स्पोमा राखिएको इसेवाको स्टलमा खेलका माध्ययमबाट पनि इसेवाको प्रयोग गरी कसरी समान खरिद गर्ने, बिजुली, पानीको बिल तिर्नेलगायतका विषयमा जानकारी दिने व्यवस्था गरिएको इसेवाकी सन्ध्या मण्डलले जानकारी दिइन् । मण्डलका अनुसा
बिजयपुर / धरान मित्र मिलन कलबले ३ दिने खेलकुद आधारभूत पत्रकारिता तालिम बुधबारबाट धरानको पुर्वी स्टार होटलमा आयोजना गरेको छ । तालिमको उत्घाटन नेपाली कांग्रेससका प्रदेश नम्बर १ का महामन्त्री उमेश थापाले पानसमा बत्ती बालेर उत्घाटन गरेका थिए । पछिल्लो समय खेलकुदका गतिविधिहरु धेरै हुने गरेको प्रमुख अतिति समेत रहेका थापाले बताए । उनले भने–‘काठमाण्डौमा समाचार लेख्ने पत्रकारहरुल विटवाइज समाचार लेख्ने गर्छन, मोफसलमा त्यो सम्भव छैन, धेरैलाई खेलकुद समाचार लेख्न अभिरुचि भएपनि तालिमको अभावका कारण लेख्न सकेका छैनन्, हुन त यो आधारभूत तालिम हो, यसले पनि समाचार लेख्न भने केही सहयोग पु¥याउँछ
मोरङ / बैंकले लिएको चर्को ब्याजदरका विरुद्ध आन्दोलित हुँदै आएका उद्योगी तथा व्यापारीहरुले विहीबार (आज) बाट पुनः आन्दोलन गर्ने भएका छन् । मंसिर ४ गतेको निर्वाचनलाई मध्यनजर गरेर स्थागित गरिएको आन्दोलन बिहीबारबाट ज ारी राख्ने परिसंघ प्रदेश १ का अध्यक्ष घिमिरेले बताए । बुधबार बिराटनगरमा पत्रकार सम्मेलने गर्दै उद्योगी व्यवसायीहरुले ब्याजदर नघटाएसम्म आन्दोलनलाई जारी राख्ने बताएका छन् । अध्यक्ष घिमिरेले भने–‘ ‘चर्को ब्याजदर र प्रतिकूल बैकिङ नीति’ विरुद्ध आन्दोलन घोषणाग गरेका हौं सरकारले हाम्रो मागलाई वेवास्ता गरेकोले बिहीबारदेखि ब्याजदर नघटुन्जेल बन्द हड्तालमै उत्रिन्दछौंै ।