खाली जग्गामा महानगरले पार्किङ बनाउने

  • पुस ८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / आन्तरिक आयलाई बलियो बनाउन कर संकलन अभियानलाई तीव्रता दिएको विराटनगर महानगरपालिकाले बजार क्षेत्रका खाली जग्गाको पनि कर उठाउन दबाबमूलक अभियान सुरु गरेको छ ।
बजार क्षेत्रमा रहेका खाली जग्गाका धनीले वर्षौंदेखि कर नतिरेको पाइएको छ ।

कर नतिरेका खाली जग्गामा महानगरले पार्किङको व्यवस्थापन गर्ने भएको छ । त्यसका लागि महानगरकै स्रोत साधन प्रयोग गरेर सरसफाईसमेत सुरु गरिएको छ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने महानगरपालिकाको अभियानलाई सफल पार्न खाली जग्गामा पार्किङको व्यवस्थापन गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए । महानगरले अतिथिसदन दक्षिण–पूर्वमा रहेको खाली जग्गा सफाई सुरु गरेको छ । बजार क्षेत्रमा अन्य थुप्रै खाली जग्गा रहेका छन् । जसले वर्षाैंदेखि महानगरलाई करसमेत तिरेका छैनन् ।

‘बजार एरियामा रहेका करोडौं मूल्यका जग्गा वर्षाैंदेखि प्रयोगविहीन रहेका छन् । जसले महानगरलाई कर पनि तिरेका छैनन्,’ कोइरालाले भने, ‘त्यति मात्रै होइन खाली जग्गामा फोहोर थुपार्दा महानगरको सौन्दर्यतामा समेत ह्रास आएको छ ।’ पुष्पलालचोकदेखि रोडशेषचोकको मुख्य भागमै धेरै जमिन खाली रहेको कोइरालाले बताए । आसपासको घरमा उत्पादन हुने फोहोर डम्पिङ गर्ने गरिएको उनको भनाई छ ।

महानगरकै सफाईका कर्मचारी र डोजर प्रयोग गरेर खाली जग्गा सफाई गर्न सुरु गरिएको छ । महानगरले सफा गर्न थालेपछि जग्गाधनीहरु सम्पर्कमा आउन थालेको उनले बताए । ‘उहाँहरुको व्यक्तिगत सम्पत्ति हो भन्दैमा बीच बजारमा फोहोर थुपार्न त दिनु भएन नि,’ कोइरालाले भने, ‘सफा राखेर जग्गाधनीहरुले आफैं प्रयोग गर्नुहुन्छ भने हामीलाई केही भन्नु छैन ।

तर, बेवारिसे बनाएर फोहोर थुपार्ने थलो बनाउने र कर नतिर्ने हो भने महानगरले पार्किङका लागि प्रयोगमा ल्याउँछ ।’ बजार क्षेत्रमा रहेका खाली जग्गामा पार्किङको व्यवस्थापन मिलाएर बजार क्षेत्रलाई व्यवस्थित बनाउने महानगरको योजना छ ।

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

रामधुनीमा प्रेशर कुक ...

इटहरी/  सुनसरीको रामधुनी नगरपालिका–४ रा ...

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved