महालक्ष्मी इन्स्योरेन्सको नयाँ ‘स्किम

  • पुस ८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / विराटगरस्थित महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि नयाँ नयाँ ‘स्किम’ ल्याउने गरेको छ ।
केही समय अगाडि महालक्ष्मीले ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम ल्याएको थियो । यो कार्यक्रम सफलतापूर्वक सञ्चालन भएसँगै महालक्ष्मीले पुन नयाँ ‘स्किम’ पस्केको छ ।

महालक्ष्मीका कार्यकारी प्रमुख रामेश्वर श्रेष्ठका अनुसार अगाडिको स्मिक सफलतासँगै अहिले ‘महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ’ कार्यक्रमलाई शुरुवात गरिएको छ ।
कम्पनीका अध्यक्ष मनोरञ्जनरमण शर्माले चितौनको सौराहामा पौष ४ गते समुद्घाटन गरेसँगै यो कार्यक्रमको विधिवत रुपमा शुरुवात भएको घोषणा गरिएको थियो ।

उद्घाटनपश्चात बोल्दै अध्यक्ष शर्माले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महिला शशक्तिकरणको कार्यक्रम सञ्चालन गरेको बताए । उनले भने–‘यो कार्यक्रम समाजमा पिछडिएका तथा आर्थिक कमजोर भएका महिलालाई लक्षित गरेर ल्याएका हौं, यो कार्यक्रमले महिलाहरुको उत्थान हुन्छ भन्ने हामीले विश्वास लिएका छौं, महिलाहरुका लागि यो कार्यक्रम प्रभावकारी हुन्छ भन्ने हाम्रो विश्वास छ ।’
आर्थिक बर्ष २०७९÷८० लाई लक्षित गरी ल्याएको यो कार्यक्रम मुलुकका ३० जिल्लामा सञ्चालन गरिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले जानकारी दिए । उनका अनुसार यो कार्यक्रममार्फत ६० जना महिलालाई प्रत्यक्ष रुपमा र ३ हजार भन्दा बढीलाई अप्रत्यक्ष रुपमा रोजगारी दिने लक्ष्य रहेको अधिकतृ भट्टराईले बताए ।

उनका अनुसार सरकारी, गैरसरकारी निकायसँग समन्वय गरेर तालिम दिने, रोजगारीका लागि बीमा लगायत विभिन्न कार्यमा संलग्न गराउने र नियमित अभिप्रेयरत गरिने छ ।
महालक्ष्मीले युवा र विद्यार्थीमा जीवन बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आर्थिक बर्ष २०७८÷८९ मा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सञ्चालन गरेको थियो ।

त्यसबेला एक बर्षको अवधिमा ८ हजार भन्दा बढी युवाहरुलाई तालिम प्रदान गरिएको थियो । सो कार्यक्रम सफलतापूर्वक सञ्चालन भएपछि महालक्ष्मीले महिलालाई लक्षित गरी ‘नयाँ स्किम’ ल्याएको हो ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved