चितवन / चितवनको कालिका नगरपालिकाले नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्यहरुलाई १० लाखको दुर्घटना बीमा गर्ने भएको छ । नगरपालिका र महासंघबीच दुर्घटना बीमा सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । नगरप्रमुख विनोद रेग्मी र महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । नगरपालिकाले पत्रकार सामुहिक दुर्घटना बीमा कार्यविधि २०७९ निर्माण गरी कार्यपालिका बैठकबाट अनुमोदन गरेर महासंघसँग सम्झौता गरेको हो । आगामी दिनहरुमा बीमा कार्यक्रमलाई निरन्तरता दिने गरी कार्यविधि बनाएर व्यवस्थित गरिएको नगरप्रमुख रेग्मीले जानकारी दिए ।कार्यविधिमा बीमाका लागि नगरप्रमुख संयो
धरान / धरान–१३ स्थित चिरन्जीवी वचत तथा ऋण सहकारी संस्था लि.मा वार्षिक रुपमा डेढ अर्व भन्दा वढीको कारोवार गरेकोे छ ।संस्थाको सोमवार सम्पन्न ११ औं वार्षिक साधारणमा वितरण आर्थिक प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको हो । संस्थाका अध्यक्ष खेम बहादुर माझीद्धारा प्रस्तुत प्रतिवेदनमा १ अर्व ५५ करोड, २ लाख २३ हजार ७ सय ७९ रुपैयाको कारोवार भएको उल्लेख गरिएको छ ।संस्थाले २४ लाख ३८ हजार १ सय ५५ रुपैया मुनाफा गरेकोे संस्थाका अध्यक्ष माझीले जानकारी गराएका छन् ।साधारण सभाको उद्घाटन धरान १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले गरेका थिए । काफ्लेले सहकारी भनेको सजिलोमा लौरो दिने र अफ्ठारोमा पर्दा लौरो
मोरङ / विराटनगर – ३ कन्चनबारीमा रहेको आर्या न्यूरो अस्पतालमा टाउँको, नशा र हाडजोर्नी सम्बन्धी रोगको उपचारमा फड्को मार्दै अगाडी बढेको छ । एकपछि अर्को गर्दै टाउँको, नशा र हाडजोर्नीको उपचारमा आर्या न्यूरोले सफलता हात पारेको हो । भोजपुरकी ३० वर्षीय सृजना तामाङ्गको मेरुदण्ड भाचिएर च्यापिएको नशाको आर्यान्युरो हस्पिटलमा सफल उपचार भएको छ । काम गर्ने क्रममा घरबाट लडेर तामाङ्गको मेरुदण्ड भाचिएर नशा च्यापिएको थियो । नशा च्यापिएको कारणले उनका दुवै खुट्टा नचल्ने भएको थियो । उनी उपचारको लागि विराटनगरको हस्पिटल आइन् । विराटनगरको एक हस्पिटलमा पाँच दिन राखियो । ठिक नभएपछि आफन्तको साहारमा आर्या न्य
धरान / धरान मेयर फुटबल कपको उपाधि धरान मेघा हिमालयन कलेजले उचालेको छ । धरान रङ्गशालामा सोमबार सम्पन्न अन्तिम प्रतिस्पर्धामा माउन्ट हर्मन एकेडेमीलाई ३–० गोल अन्तरले पराजित गर्दै मेघा हिमालयनले कप हात पारेको हो । मेघा कलेजका तर्फबाट अङ्कित थापा, सुगम जिमी र शेखर कुँवरले एक–एक गोल गरेका थिए । प्रतियोगितामा बेस्ट स्कोररको उपाधि मेघाका अङ्कित थापाले प्राप्त गरे । उनले प्रतियोगिताभरिमा सात गोल गरेका थिए । यस्तै, मेघाकै सुगम जिमीले बेस्ट प्लेयरको उपाधि हात पारे भने फाइनल खेलका म्यान अफ द म्याच पनि मेघाकै पवन तामाङ भएका छन् । कार्यक्रमका प्रमुख अतिथि एवम् एन्फाका मानार्थ केन्द
सुनसरी / पछिल्लो समय ठूला सहरहरुमा सडक बालबालिका टाउको दुखाइको विषय बनेको छ । निरन्तर उद्धार कार्य गर्दा समेत यस्ता समस्या झन झन थपिदै गएको पाइएको छ । प्रदेश नं. १ का ठूला सहर मोरङको विराटनगर, झापाको दमक, विर्तामोड, सुनसरीको इटहरी, धरान लगायतका सहरहरुमा सडक बालबालिका समस्या हुँदै गएको हो । यस्ता बालबालिकालाई उद्वार गरेर अभिभावकको जिम्मा लगाउने, बाल संरक्षण केन्द्रहरुमा राख्ने काम गरे पनि समस्या उस्तै हुने गरेको छ । प्रहरीको सहयोगमा बाल बालिकाको संरक्षणमा काम गर्ने संस्थाहरुले जति प्रयास गरे पनि समस्या समाधान हुन सकेको छ । धरानमा समेत यो समस्या अत्याधिक रहेको छ । जतिपटक उद्धारको काम गरे पनि स
विजयपुर / भेडेटार प्रकृतिको गहना पर्यटक भित्र्याउने चाहाना’ नाराका साथ सुनसरी र धनकुटाको सङ्गम स्थल पूर्वको प्रमुख पर्यटकीय स्थल भेडेटारमा १० औं खाना महोत्व सम्पन्न भएको छ । महोत्सव आयोजना भएसँगै भारतीय पर्यटकहरु भेडेटारमा सोचेभन्दा बढी आएका छन् । कोरोना पछि ओरालो लागेको पर्यटक व्यवसायलाई चलायमान बनाउदै बढी भन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले यो महोत्सवको आयोजना गरिएको थियो । सोही अनुरुप भारतीय पर्यटकको आवागमनमा बृद्धि भएको आयोजकको भनाई छ । कोरोना संक्रमण अघि जुन हिसाबले पर्यटक आउथे त्यही अवस्थामा पर्यटक भित्र्याउने उद्देश्यले आयोजना गरिएको खाना महोत्सवमा भारतीय पर्यटकको आगमन बढेको
मोरङ / विराटनगर महानगरपालिका वडा नम्बर ११ को आयोजनामा आइतबारदेखि चार दिने नेतृत्व तथा क्षमता विकास तालिम सुरु भएको छ । तालिमको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले गरेका छन् । उद्घाटन पछि बोल्दै मेयर कोइरालाले तालिमबाट सहभागीको नेतृत्व विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले तालिमबाट ज्ञान र सीपलाई व्यवहारमा उतार्नसमेत आग्रह गरे । मेयर कोइरालाले नेतृत्व गर्ने क्षमताको विकास भए त्यसले हरेक क्षेत्रमा अगाडि बढ्न बल पुग्ने दाबी गरे । वडाको आफ्नै स्रोत साधनबाट तालिम सञ्चालन गरिएको वडाध्यक्ष तिर्थेन्द्र न्यौपानेले जानकारी दिए । उनले आफैंले तालिम आयोजना गर्दा थोरै स
बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाका गौरवका योजना रोकिएको, विकास निर्माणका काम गुणस्तहीन भएको र क्रमागत योजना अलपत्र परेको भन्दै नेकपा एमाले वराहक्षेत्र नगर कमिटीले नगर प्रमुखको ध्यानाकर्षण गराएको छ । नेकपा एमाले बराहक्षेत्र नगरकमिटीका सचिव राजेन्द्र कार्की र अध्यक्ष गजेन्द्रबहादुर थापाले हस्ताक्षर गरेको ध्यानाकर्षणपत्र अध्यक्ष थापाले नगर प्रमुख रमेश कार्कीलाई हस्तान्तरण गरे । स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेर आरामदायी ‘मधुमास’ बिताएको ६ महिना भइसक्दा पनि जनअपेक्षाअनुसार जनप्रतिनिधि भएको आमनगरवासीले महसुस नगरेको एमाले बराहक्षेत्रको आरोप छ । नगरको निर्वाचित नेतृत्वलाई सकारात्मक
धरान / राजस्थानको पालीमा आयोजना हुने भारत स्काउटको १८ औँ राष्ट्रिय ज्याम्बोरीमा सहभागी हुन नेपाल स्काउटको टोलीले आइतबार त्यसतर्पm प्रस्थान गरेको छ । यही जनवरी ४ देखि १० तारिखसम्म आयोजना हुने ज्याम्बोरीमा सहभागी हुन १५ सदस्यीय नेपाली टोलीले त्यसतर्पm प्रस्थान गरेको हो । १ नम्बर प्रदेश स्काउट सदस्य हेमन्त भण्डारी तथा धरान नगर तथा माउन्ट हर्मन स्काउट दलका अध्यक्ष अनुप योन्जन तामाङको नेतृत्वमा गएको टोलीमा माउन्ट हर्मन स्काउटका अभियान श्रेष्ठ, आयाम पाख्रिन र ओरियन उप्रेती पनि सम्मिलित छन् । यसबारे जानकारी दिन शनिबार आयोजित छोटो कार्यक्रममा प्रदेश स्काउट सदस्य भण्डारीले ज्याम्बोरीमा सहभागी द
धरान / धरान नगरस्तरीय अन्तर विद्यालय ‘स्कुल–स्कुल एकल लोक नृत्य प्रतियोगिता २०७९’ सिजन ६ सम्पन्न भएको छ । युनाइटेड डान्स एकेडेमी, धरान ९ द्वारा आयोजित प्रतियोगितामा सिनियर विधा (कक्षा ६–१०) तर्फ पर्वत स्कुल धरान १९ की महिमा लिम्बू प्रथम भइन् । उनले सिल्भर क्राउनसहित ५० हजार नगद नटराज ट्रफी र सर्टिफिकेट प्राप्त गरिन् । दोस्रो हुने धरान १३ स्थित सुनगाभा स्कुलकी अन्जली राईले २० हजार नगद ट्रफी र सर्टिफिकेट प्राप्त गरिन् । तेस्रो हुने आवर होम स्कुल, धरान १९ की ताङ्चुमा लिम्बूले १० हजार नगद, ट्रफी र सर्टिफिकेट प्राप्त गरिन् । त्यस्तै सान्त्वना पर्वत स्कुलकी युनिसा राईले नगद