समाचार

    Showing 3,671-3,680 of 8,509 items.
  • धरान उपमहानगरपालिकाले गर्‍यो बजेट संशोधन तथा रकमान्तर गोल्डकपका लागि तीन लाख थपियो

    धरान / धरानमा आइतबार सम्पन्न नगर सभामा आर्थिक वर्ष २०७९/ ८० को बजेट संशोधन पारित भएसँगै धरानको इतिहास बोकेको बुढासुब्बा गोल्डकप आयोजनाका लागि थप तीन लाख बजेट अनुदान थपिएको छ । आइतबार भएको उपमहानगरपालिकाको बाह्रौं नगरसभाले बुढासुब्बा गोल्डकप आयोजनाको लागि ३ लाख रुपैयाँ बजेट अनुदान थपिदिएको हो । बुढासुब्बाको लागि यो थप गरिएको बजेट सुवास राई स्मृति वडास्तरीय फुटबल लिग प्रतियोगिताको बजेट घटाएर थपिएको हो । बुढासुब्बालाई ३ लाख रुपैया थप भएसँगै कुल अनुदान रकम १२ लाख पुगेको छ । बुढासुब्बा गोल्ड फागुन २३ गतेबाट शुरु हुन लागेको बेला थप अनुदानले प्रतियोगिता गर्न सहज हुने आयोजक धरान फुटबल क्लबले जनाएको छ

    • प्रकाशित मितिः माघ १७, २०७९
    • 557 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोशी एक्स्पोको तयारी अन्तिम चरणमा

    मोरङ / कृषि, उद्योग, पर्यटन, शिक्षा र स्वास्थ्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले माघको दोस्रो साताबाट माघ १९ गतेबाट शुरु हुन लागेको सीउनआई कोशी एक्स्पोको तयारी पूरा भएको आयोजकले जनाएको छ । आयोजकले विराटनगरमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी माघ २८ गतेसम्म सञ्चालन हुन लागेको एक्सोको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । आयोजक उद्योग परिसंघका प्रदेश १ का अध्यक्ष भी घिमिरेका अनुसार एक्सोमा उद्योग, कृषि, पर्यटन, स्वास्थ्य, विभिन्न प्रकारका मेशिनरी औजार, अटो लगायतका ४ सय स्टल रहने जनाएको छन् । एक्स्पोमा वीरगञ्ज, भैरहवा, नेपालगञ्ज र नवलपरासी लगायतका औद्योगिक क्षेत्रका ठूला उद्योग र उत्पादन ब्

    • प्रकाशित मितिः माघ १७, २०७९
    • 1,619 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शहीद दिवसमा रक्तदान

    धरान /  सहिद दिवसका अवसर पारी सोमबार रोटरी क्लब अफ धरान रोट्र्याक्ट क्लब अफ धरान र धरान सिटी कलेजको संयुक्त आयोजनामा धरानमा रक्तदान कार्यक्रम आयोजना भएको छ । भानुचोकमा आयोजित रक्तदानमा ८० पिन्ट रगत सङ्कलन भएको संयोजक सल्मा जोशीले बताउनुभयो । समाजसेवी सरला कायस्थको प्रमुख आतिथ्य र रोटरी क्लब अफ धरानका अध्यक्ष राजेन्द्र गुरुङको सभापतित्वमा भएको थियो  

    • प्रकाशित मितिः माघ १७, २०७९
    • 799 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पार्किङ निषेधका विरुद्धमा सर्वसाधारण सडकमा उत्रिए ‘हामी समस्यामा पर्‍यौँ’

    मोरङ / कुनै योजना नल्याई मुख्य सडकको पार्किङ हटाइएको विरुद्धमा विराटनगरका साना तथा खुद्रा व्यापारीहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले सोमबार स्वतफूर्त रुपमा आफ्नो पसलको सर्टरनै बन्द गरेर सडकमा उत्रिएका हुन् । खुद्रा व्यापार संघ मोरङका अध्यक्ष सञ्जय मण्डलले विना विकल्प पार्किङ हटाएको बताए । उनले पार्किङलाई व्यवस्थित गर्दा महानगरले विकल्पको खोजी समेत गर्नुपर्ने बताए । उनले भने–‘हामीले पार्किङ हटाएकोमा विरोध गरेका हैनौं, अल्पकालीन ढङ्गले बनाइएका पार्किङमा पनि अनावश्यक शुल्क लिने गरिएको छ, व्यवस्थित भएको छैन, विस्तारै गर्नुपर्नेमा सबैतिर एकै पटक सडकका पार्किङ हटाउने निर्णय महानगरले

    • प्रकाशित मितिः माघ १७, २०७९
    • 583 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एकजना बिरामी बराबर एकजना कुरुवा प्रतिष्ठानलाई फाइदा, कुरुवालाई समस्या

    धरान /धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आकस्मिक कक्षमा अत्यधिक चाप बढेकोले बिरामीको उपचारका असहजता भएको भन्दै एक जना बिरामीका लागि एक जना मात्र कुरुवा रहन पाउने व्यवस्था गरेको छ । प्रतिष्ठानले सूचना जारी गरेर एक जना बिरामी बराबर एक जना कुरुवाको नियम लागू गरेको हो । सूचनामा प्रतिष्ठानमा दैनिक २ सय भन्दा बढी बिरामी उपचारमा आउने आकस्मिक कक्षमा कुरुवाहरुको चापले अस्पताल आकस्मिक कक्ष अस्तव्यस्त हुँदा उपचारमा कठिनाई भएको भन्दै उपचारमा सहजता ल्याउन माघ १५ गतेदेखि लागू गरेको सूचनामा जनाएको छ । अस्पताल निर्देशक डा. जगत नारायणद्वारा हस्ताक्षरित सूचनामा प्रतिष्ठानको इमरजेन्सीमा विरा

    • प्रकाशित मितिः माघ १७, २०७९
    • 770 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आफ्नो टोलको विकासका लागि स्थानीय सक्रिय

    धनकुटा / आफ्नो टोल आफै बनाउ भन्ने अभिप्रायले धनकुटा नगरपालिका १, हिलेमा स्थानीयहरु टोलको विकासका लागि एक जुट भएका छन् । उनीहरुले आफ्नो टोलको शिक्षा, स्वास्थ्य, साँस्कृतिक लगायतका कुरामा विकास गर्न एक जुट हुँदै ‘हाट खोला समावेशी टोल बस्ती संगठन’ निर्माण गरेका छन् । उनीहरुले आफ्नो बस्तीमा रहेका सर्वसाधारणलाई रोजगारको व्यवस्था गर्दै शिक्षा, स्वास्थ्य लगायतका कुरालाई प्राथमिकतामा लिएर अगाडि बढ्ने उद्देश्यले संगठन निर्माण गरिएको बताएका छन् । सो संगठनमा ५१ घर परिवार समेटिएको छ । हाललाई उनीहरुले संगठनको तदर्थ समिति गठन गरेका छन् । उनीहरुले विधिवत रुपमा जिल्ला प्रशासन कार्यालय धनकुटामा दर

    • प्रकाशित मितिः माघ १६, २०७९
    • 753 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटा महोत्सव ‘आयोजकको लापर्बाहीले दुर्घटना’

    धरान / धनकुटामा माघ पहिलो सातादेखि सुरु भएको प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवम् धनकुटा महोत्सवको नवौँ दिनमा कन्सर्ट हेर्न जाने क्रममा ठूलो दुर्घटना भएको छ ।कन्सर्ट हेर्न गएकाहरुबीच ठेलमठेल हुदा  एकले अर्कोलाई थिच्ने क्रममा ४० जना भन्दा बढी घाइते भएका थिए । घाइतेमध्ये सामान्य घाइते भएकाहरुलाई जिल्ला अस्पताल धनकुटामा उपचार गरेर डिस्चार्ज भएर घर फर्किएका छन् भने गम्भीर प्रकृतिका १९ जना घाइतेलाई भने धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएको छ । घाइतेमध्ये ८ जना बालबालिका रहेका छन् । ६ जना बालबालिकाको बीपीमै उपचार भइरहेको छ भने दुईजनाको अवस्था

    • प्रकाशित मितिः माघ १६, २०७९
    • 702 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सेन्टरको स्थापना दिवसमा स्टेशनरी सामग्री वितरण

    धरान / नेकपा माओवादी केन्द्र सम्बद्ध प्रेस सेन्टर नेपालकोे १९ औँ स्थापना दिवसका अवसरमा धरान – १६ मा रहेको पञ्चायत आधारभूत विद्यालय (भकारी स्कुल) मा अध्ययनरत ५० विद्यार्थीहरुलाई स्टेशनरी वितरण गरिएको छ । आइतबार प्रेस सेन्टर नेपाल सुनसरीले स्थापना दिवसको अवसर पारेर विद्यालयमा अध्ययनरत ५० विद्यार्थीहरुलाई कपी,कलम र खाजा समेत वितरण गरिएको थियो । गत बर्ष स्थापना दिवसकै अवस पारेर प्रेस सेन्टर सुनसरीले पकलीमा रहेको वृद्धाश्रममा पुगेर त्यहाँका ज्येष्ठ नागरिकहरुलाई खिर खुवाएको थियो । धरान उपमहानगरपालिका जस्तो सुविधासम्पन्न उपमहानगरपालिकाभित्र रहेको यो आधारभूत विद्यालय भौतिक पूर्वाधार भएपनि यो

    • प्रकाशित मितिः माघ १६, २०७९
    • 660 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रेस युनियन प्रदेश एकको अध्यक्षमा नवोदित

    विराटनगर / नेपाल प्रेस युनियन प्रदेश–१ को अध्यक्षमा पत्रकार मीनकुमार नवोदित निर्वाचित भएका छन् । विराटनगरमा सम्पन्न प्रथम अधिवेशनले कारोबार दैनिकका प्रदेश–१ संयोजक र मकालु टेलिभिजनका सहसम्पादकसमेत रहेका नवोदितलाई प्रदेशको संस्थापक अध्यक्षका रुपमा सर्वसम्मत निर्वाचित गरेको हो । नेपाल प्रेस युनियन मोरङका पूर्वअध्यक्षसमेत रहेका नवोदित दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता र साहित्यमा सक्रिय छन् । नवोदितको अध्यक्षतामा सर्वसम्मत निर्वाचित २८ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा ज्ञानेन्द्र निरौला (झापा), महिला उपाध्यक्षतर्फ जयन्तीकला तामाङ (उदयपुर) , समावेशी उपाध्यक्षमा शारदा तामाङ (भोजपु

    • प्रकाशित मितिः माघ १६, २०७९
    • 651 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पत्रकार घिमिरेलाई नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार

    मोरङ / वरिष्ठ पत्रकार युवराज घिमिरे ‘नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार–२०७९’ बाट सम्मानित भएका छन् । कोइरालाको १५ औं स्मृति दिवसको अवसरमा विराटनगरमा आयोजित एक कार्यक्रममा नोना कोइराला प्रतिष्ठानका संरक्षकसमेत रहेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले घिमिरेलाई पुरस्कार वितरण गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले नोना आमाकै कारण आफू राजनीतिमा लागेको बताए । पुरस्कार ग्रहणपछि पत्रकार घिमिरेले नेतृ नोना कोइरालाको नाममा स्थापना भएको पुरस्कारबाट सम्मानित हुँदा आफू साँच्चै सम्मानित भएको महसुस गरेको बताए । कार्यक्रममा नोना कोइराला प्रतिष्ठानका संरक्षक एव

    • प्रकाशित मितिः माघ १६, २०७९
    • 614 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved