सुर्तिजन्य वस्तु विक्री वितरणमा रोक लगाउन बजार अनुगमन

  • फागुन १, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान उपमहानगरपालिकाले सार्वजनिक स्थानमा सूर्तीजन्य वस्तु बिक्रि वितरण र प्रयोगमा रोक लगाएसँगै अनुगमन गरेर वरामद गर्ने र नराख्न सम्झाउने कामलाई तिब्रता दिएको छ ।

मोरङको विराटनगर उपमहानगरपालिका, काठमाण्डौ महानगरपालिका लगायतका स्थानमा नगर स्तरीय निर्णयबाट रोक लगाएसंगै धरानमा पनि नियन्त्रणका प्रयास थालेको हो ।

गत २९ पौषमा बसेको नगर कार्यपालिकाको बैठकले सार्वजनिक स्थलमा सूर्तीजन्य वस्तु विक्री तथा प्रयोगमा रोक लगाउने निर्णय गरेको थियो ।

सोही अनुरुप नगर प्रमुख हर्क सम्पाङले १५ दिने सार्वजनिक सूचना निकालेर सबैलाई जानकारी समेत गराएका थिए ।

आइतबारदेखि बजारमा भएका किराना पसल, पान पसलहरुमा अनुगमन गरेर त्यहाँ रहेका सूर्तिजन्य पदार्थ जफतसँगै अब देखि यस्ता वस्तु नराख्न सम्झाइएको थियो ।

सार्वजनिक स्थानमा चुरोट,

बिँडी, तमाखु, सुल्फा, प्लास्टिकमा प्याक गरिएका कच्चा सूर्ती, खैनी, गुटखा, पान पराग वा यस्तै सूर्तीजन्य वस्तु भण्डार, विक्री र प्रयोग गरे नगर प्रहरीले जफत गर्नुका साथै कानुन बमोजिम कारबाही सूचनामै जारी गरे पनि अटेर गरेपछि धरानको व्यस्त बजारमा रहेका पान पसल, किराना पसलहरुमा अनुगमन गरिएको थियो ।

सूर्तिजन्य पदार्थको रोकमा भने व्यापारीहरुले भने असुष्टि जनाएका थिए ।

उनीहरुले नेपालका अन्य स्थानीय तहले समेत रोक लगाउन असफल भएको बेला धरान उपमहानगरपालिकाले थालेको यो कार्यले व्यापार व्यवसाय नै छोड्नुपर्ने अवस्थासम्म आउन सक्ने व्यापारीहरुले गुनासो पोखेका थिए ।

सूर्तिजन्य पदार्थ विक्री वितरणमा रोक लगाएका अन्य स्थानीय तहमा समेत अहिले पनि पूर्ण रुपमा नियन्त्रण गर्न नसकिएको अवस्थामा धरानमा गरिएको प्रयास कतिको सार्थकता पाउने भन्ने कुरामा आशंका उब्जिएको छ ।

सूर्तिजन्य वस्तुको उत्पादन गर्ने फ्याक्ट्री निर्वाध रुपमा सञ्चालन दिने, निर्यातमा समेत कडाई नगर्ने तर पसलहरुमा विक्री वितरणमा रोक लगाएर यसको नियन्त्रण हुन्छ भन्ने कुरामा विश्वस्त हुने ठाउँ नभएको धरानका सर्वसाधारण बताउँछन् ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved