गोर्खा भु.पु.सैनिक सुवास राई बेलायतमा सम्मानित हुने

  • माघ २९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ वेलायतकै तेस्रो ठुलो नागरिक सम्मान मेम्वर अफ मोस्ट एक्सिलेन्स अर्डर अफ द व्रिटिस एम्पायर (एमविइ) पदवीवाट धरान १५ चेमजोङ पथ निवासी पुर्व व्रिटिस गोर्खा सैनिक सुवास राई सम्मानित हुने भएका छन् ।

उनलाई वेलायतको वकिमहम प्यालेसमा वेलायतका राजा चाल्र्स तृतियको हातवाट मेडल प्रदान गरेर सम्मान गर्न लागेको हो । यो वेलायतले विशिष्ट व्यक्तित्वहरुलाई मात्र दिइने सम्मानित पदवी हो ।

वेलायत आर्मि हुँदा र अवकास पछि पनि वेलायत सरकारको सहयोग र सामाजिक कार्यमा सकृय हुदै विशेष योगदान दिए वापत राईलाई सम्मान गर्न लागिएको छ । इङ्गल्याण्ड फुटवलर डेभिड व्याक्ह्याम, महिला गोलकिपर मेरि इयर्पस लगायत यो पदवीले सम्मानित भइसकेका छन ।

४८ वर्षिय सुवास राई रिटायर्ड विट्रिस आर्मी हुन । धरानवाट सन १९९६ मा २१ वर्षको उमेरमा व्रिटिस सेनामा भर्ति भएका उनी १८ वर्ष सम्म वेलायत सरकारको सेवा गरि २०१४ मा रिटार्यड भएका थिए । राई अहिले पनि समस्यामा परेका पुर्व व्रिटिस गोर्खा सैनिकहरुलाई सहयोग गर्दै आइरहेका छन ।

जागिर वाट रिटायर्ड भएपछि राई समाजिक कार्य संगै राजनितिमा पनि सक्रिय छन । हाल उनि नेपाली कांग्रेसका महासमिति सदस्य समेत हुन ।

उनकै पहलमा वेलायतका विशेष व्रिटिस गोर्खा विग्रेड व्याण्डले गत साल धरान १० के रनमा व्याण्ड प्रर्दशन गरेका थिए ।

सोहि समयमा व्याण्डले धरान रंगशालामा पुर्व व्रिटिस गोर्खा सैनिकलाई समेत प्रर्दशन गरिएको थियो । यो पटक पनि धरान १० के रनमा र डिपो स्कुलमा पुर्व व्रिटिस गोर्खा सैनिकहरुलाई व्रिटिस गोर्खा विग्रेड व्याण्डले प्रदर्शन गर्नेछ ।

व्रिटिस गोर्खा विग्रेड व्याण्डले वेलायतको विशेष समारोहमा मात्र व्याण्ड प्रर्दशन गर्ने गर्दछ ।

आधारभूत पत्रकारिता क ...

धरान/ यहाँस्थित सैनिक आवासीय महाविद्यालयमा बुधबार एकदिन ...

पत्रकारको हितमा १ कर ...

विराटनगर/  नेपाल प्रेस युनियन कोशी प्रदेश समि ...

जग्गा मन्दिरकै हो,ज ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर ६ स्थित पानबार ...

पूर्वस्वास्थ्यमन्त्र ...

मोरंग/ जनता समाजवा पार्टीबाट निर्वाचितभएकी कोशीप्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved