समाचार

    Showing 3,471-3,480 of 8,471 items.
  • आर्थिक अभावले उपचारमा कठिनाई

    धरान /  तेह्रथुम स्थायी घर भई हाल धरान ४ खैरेनी टारमा बस्दै आएकी ४९ बर्षीय विष्णुमाया लिम्बुको खर्च अभावका कारण उपचारमा कठिनाई भएको छ । निर्माण मजदुर गर्दै घर वहालमा बस्दै्र आएकी लिम्बुलाई उनका पति टंकबहादुर लिम्बूले सहयोग निर्माणको काम गरेर खर्च जुटाउने प्रयास गरे पनि विहान बेलुका छाक टार्न नै धौ धौ भएपछि उनको उपचारमा समस्या भएको हो । लिम्बुलाई पक्षघात भएको छ । अहिले यनी हिडडुल सम्म गर्न सक्ने अवस्था नभएको उनका पति टंकबहादुले बताए ।तीन बर्ष अगाडिदेखि पक्षघात भएकी लिम्बुको अहिले पति र छोरीले स्याहार सुसार गर्दे आएका छन् । पक्षघातसँगै उनको आँखामा समेत समस्या देखिएको छ । आँखामा जलविख

    • प्रकाशित मितिः फागुन १७, २०७९
    • 635 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्थानीय सरकार लक्षित वर्गको सेवामा समर्पित दलित समुदायलाई निःशुल्क विमा

    धनकुटा /  स्थानीय सरकारले पछिल्लो समय सर्वसाधारणको लागि सरकारको प्रत्याभूति दिन थालेका छन् । स्थानीय स्तरमै आफ्ना नागरिकको सुविधाका लागि विभिन्न प्याकेजहरु ल्याउन थालेका छन् । पछिल्लो समय धनकुटाको साँगुरीगढी गाउँपालिकाले आफ्ना पालिकामा रहेका दलितहरुका लागि निःशुल्क स्वास्थ्य सेवा दिने भएको छ । गाउँपालिकाले दलित लक्षित कार्यक्रम अन्तर्गत यो कार्यक्रम ल्याएको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए । उनले भने–‘हामीले हाम्रो पालिकामा रहेका दलित समुदायलाई लक्षित गरी निःशुल्क स्वास्थ्य विमा गरिदिएका छौँ, यसले उनीहरुलाई थोरै भएपनि राहत मिल्ने कुरा

    • प्रकाशित मितिः फागुन १७, २०७९
    • 557 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जीवन विकास सामाजिक कार्यमा तल्लीन

    मोरङ /‘जसको कोही छैन, उसको जीवन विकास’ भन्ने नाराका साथ सञ्चालन गरिएको जीवन विकास लघु वित्त संस्थाले आफ्नो चौथो बार्षिको उत्सव विभिन्न सामाजिक कार्यमा लगाएर मनाएको छ  मंगलबार परेको चौथो बार्षिक उत्सवको अवसरमा संस्थाले समाजमा रहेका गरिब, अति विपन्न, असहाय तथा एकल र जेष्ठ नागरिकहरूलाई सहयोग गरेको छ । वार्षिकोत्सवकै अवसर पारेर गरिब जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति शैक्षिक सामग्री, शैक्षिक परामर्श समेत प्रदान गरेको संस्थाले जनाएको छ । संस्थाले बार्षिकोत्सवकै अवसर पारेर विभिन्न जनचेतनामूलक कार्यक्रमसँगै गाउँ टोलमा सरसफाइ र स्वास्थ्य सामग्री वितरण समेत गरेर मनाएको हो ।वित्ती

    • प्रकाशित मितिः फागुन १७, २०७९
    • 593 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महिला दिवसमा न्यूरोद्वारा विशेष कार्यक्रम

    मोरङ / ७५ प्रतिशत कर्मचारी महिला भएको विराटनगरस्थित न्यूरो अस्पतालले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा अस्पतालबाट हुने सेवामा छुटको व्यवस्था गरेको छ ।अस्पतालले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा फागुन १७ देखि चैत १७ गतेसम्म स्वास्थ्य उपचार सेवामा छुट गर्ने जनाएको हो अस्तापलले विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गर्दै मार्च अन्तर्राष्ट्रिय महिला दिवस मार्च ८ लाई लक्षित गरी अस्पतालले दिने सेवा सुविधामा छुटसँगै विभिन्न प्रकारका सचेतनात्मक कार्यक्रम गर्ने भभएको हो अस्पतालका शिल्यक्रिया विभागका डाइरेक्टर डा. राजेश भट्टराईका अनुसार्र अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर छुट योजनासहित सचे

    • प्रकाशित मितिः फागुन १७, २०७९
    • 493 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • २३ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

    विजयपुर / सन् २०२० मा ढाका लिगबाट ‘बंगलादेश च्याम्पियनसिप लिग’ मा छनोट भएको काउरन बजार प्रगति संघ (केबिपिएस) बंगलादेश, एन्फा मोरङसँग ३– १ गोलअन्तरले पराजित भएको छ । धरानमा जारी बुढासुब्बा गोल्डकपको अन्तिम क्वाटर फाइनल खेल गोलरहित बराबरीमा टुंगिएपछि भएको टाइब्रेकर पेनाल्टी सुटआउटमा केबिपिएस पराजित भएको हो । लगातार नेपालका दुई अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपमा अन्तिम क्वाटर फाइनल खेलमा हार बेहोर्दै केबिपिएस घर फर्किएको छ । गत शनिबार प्रथम भद्रपुर झापा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा समेत अन्तिम क्वाटर फाइनल खेलमा विभागीय टोली एपिएफसँग सडेन डेथमा पराज

    • प्रकाशित मितिः फागुन १७, २०७९
    • 553 पटक पढिएको
    • " स्नेहा श्रेष्ठ"
  • समय घर्के पछि हिँउ पय्रो

    धरान /हिउ पर्ने सिजन वित्न लाग्दा तेह्रथुम, संखुवासभा र ताप्लेजुङ जिल्लाको संगम स्थल तीनजुरेमा हिउ परेको छ । आइतबार साँझ यस क्षेत्रमा हिउँ परेसँगै सोमबार विहानैदेखि आन्तरिक पर्यटकहरु आएर हिउँ खेल्नेको संख्या ह्वात्तै बढेको छ । खासगरि गुराँस फुल्ने र हिउँ पर्ने सिजनमा पर्यटकको मुख्य रोजाईमा पर्र्दै आएको तीनजुरे, मिल्के र जलजले (टिएमजे) क्षेत्रमा यस बर्ष भने फागुनको दोस्रा्े सातामात्रै हिउँ पर्दा पनि पर्यटकहरु हिउँसँगै रमणीय दृश्यमा रमाएका छन् । विराटनगरकाबाट तीनजुरे क्षेत्रमा पुगेका कुमार वास्तोलाले पहिला नै आउने रहर हुँदा हुँदै पनि हिउँ नपरेकोले आउन नसकेको बताए । उनले भने–‘पहिला

    • प्रकाशित मितिः फागुन १६, २०७९
    • 633 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सेटिङमै छिर्छ इलाम कारागारमा मदिरा कैदी मदिरा र तासमा मस्त

    इलाम /  नेपालकै पहिलो नमुना कारागारको रुपमा भौतिक संरचना निर्माण गरिएको इलाम कारागारलाई सुधार गृहको रुपमा हेर्ने गरिन्थ्यो । कारागारहरूमा क्षमता भन्दा बढी कैदी राख्ने देखि खानेपानी, शौचालय, स्वास्थ्य लगायतका आधारभूत आवश्यकतामा देशभरका जेलहरूको अवस्था नाजुक रहेको गुनासो आइरहँदा इलाम कारागारका कैदीहरू भने इलाम कारागारलाई सुधार गृहको रुपमा रहेको बताउने गर्दथे । थप अपराधमा संलग्न नहुन र गरेको अपराधबाट सुधार्नका लागि कुनै पनि मुद्दामा दोषी ठहर भएका अथवा विचाराधीन मुद्दामा पुर्पक्षमा थुनामा कैदीबिन्दीलाई कारागारमा राखिन्छ । कारागार भित्र कानुनले वर्जित गरेका कुनै पनि गतिविधि, मदिरा सेवन,

    • प्रकाशित मितिः फागुन १६, २०७९
    • 683 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • उत्कृष्ट विद्यार्थी नगदसहित पुरस्कृत

    मोरङ / विराटनगर–९ मा रहेको शिक्षादीप कलेजले उत्कृष्ट हुने विद्यार्थीलाई नगदसहित पुरस्कृत गरेको छ । सोमबार कलेजमा एक कार्यक्रमको आयोजना गरी कलेजले लिएको दोस्रो त्रैमासिक परिक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई कजेलले नगद सहित पुरस्कृत गरेको हो । पुरस्कृत हुनेमा कक्षा ११ र कक्षा १२ मा विज्ञान संकायमा अध्ययनरत ४० भन्दा बढी विद्यार्थी रहेको कलेजका निर्देशक भुपेन्द्र दाहालले जानकारी दिए । पुरस्कृत हुने विद्यार्थीलाई कलेजका प्रिन्सिपल ज्ञानबहादुर खडकाले गरेका थिए ।

    • प्रकाशित मितिः फागुन १६, २०७९
    • 468 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सत्यनारायण र पोखरिया विजयी

    मोरङ / नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर–६ केशलिया पुल नजिक रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट मैदानमा सोमबार भएको अन्तर स्कुल हव लिग क्रिकेट प्रतियोगितामा सत्यनारायण स्कुल र पोखरिया स्कुल विजयी भएका छन् । पहिलो खेलमा सत्यनारायण स्कुलले विनायक स्कुललाई १ सय ६२ रनको विशाल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । सत्यनारायणले समुह ए को तीनै खेल जित्दै सेमिफाइनलमा प्रवेश गरेको हो । विनायकले तीनमा २ मा हार र एक मा जित हात पारे पछि प्रतियोगिताबाट बाहिरिएको छ ।  टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित २५ ओभरमा ९ विकेट गुमाई २ सय १६ रनको विहाल स्कोर खडा गर

    • प्रकाशित मितिः फागुन १६, २०७९
    • 468 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संगठित हुदै प्रदेशका विश्वविद्यालय र शैक्षिक प्रतिष्ठान

    मोरङ /  प्रदेश स्तरमा स्थापना भएका विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरु संगठित हुन थालेका छन् । उनीहरुले पहिलो संयुक्त भेला आयोजना गरी अनुदान आयोगमा आफूहरुलाई समावेश गर्न माग गरेका छन् । स्थापना भएपनि उद्देश्य र कार्यक्रम अनुसार पर्याप्ट बजेट उपलब्त्र हुन नसकेको र अनुदान आयोगको नीतिमा उपेक्षित हुनु परिरहेको भन्दै प्रदेश स्तरका विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरुको १४ फागुनमा बाग्मती प्रदेशको राजधानी हेटौडामा सम्पन्न संयुक्त्त भेला अयोाजना गरि विश्वविद्यालय अनुदान आयोगमा आफूहरुलाई समावेश गर्न माग गरेका हुन् । प्रदेश १ मा मोरङको बुढीगंगा गाउँपालिका हात्तीमुढा स्थित मनमोहन प्राबिधि

    • प्रकाशित मितिः फागुन १६, २०७९
    • 441 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved