विजयपुर / महिलाहरु पछिल्लो समय व्यावसायिक बन्दै गएका छन् । महिलाकै अगुवाईमा सञ्चालन भएका यस्ता व्यवसायले आफूमात्र हैन धेरैलाई रोजगारी समेत दिन सकेका छन् । पुरुषमात्र हैन महिला समेत विदेशी भूमिका काम गर्न जाने लहर चलिरहेको समयमा केही महिलाहरुले स्वदेशमै स्वरोजगार बन्दै अरुलाई समेत स्वरोजगार बनाउने काम गरेका छन् । यसको प्रत्यक्ष उदाहरण बनेकी छन् धरानकी गीता शेर्पा राई । उनले धरान २ मा कस्मेटिक पसल सञ्चालन गरेर जीविकोपार्जनमात्र हैन अरुलाई समे रोजगारी दिइरहेकी छन् । राईले २०६३ सालमा ६० हजार लगानी गरेर व्यवसाय गरेकी थिइन् । नेपालमा नै व्यवसाय गरेर एक उदाहरणीय महिला व्यवसाय बनेकी गिता शेर्पा राई
धरान / महिलाहरुको वृत्ति विकास गर्ने उद्देश्यले स्थापना भएको बरगाछी महिला समूह पछिल्लो समय सामाजिक कार्यमा अग्रसर बन्दै गएको छ ।एक वर्ष अगाडि गठन भएको यो संस्थामा अहिले ३५ जना महिला आवद्ध रहेका छन् । महिलाहरु सधै चुला चौकामा मात्र सीमित नभई सामाजिक कार्यमा पनि अग्रसर रहुन भन्ने उद्देश्यले एक बर्ष अगाडि गठन गरिएको अध्यक्ष चन्द्रकला प्रधानले बताइन् । उनले भनिन्–‘महिलाहरु क्षमता हुँदा हुँदै पनि चुलाचौकमा सीमित भए, आफूभित्र भएको क्षमता प्रदर्शन गर्ने, सामाजिक कार्यमा सक्रिय गराउने उद्देश्यले यो संस्थाको गठन गरिएको हो, गठन भए यता धेरै कामहरु गरेको छ ।’ संस्था गठन भए लगत्तै
मोरङ / कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारबाहीको तयारी गरेको छ । मन्त्रालयले समयमा काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीको ठेक्काको समयावधि थप नगर्ने जनाएको छ पटक–पटक म्याद थप गरेर काम गर्ने अवसर दिँदा पनि विभिन्न बाहना गरेर तीन आर्थिक वर्षमा ३० प्रतिशतसम्म पनि काम नगर्ने ठेकेदारलाई तत्काल कामको प्रगति बढाउन चेतावनी दिएको हो । काम ढिला गर्ने २५ भन्दा बढी निर्माण कम्पनीका प्रतिनिधिलाई मन्त्रालयमा बोलाएर मन्त्री दुर्गा प्रसाद चापागाईंले पूँजीगत खर्च बढाउन र रोकिएका काम सम्पन्न गर्न भइरहेको कठिनाईको विषयमा जानकारी लिएका हुन् । सो क्रम
धरान / नेकपा एमालेको वैचारिक तथा साङ्गठनिक सुदृढीकरण अभियान (मिसन ग्रासरुट) अन्तर्गत धरानमा अभियान सुरु भएको छ । एमाले केन्द्रीय सचिवालयको गत माघ २६ को बैठकले फागुन चैतमा दुई महिने ग्रासरुट अभियान सञ्चालन गर्ने निर्णय गरेअनुसार धरानमा समेत २० वटै वडा र जनवर्गीय सङ्गठनका प्रदेश अभियन्ता, जिल्ला अभियन्ता र नगर अभियन्ताको कार्य विभाजन गरेको छ । गत फागुन १० गतेदेखि सुरु भएको अभियानका बारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा नेकपा एमाले धरानले सङ्गठन निर्माण, जनताको समस्या समाधानमा र राष्ट्रियताका विषयमा निरन्तर सक्रिय रहने बताएको छ । प्रेस विज्ञप्ति जारी गर्दै एमाले धरानका अध्यक्ष हर्क
धरान / विभागीय टिम नेपाल पुलिस क्लब काठमाण्डाै सातौँ संस्करणको राष्ट्रिय होराइजन रनिङकप बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । धरान १७ स्थित हराइजन बास्केटबल कोर्टमा सोमबार सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा होलिल्याण्ड इन्टरनेशनल कलेज धरानमाथी ४६ का बिरुद्ध ९९ स्कोरको सहज जित दर्ता गर्दै पुलिसले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । पुलिसलाई विजयी गराउन ब्यक्तिगत १८ स्कोर गरेका सायुन राई प्लेयर अफ द म्याच घोषित हुदै नगद १ हजार ५ सय पाए । पुलिसले अब सेमिफाइनलमा आगामी बिहिबार आयोजक हराइजन क्लबसंग प्रतिष्पर्धा गर्नेछ । आयोजकले आइतबार भएको उद्धघाटन खेलमा ज्याकवट क्लब झापालाई ४४ का
विजयपुर/धरान १५मा रहेको युनाइटेड गोर्खा एकेडेमीले १० ओैं वार्षिक उत्सव मनाएको छ । आइतबार एकेडेमीले विविध कार्यक्रमको आयोजना गरी अफ्नो १० ओै वार्षिक उत्सव र अभिभावक दिवस मनाएको हो । वार्षिकोत्सवको अवसरमा विद्यालयका विद्यार्थीहरुले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । विद्यार्थीहरुले नृत्य र नाटकको प्रस्तुतिसँगै समसामयिक विषयको नाटक प्रस्तुत गरेका थिए । प्रस्तुत गरिएको नाटकमा सृष्टि राई, एसलिना श्रेष्ठ, त्योहाङ्ग राई, जसमिना राई , डोलमा शेर्पा र नहम राईले अभिनय गरेका थिए । सो अवसरमा बोल्दै स्कुलका प्रिन्सिपल पेम्बा शेर्माले गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा समाव
धरान / सेछ पर्यटन पत्रकारिता पुरस्कार २०७९ बाट इटहरीका सञ्चारकर्मी हिमाल दाहाल पुरस्कृत भएका छन् । दाहाललाई पर्यटन प्रवर्धनमा कलम चलाए वापत सेछले प्रदान गर्ने गरेको पुरस्कारबाट यस वर्ष इटहरीका सञ्चारकर्मी दाहाल पुरस्कृत भएका हुन् । उनलाई नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यानमन्त्री सुदन किरातीले नगद १० हजारसहित दोसल्लासहित प्रमाणपत्रले पुरस्कृत गरेका हुन् । पर्यटन विद्यामा कलम चलाउने एक जना सञ्चारकर्मीलाई सेछले प्रत्येक वर्ष पुरस्कृत गर्दै आएको छ । यस वर्ष इटहरीका सञ्चारकर्मी हिमाल दाहाललाई पुरस्कृत गरिएको सेछ ट्राभलिङका सञ्चालक बासुदेव बरालले जानकारी दिए ।
मोरङ / विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले स्वास्थ्य अभियान कार्यक्रम सुरु गरेको छ । मोरङको बेलबारी नगरपालिका ७ बाहुनीबाट स्वास्थ्य अभियान कार्यक्रम सुरु गरेको हो । न्युरो अस्पतालका कार्यकारी निर्देशक डा. अनिशा विष्टले आफु हुर्केको ठाउँको सम्मान स्वरुप यो अभियानको प्रराम्भ भएको जानकारी गराइन् । बाहुनी क्षेत्रका बासिन्दाहरुलाई न्युरो अस्पतालले प्रदान गर्दे आएको सम्पूर्ण स्वास्थ्य सेवामा सरल तथा सहजपहुँच पु¥याउने उद्देश्यको साथ अभियान सुरु भएको अस्पतालकी कार्यकारी निर्देशक डा. विष्टले बताइन् । यो अभियान पूर्वी नेपालको ग्रमिण क्षेत्रसम्म पुग्ने बताइएको छ
धरान / आयोजक होराइजन क्लबले सातौ संस्करणको राष्ट्रिय होराइजन रनिङ कप बास्केटबल प्रतियोगितामा बिजयी सुरुवात गरेको छ । धरान १७ स्थित होराइजन बास्केटबल कोर्टमा आइतबार सम्पन्न खेलमा आयोजकले ज्याकवट क्लब झापालाई ४४ का बिरुद्ध ७२ स्कोरले पराजित गरेको हो । प्रतियोगितामा सर्वाधिक १९ स्कोर गरेका आयोजकका प्रबिन मगर म्यानअफ द म्याच भए । सोमबारको खेल विभागीय टिम नेपाल पुलिस क्लब र हलिल्याण्ड इन्टरनेशनल कलेज धरानबीच हुनेछ । फागुन २७ गतेसम्म चल्ने प्रतियोगिताको उपाधी बिजेताले नगद १ लाख ११ हजार र उपबिजेताले ५५ हजार पाउनेछ । प्रतियोगितामा दुई बिभागीय सहित ८ टिमको सहभागीता छ । २०६९ साल देखी सुरु भएको होराइजन
इलाम / कोशी प्रदेश स्तरीय खुल्ला ब्याडमिन्टनको उपाधि सखुवासभाका खेलाडीले जितेका छन । इलाम नगरपालिका पाँच स्थित कवर्डहलमा सम्पन्न प्रतियोगितामा संखुुवासभाका खेलाडी प्रवीण लिङदेन र सृजन पोख्रेलले सोझो सेटमा भोजपुरका खेलाडी निश्चल खत्री र विशाल तामाङलाई हराउँदै उपाधि आफ्नो पोल्टामा पारेका हुन । लगातार २१–१८ र २१–१४ को सोझो सेटमा हराउँदै प्रतियोगिताको उपाधि हात पारेको हो । त्यस्तै झापा र पाँचथर तेस्रो भएको छ । झापाका चाडकीय पाठक, नवीन सिलवाल र पाँचथरका सत्यम सुब्बा, सुमन लिम्बु तेस्रो भएका हुन । त्यस्तै प्रदेश स्तरीय भेट्रानमा सुनसरीका भजनलाल चौधरी र श्रवण चौधरी प्रथम भएका