विजयपुर / सुरेश लिम्बुले मिस्टर भिजन शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् । उनले ६५ केजी समूहबाट प्रतिपर्धामा गरेका थिए । शनिवार सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजना भएको प्रतियोगितामा ७० केजी समूहकै अविनाश श्रेष्ठ दोस्रो केजी समूहबाट विजय राई तेस्रो र ५५ केजी समूहबाट राजकुमार तामाङ चौथो भएका छन् । प्रतियोगितामा ५५, ६० र ६५, ७० केजी समूहमा प्रतिपर्धा गराइएको थियो । पहिलो चरणको प्रतिष्पर्धामा ५५ केजी समूहबाट प्रथम राज कुमार तामाङ, दोस्रो अनिस श्रेष्ठ भएका थिए । त्यसैगरी ६० केजी प्रथम विजय राई, दोस्रो प्रयास गुरुङ भएका थिए । ६५ केजी समूको प
धरान । इकाइ बन कार्यालय धरानले फोहोर फाल्ने स्थानको बनाउँदै गरेको गेटको पिलर भत्काएपछि धरान उपमहानगरपालिकाले वन कार्यालय परिषरमै लगेर फोहोर फालेको छ । धरान उपमहानगरपालिकाको डम्पीङ साइडको गेटमा बनाउन लागेको पिलर वन कार्यालयले डोजर लगाएर भत्काइ दिएपछि विरोध स्वरुप वन कार्यालय परिषरमा फोहोर फालेको हो । स्थानीय सरकारलाई वन कार्यालयले काम गर्न नदिएको आरोप लगाउँदै नगरपालिका मेयर हर्क साम्पाङले आक्रोश व्यक्त गरेका थिए । उनले स्थानीय सरकारको कामलाई अवरुद्ध गरे धरानको फोहार दैनिक वन कार्यालय परिषरमै फाल्ने चेतावनी दिएका छन् । धरान उपमहानगरपालिकाको डम्पिङ साइडमा अनैतिक ढंगले आउने फोहोरका गाडीहरुलाई
विराटनगर / कोशी नामाकरणको विरोधमा उत्रिएका पहिचानवादी र प्रहरी बिचको झडपले उग्ररुप लिदै गए पछि प्रदेस सभामा तत्काल छलफल गर्न वार्ता समिती गठन गर्न सांसदहरुले माग गरेका छन् । कोशी प्रदेशको आइतबार बसेको प्रदेशसभा बैठकको शुन्य समयलाई सम्बोधन गर्दै सांसदहरुले तत्काल वार्तामा बोलाउन सरकारसँग माग गरेका हुन् । आदिवासी जनजाती सांसदहरुले पहिचानवादी आन्दोलनलाई जबरजस्ती दबाउन नखोज्न माग गर्दै बहुमतको आडमा अल्पमतलाई कदर गर्नु पर्ने माग गरेका छन् । प्रदेशसभाको शुन्य समयमा बोल्दै नेकपा एकीकृत समाजवादीका सांसद कमल प्रसाद जबेगुले बहुमतको आधारमा नामकरण पास भए पनि बहुमतको आड्मा अल्पमतको कदर गर्नु पर्ने बताएका
संखुवासभा / संखुवासभाको मकालु गाउपालिकाका एक जनाको लेक लागेर मृत्यु भएको छ । गाउँपालिका अन्तर्गत वडा नं. २ मा पर्ने मकालु बेस क्याम्पमा एकजनाको लेक लागेर सोही गाउँपालिकाकामा पर्ने सेदुवाका ४० वर्षीया तुलाराम विष्टको मृत्यु भएको हो । मकालु गाउँपालिका–२ का वडाध्यक्ष छोपाल शेर्पाका अनुसार मकालु बेस क्याम्प जाँदै गरेका विष्टको लेक लागेर मृत्यु भएको हो । मकालु बेस क्याम्प पुगेका विष्टलाई शुक्रबार लेक लागेर बिरामी परेका थिए । मकालु–२ सेदुवाका विष्टले यहाँ आएका पर्यटकहरुका लागि भरिया काम गर्दै आएका थिए । विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहणका लागि आएको विदेशी टोलीसँग भरियाका रुपमा उन
सुनसरी / जिल्ला प्रशासन कार्यालय सुनसरीले चालु आर्थिक वर्षको नौ महिनामा मात्रै १२ हजार एक सय ७७ थान नयाँ नागरिकता जारी गरेको जनाएको छ । सुनसरीकी प्रजिअ हुमकला पाण्डेका अनुसार चालु आर्थिक वर्षको साउन देखि चैत मसान्त सम्ममा यतिका संख्यामा नयाँ नागरिकता जारी गरिएको हो । नयाँ नागरिकता जारी सँगै नागरिकताको प्रतिलिपी समेत चालु आर्थिक बर्षको यही अवधिमा उल्लेख्य रुपमा वितरण गरिएको पाइएको छ । प्रजिअ पाण्डेका अनुसार सोही अवधिमा ११ हजार ३ सय ३९ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । उनले भनिन्–‘चालु आवको पहिलो नौ महिनामा नयाँ नागरिकता र नागरिकताका प्रतिलिपि गरी कुल २३ हजार ५ सय
झापा /गौरादहकी गङ्गाताजपुरियालाई छाम र गहिनभन्दाआधुनिकमिल सजिलो भएको छ। ज्यालामजदुरी गरी खाने फूलवतीताजपुरियालाई घरको छाम र गहिनभन्दाआधुनिक पिठो कुट्नेमिलमापुगेर पिठो कुटेर ल्याउन सजिलो लाग्छ । अहिले गाउँगाँउमाविकास र परिवर्तनसँगै ताजपुरिया र राजवंशी समुदायले परम्परादेखि प्रयोग गर्दै आएका छाम र गहिनचलाउन छाडेका छन् । कुटानी र पिसानीकालागिचलाउन छाडेपछि छाम र गहिनमात्रहोइनआदिवासी समुदायकाझल्ला, ढोक्सा, छिटीजाल, भेर्का र पेल पनिलोप हुने अवस्थामापुगेका छन् । गाउँगाउँमा पिठो, चामल, बेसार आदिपिसाउने आधुनिकविद्युतीयमिल सञ्चालनमा आएपछि आदिवासी समुदायले छाम र गहिन बिर्संदै जानथालेका छन् । पाँचवर्षअघि
सोलुखुम्बु / सोलुखुम्बुको दूधकोशी गाउपालिकामा एक महिलाको अज्ञात समूहले हत्या गरेको छ । गाउँपालिकाको वडा नं. ७ देउसा तेरादुखोरकी ५२ वर्षीया कुमारी राईको विहीबार राति हत्या भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी रामकिशोर साहले जानकारी दिए । गएराति करिब ९ बजे अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी राईको हत्या गरेको प्रहरीले जनाएको छ । महिलाको शव अर्धनग्न अवस्थामा हत्या गरिएका अवस्थामा भेटिएको वडासदस्य सरिता राईले बताइन् । जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेको छ । थप अनुसन्धानका लागी तालिमप्राप्त कुकुर झिकाउने प्रहरीले जनाएको छ ।
संखुवासभा / खाँदबारी नगरपालिका–१ घिमिरेगाउँमा एक युवक प्रेमिकाको हत्या गरी आफैँलाई खुकुरी प्रहार गरी आत्मा गर्ने प्रयास असफल भएको छ । सभापोखरी गाउँपालिका–१ का २३ वर्षीय नन्दराम गदालले शुक्रबार बिहान सोही गाउँ घर भई खाँदबारी–१ बस्ने २१ वर्षीया युना दर्नालको हत्या गरे । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले जानकारी दिए। खुकुरी प्रहार गरी प्रेमिकाको हत्या गरी गदालले आफ्नो पनि छातीमा खुकुरी प्रहार गरेका थिए । तर उनी गम्भीर घाइतेमात्र भए । उनको अहिले जिल्ला अस्तपालमा खाँदबारीमा उपचार भइरहेको छ । गदाल बिहीबार मात्र नेपाल प्रहरीको
विराटनगर /पहिलो अन्तर विद्यालय टेबलटेनिस प्रतियोगिताको उपाधि विराटनगरका तीन वटा विद्यालयले जितेको छ । मिल्स फार्क क्लबको आयोजनामा विराटनगर – १५ रानी मिल्स क्लबमा शुक्रबार सम्पन्न भएको प्रतियोगितामा विराटनगरको एभरेष्ट, बुढानिलकण्ठ र सेन्टम्यारिज स्कुलले उपाधि जितेको हो । प्रतियोगिताको सब जुनियर छात्रतर्फ बुढानिलकण्ठ स्कुलका रिजन पाण्डे प्रथम, सगरमाथा स्कुलका अभिषेक मुखिया दोश्रो भएका छन् । तेश्रो मोरङ पब्लिक स्कुलका रिजुल निरौला र सगरमाथाका अमन साह भए । सोहि समुहको छात्रातर्फ एभरेष्ट स्कुलका कृपा पोखरेल प्रथम, श्री श्री रविशंकर विद्यालयका स्वाति साह दोश्रोे र तेश्रो
धरान / साँस्कृतिक अभियानसँगै महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले खोलिएको महिलाहरुको समूह हातेमालो उद्यमी महिला समूह र प्रगतिशील नौमति तथा पञ्जेबाजा महिला समूहले धरानको लोकतान्त्रिक चौतारीमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेका छन् । उद्घाटनमा प्रमुख अतिथि बोलाएर रिविन काट्ने प्रचलन भएपनि महिलाहरुले भने पञ्चेबाजा बजाएर नाचगान गरेर रक्तदान कार्यक्रमको उद्घाटन गरेका थिए । महिला हरेक कुरामा सक्षम छन् भन्ने सन्देश दिन पनि रक्तदान कार्यक्रम गरेका उनीहरुले बताएका छन् । धरान २ भानुचौकको लोकतान्त्रिक चौतारी प्राय सबैको कार्यक्रम गर्ने थलोको रुपमा परिचित छ । यहाँ विभिन्न पार्टीका आमसभा, संघ