केन्द्रले अपांग तथा असहायहरुलाई सहयोग पुर्‍याउँदै

  • साउन ३१, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ अपांंग तथा असहाय सेवा केन्द्र धरान १९ ले अपांग तथा सहायका क्षेत्रमा कार्यमा गरेको कामकाे अमेरिकी नागरिक बुश वर्कले समेत प्रशंसा गर्नुभएको छ ।

उहाँले केन्द्रको १८औ बार्षिक साधरण सभामा एक बर्षमा पुर्‍याएको फेरिस्त सुनेपछि केन्द्रले अपांग तथा असहायप्रति गरेको सहयोगको प्रशसा गर्नुभएको हो ।

अपांग, असहायहरुका लागि खाद्यान्न, स्वास्थ्य, शिक्षा लगायतका काम गर्ने उदेश्यले १८ बर्ष अगाडि स्थापना भएको अपागं तथा असहाय केन्द्रले यो अवधिमा स्वास्थ्य, शिक्षा तथा खाद्यान्नमा लाखौ असहायहरुलाई सहयोग पुर्‍याएको छ ।

असहाय तथा अपांंग भएका विद्यार्थीहरुलाई छात्रवृत्ति, स्वास्थ्यको पहुच नपुगेकाहरुलाई आफ्नै खर्चमा स्वास्थ्य उपचार गरिदिने, भोकै कोही बस्नु हुदैन भन्ने अभिप्रायले समय समयमा खाद्यान्न वितरण लगायतका कामहरु यो अवधिमा केन्द्रले गर्दै आएको छ ।

२०६३ सालमा स्थापना भएको यो संस्थाले आर्थिक वर्ष ८०/८१ मा १ हजार ७ सय ७ जनालाई प्रत्यक्षरुपमा खाद्यान्न , स्वास्थ्य सेवा , बालबालिकाहरुलाई शैक्षिक सामग्री, स्वीटर स्कूल बयाग प्रदान गरको जनाएको छ ।

यसमध्ये पनि मुटुका सस्य भएका तीन जनाको शल्यकृया गरेको छ भने एकचालीस जनाको मुटु सम्वन्धि औषधी उपचार गराएको छ । न्युरो र ब्रेन टयूमर भएका एकचालीस जनालाई शल्यकृया र औषधी उपलब्ध गराएको छ ।

यी लगायत हाड जोर्नी,प्रसुती सम्बन्धि बिरामी कृतिम हात खुटा लगाइदिएको छ । यी सम्पूर्ण फेहरिस्त सुनिसकेपछि ट्राइसाइकल बनाउने कम्पनीका प्रतिनिधित रहेका अमेरीकन नागरिक ब्रुश बर्कले संस्थाले अपांग तथा असहायप्रति गरेको कार्यको प्रशंसा गरे ।

धरान १९ मा कार्यलय रहे पनि यो संस्थाले सबै वडासँग समन्वय गरेर कार्यक्रम अगाडि बढाउने गरेको छ । यस्ता संस्थाहरुकै कारण समाजमा रहेका अपांग तथा असायहरुलाई सहयोग पुगेको धरान उपमहानगरपालिका ९ नंं वडा कार्यालयका वडाध्यक्ष रुपेश आचार्यले बताए ।

उनले केन्द्रले स्थानीय स्तरमामात्र हैन अन्यत्र पनि सहयोग पुर्‍याएको प्रति प्रशंसा गरे ।

सहयोगी भावना रहेको केन्द्रको बार्षिकोत्सवमा आफू पनि सहभागी हुन पाएकोमा महिला सञ्जाल धरानकी पूर्व अध्यक्ष शिला बज्राचार्यले केन्द्रप्रति आभार व्यक्त गरिन् । मानवीय सेवामा समर्पित यो संंस्थाले अझै धेरै सहयोग पुर्‍याउदै जाओस् भन्दै शुभकामना समेत दिइन् ।...

समाजसेवी, स्थानीय दाता तथा विभिन्न संघ संस्थासँग समन्वय र सहयोग जुटाएर केन्द्रले शिक्षा, स्वास्थ्यमा सहयोगसँगै खाद्यान्न वितरण गदै आइरहेको छ ।

स्थानीय स्तरमा स्थानीय सरकारले गर्ने काम यो केन्द्रबाट भइरहेको केन्द्रका निर्देशक सुनिल खड्काले बताउनुभयो । सेवाभावलाई केन्द्रले सधै निरन्तता दिने सो अवसरमा प्रतिबद्धता समेत जनाएको थियो ।

सुनसरीबाट ब्राउन सु ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका– ...

सुनसरीमा करिब ८ लाखक ...

इनरुवा/सुनसरीको इनरुवा नगरपालिका–१ मा प्रहरीले अव ...

हरिशयनी एकादशी आज : ...

काठमाडौँ/ प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर&ndas ...

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved