प्रकाश श्रेष्ठ उमरले ४० कटेका छैनन् ।तर उनको शरीरको बनावटले निकै पाको उमेरकाहरुले पनि दाजु भन्न भ्याँई दिहाल्छन् । तर श्रेष्ठ हाँस्छन् मात्रै । कुनै प्रतिक्रियाँ भने दिदैंनन् ।
गीतकार राम रेप्चोङले सरकारी काममा जाँदा दारी जुङ्गा फुलेका कर्मचारीले समेतले दाजु भनेर बोलाउँदा रेप्चोङले हैन, ऊ तपाईको भाई हो भनेर सम्झाए ।यो कुनै नौलो कुरा होइन उनको लागि । प्रायः सबैले दाजु नै भन्छन् ।
अग्लो कदको शरीर,खाइलाग्दो ज्यान र लुवाई खुवाईको परिपक्वताले श्रेष्ठको व्यक्तित्वलाई देखेर दाजु भन्नेको कमी छैन ।हँसिलो अनुहार,मन्द मुस्कान र मिठो बोलीले लठ्ठै पार्ने प्रकाश दिनानु दिन प्रिय बन्दै गएका छन् ।मिलनसार,इमान्दार,सोझो र अनुशासित भएकै कारण जो कोहीले उनलाई देख्ने बिक्तिकै औंधी मनपराउँछन् र प्रिय बन्छन् ।
उनी सबैको प्रिय बन्नुको पछाडि आफ्नो शिलस्वाभाव,अरुलाई सहयोग गर्ने र इमान्दारिता नै प्रमुख कारण हो । हालको केराबारी ६ निवासी प्रकाश श्रेष्ठ साबिकको याङ्शिला सतिसालेमा आएर बसोबास गरेको धेरै बर्ष भयो ।उनी २०६० सालमा आफ्नो जन्मभुमि भोजपुरको गाउँ छोडेर परिवार सहित आएका हुन् ।
हालको भोजपुर आमचौकको वडा नम्बर ७ मा पिता टिकामान र आमा स्व.नरमाया श्रेष्ठको कान्छा सुपुत्रको रुपमा उनको जन्म भएको हो । बाल्यकाल उनको भोजपुरमै बित्यो ।
पहाडी दुर्गम क्षेत्रको दुःख,पीडा र भोगाई राम्ररी अनुभव गरेका छन् । भोजपुरको दुखको अनुभव छ ।ढाकारमा नुनको भारी धरानदेखि भोजपुर सम्म पैदल नै हिँडेर पुगेका छन् ।
शहरीया जीवन भन्दा पहाडको जीवन प्यारो
कोदो,फापर,मकै अनि ढिँडो खाएर विताएका त्यो पल अहिले जस्तै लाग्छ प्रकासलाई ।
उनी त्यो दिन सम्झँदै भन्छन्,“दुःख त धेरै गरेनी होै,नुनको भारी,खेतीपाती अनि ढिँडो खाएर हुर्किएको ज्यान,तर धानको भात खान यता आइयो,अहिले सम्झिँदा त त्यहीँ जीवन पो ठिक रहेछ,शहरीया जीवन त गाह्रो पहाडकै ढिँडो नै ठिक रहेछ,यो दुनियाँभरीको रोगले च्यापेर हैरान बनाउँदा त त्यही पो ठिक लाग्छ।
”त्यो बेलाको पहाडको दुख र अहिले त आकाश पतालको फरक रहेको उनी सुनाउँछन् ।गाडीको सुविधा,सहज खाद्यन्न अनि त्यो रमणीय स्थान भोजपुरको सम्झनाले भौतिक शरीर यहाँ भएपनि मन भने उतै नै हुने गरको श्रेष्ठ बताउँछन् ।
बाध्यता र परिस्थितीले गाँउ छाडेर आएका प्रकाशले झल्झल्ति गाउँघर नै सम्झने गर्छन् । उनी गाउँको सम्झना गर्दै मोटरसाईकल लिएरै भोजपुरको आमचौक पग्छन् ।कहिले काँही त गाउँ नै फर्किएर आनन्दको जीवन बिताउँ जस्तो पनि लाग्ने गरको बताउँछन् । तर उनको कार्य व्यस्तता भने भ्याई नभ्याँई छ ।
आफ्नो ब्यवसाय,समाजसेवा र थोरै राजनीतिमा व्यस्त हुन्छन् । सानै उमेरदेखि नै मेहनत गरेर अघि बढ्ने प्रकाशले ८ बर्ष सम्म वैदेशिक रोजगारमा विताएका छन् ।त्यसै गरि भारतको कोइलाखतमा समेत पुगेर दुखको जीवन सुखको सपना देखेर विताएका छन् । त्यही दुखः पीडा अनि अनुभुति र भोगाईको संगमले आज प्रकाशको जीवन आफु जलेर भएपनि अरुलाई उज्यालो प्रकाश झर्ने भएका छन् ।
कोही दिनदुखी र गरिबहरु भाकै नबसुन्,त्यस्ताको लागि सहयोग गरेर सेवा गरौं भन्ने भावना लिएका उनी समाजसेवा भने पछि आफु नखाएर आफ्नो गोजी रित्तो बनाएर भनि सहयोग गर्ने गरेका छन् ।
दर्जनौ संघ संस्थाको अगुवा
हाल उनी कालोपानी सामुदायिक बन उपभोक्ता समुह केराबारी ६ को अध्यक्ष रहेका छन् ।
आदिबासी जनजाती महासंघ केराबारीको उपाध्यक्ष,नेवा देय दबुःको गाउपालिका सचिव,राजनीतिमा माओबादी केराबारी वडा नम्बर ६ को अध्यक्ष लगायत दर्जनौ सामाजिक संघ सस्थामा आवद्ध भएर अहोरात्र खटिन्छन् । उनको आफ्नै व्यवसाय पनि छ ।
केराबारी ६ पिपलचौकमा श्रेष्ठ खुद्रा डिपो तथा ढुवानी सेवा सञ्चालन गरेका छन् ।उनको त्यो व्यवसाय धरान,केराबारी लगायत पुवर्का विभिन्न स्थान सम्म ढुंगा,गिटी, बालुवा,गिटी लगायतको निर्माण सामाग्री उलब्ध हुन्छ । बिदेश गएर दुख गर्नु भन्दा आफ्नै गाउँ ठाउँमा मेहनेत गर्ने हो भने राम्रो कमाई हुने श्रेष्ठ बताउँछन् ।
“गाउँमा बसेर अरुलाई सेवा पनि हुन्छ,आफुलाई मेवा पनि हुन्छ,सन्तुष्ट नै ठुलो कुरा हो” श्रेष्ठ बताउँछन् !
प्रकाश श्रेष्ठ
(समाजसेवी)
केराबारी