समाचार

    Showing २१-३० of १०,४१५ items.
  • नयाँ निलो यामाहा एक्सएसआर १५५ सार्वजनिक

    धरान/ यामाहाले आफ्नो लोकप्रिय एक्सएसआर १५५ मोटरसाइकलको नयाँ ‘ब्लु’ कलर भेरिएन्ट धरानमा सार्वजनिक गरेको छ । विहिबार नेपाल यातायात व्यवसायी महासंघ कोशी प्रदेशका संयोजक सरोज श्रेष्ठ, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेले उदघाटन गरेका थिए । नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रा.लि.ले धरानस्थित आधिकारिक सोरुम विजयपुर ट्रेडर्समार्फत नयाँ निलो एक्सएसआर १५५ बजारमा ल्याएको हो । काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न नाडा अटो शो तथा यामाहा ब्लु फेस्टमा प्रदर्शनपछि नयाँ एक्सएसआर १५५ अब धरानको मोफसलकै पहिलो ‘ब्लु स्क्वायर’ सोरुममा उपलब्ध भएको क

    • प्रकाशित मितिः असोज २२, २०८३
    • २५७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भरुवा बन्दुकसहित एक जना पक्राउ

    धरान/ मोरङको लेटाङ नगरपालिका–७ वारंगी कोलधारीस्थित एक घरबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेटाङ नगरपालिका–७ का पूर्ण लावती लिम्बू रहेका छन् । लिम्बूलाई बिहीबार बिहान करिब ९ बजे भरुवा बन्दुकसहित पक्राउ गरिएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए । उनका अनुसार लिम्बूले आफ्नै घरमा भरुवा बन्दुक बनाई बिक्रीवितरण गर्ने गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गरेको थियो । खानतलासीका क्रममा घरमा लुकाइछिपाइ राखिएको तयारी अवस्थामा रहेको एक थान भरुवा बन्दुक र एक था

    • प्रकाशित मितिः असोज २२, २०८३
    • १७५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लागूऔषधसहित सुनसरीबाट चार पक्राउ

    सुनसरी/ सुनसरीका छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिका–१९ अमाहा चोकबाट प्रहरीले ०।५ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट लागूऔषध नियन्त्रणका लागि परिचालित प्रहरी टोली (पीआईटी) र प्रहरी चौकी तरहराबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले पकलीबाट अमाहातर्फ आउँदै गरेको प्रदेश १–०४–००१ प २७९० नम्बरको स्कुटर रोकेर जाँच गर्ने क्रममा इटहरी–१९ पटेरुवा बस्ने १९ वर्षीय अमन चौधरीलाई पक्राउ गरेको हो । त्यसैगरी, बराहक्षेत्र नगरपालिका–३

    • प्रकाशित मितिः असोज २२, २०८३
    • ५४६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा खेल्ने क्रममा छतबाट खसेका १० महिनाका बालकको मृत्यु

    धरान/ धरान–१५ दन्तकाली चोकमा घरको छतबाट खसेर गम्भीर घाइते भएका १० महिनाका बालकको उपचारका क्रममा मृत्यु भएको छ। स्थानीय गौतम श्रेष्ठका १० महिनाका छोरा साइरभ श्रेष्ठ बुधबार दिउँसो करिब ३ः३० बजे घरको एकतले छतमा खेल्ने क्रममा अचानक छतबाट खसेर गम्भीर घाइते भएका थिए। छतबाट खसेपछि तत्काल उपचारका लागि दिउँसो ३ः५० बजे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) लगिएको थियो। बालकको अवस्था गम्भीर भएपछि प्रतिष्ठानले थप उपचारका लागि साँझ ४ः३५ बजे विराटनगरस्थित न्यूरो अस्पताल रेफर गरेको थियो। न्यूरो अस्पतालमा उपचारका क्रममा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण तथ

    • प्रकाशित मितिः असोज २२, २०८३
    • ८८५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विद्यार्थी बस्ने डेराबाट १०१ ग्राम ब्राउन सुगर बरामद, भारतीय नागरिकसहित तीन पक्राउ

    विराटनगर/ विद्यार्थी बस्ने डेरा लामो समयदेखि लागूऔषध कारोबारको अखडा बनेको खुलेको छ। विराटनगर–११ मा भाडामा लिइएका दुई कोठामा छापा मार्दा प्रहरीले साबुन राख्ने डब्बाभित्र लुकाइएको १०१ ग्राम ५३० मिलिग्राम खैरो हेरोइन (ब्राउन सुगर) बरामद गरेको छ। लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा बुधबार दिउँसो घरमा खानतलासी गर्दा ठूलो परिमाणमा ब्राउन सुगर फेला पारेको हो। घटनामा भारतीय नागरिकसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको अररिया जिल्ला नरपतगञ्जका २३ वर्षीय रिजवान अहमद इदरीशी, सुनसरीको देवानगञ्ज गाउँपालिका–२

    • प्रकाशित मितिः असोज २२, २०८३
    • १७२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका अमित ३४१ किलो गाँजासहित धनकुटामा पक्राउ, स्कार्पियो १५ मिटर तल खसेपछि खुल्यो रहस्य

    धरान/ धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारमा स्कार्पियो दुर्घटना हुँदा ठूलो परिमाणमा गाँजा बरामद भएको छ। घटनामा धरान–१० बस्ने ३९ वर्षीय अमित विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार राति करिब ११ः५५ बजे ढुङ्गेबाट भेडेटारतर्फ आउँदै गरेको बा १३ च ६२७५ नम्बरको स्कार्पियो भेडेटारस्थित स्काईवाक नजिकैको भित्री सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको थियो। दुर्घटनाको सूचना पाएपछि इलाका प्रहरी कार्यालय भेडेटारबाट प्रहरी नायब निरीक्षक भीमबहादुर श्रेष्ठको कमाण्डमा टोली घटनास्थल पुगेको थियो। प्रहरीले दुर्घटनाग्रस्त स्कार्पियोभित्र बोरामा प्याक गरेर राखिएको ३४१ किलोग्राम गाँज

    • प्रकाशित मितिः असोज २१, २०८३
    • ७५० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा नगर बस चल्यो, यात्रु आएनन् : खालीजस्तै गुड्दै बस

    धरान/ धरान उपमहानगरपालिकाले नयाँ बसपार्कसम्म यात्रुको आवतजावत सहज बनाउने उद्देश्यले नगर बस सेवा सञ्चालनमा ल्याए पनि यात्रुको आकर्षण भने बढ्न सकेको छैन। नगर बस नियमित सञ्चालन भइरहे पनि अधिकांश समय यात्रु नहुँदा  खालीजस्तै गुड्नुपर्ने अवस्था देखिएको छ। कार्यवाहक मेयर आइन्द्रविक्रम बेघाको पहलमा धरान–८ स्थित नयाँ बसपार्कसम्म यात्रुलाई सहज आवतजावत गराउने उद्देश्यले नगर बस सञ्चालन गरिएको हो। बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म बस सञ्चालन हुने भनिए पनि भानुचौकबाट नयाँ बसपार्कतर्फ जाने क्रममा यात्रु निकै न्यून देखिने गरेका छन्। धरानको मुख्य बजार क्षेत्र भानुचौक हुँदै नगर बस सञ्चालन भइ

    • प्रकाशित मितिः असोज २१, २०८३
    • ५०१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ट्रामोल र डिकोलिकसहित तीन जना पक्राउ

    धरान/ धरान–१७ स्थित एन्फा एकेडेमी जाने बाटोबाट ठूलो परिमाणमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। प्रहरीले मंगलबार राति करिब १०ः१० बजे लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पीआईटी, इलाका प्रहरी कार्यालय धरान र वडा प्रहरी कार्यालय धरानबाट संयुक्त टोली परिचालन गरेको थियो। शंका लागेर चेकजाँच गर्ने क्रममा धरान–४ का २७ वर्षीय अर्जुन श्रेष्ठ, धरान–७ का ३६ वर्षीय दिपक मगर र धरान–१५ का ३४ वर्षीय बाबुराम बयलकोटीको साथबाट ट्रामोल ८ सय क्याप्सुल र डिकोलिक ८ सय ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ। लागूऔषधसहित पक्राउ परेका तीनै जनालाई इ

    • प्रकाशित मितिः असोज २१, २०८३
    • ७६२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रमा माध्यमिक तह स्तरिय हाजिरि जवाफ प्रतियोगिता सम्पन्न

    बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकामा माध्यमिक बिद्यालय ( कक्षा ११-१२) स्तरिय हाजिरि जवाफ प्रतियोगिता सम्पन्न भएको छ । मङलवार बराहक्षेत्र नगरपालिका शिक्षा , युवा तथा खेलकुद शाखाको आयोजनामा चक्रघट्टि स्थित जनहित क्लबको सभाहलमा उक्त माध्यमिक बिद्यालय ( कक्षा ११-१२) स्तरिय हाजिरि जवाफ प्रतियोगिता सम्पन्न भएको हो। प्रतियोगितामा नगर भित्र रहेका माध्यमिक तह ( कक्षा ११-१२ ) का सामुदायिक, संस्थागत तथा धार्मिक बिद्यालयका बिद्यार्थीहरु सहभागि रहेको बराहक्षेत्र नगरपालिका शिक्षा , युवा तथा खेलकुद शाखाका प्रमुख उत्तमराज भारतीले बताए । हाजिरि जवाफ प्रतियोगितामा जीवन ज्योति इङ्लिस स्कल प्रथम भएकी छन्। राध

    • प्रकाशित मितिः असोज २०, २०८३
    • ९० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा यात्रुवाहक बसबाट १ लाख ६२ हजारको भन्सार छलीका सामान बरामद

    धरान/ सुनसरीको धरान–८ तिनकुनेस्थित कोशी राजमार्गबाट प्रहरीले भन्सार छली ल्याइएको ठूलो परिमाणको किराना सामान बरामद गरेको छ। मंगलबार बिहान करिब ९ बजे अस्थायी प्रहरी चौकी तिनकुने र इलाका प्रहरी कार्यालय धरानबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा भन्सार छली ल्याइएको किराना सामान फेला पारेको हो। प्रहरीका अनुसार बरामद सामानको अन्दाजी मूल्य १ लाख ६२ हजार ६ सय १० रुपैयाँ रहेको छ। नियन्त्रणमा लिइएको सामान आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध पठाइएको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः असोज २०, २०८३
    • ३६२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved