धरान/ नेपाल विद्युत् प्राधिकरण धरान वितरण केन्द्रको विद्युत् मर्मतका लागि राति खटिएको स्कारपियो गाडी दुर्घटनामा पर्दा दुई कर्मचारीको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। धरान–इटहरी सडकखण्ड अन्तर्गत सेउती पुलदेखि करिब २०० मिटर दक्षिण, तरहरातर्फ कोशी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बा१ञ १६५१ नम्बरको स्कारपियो आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा गम्भीर घाइते भएका चालकसहित दुईजनाको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा धरान–१३ निवासी ३३ वर्षीय बीर्खबहादुर राई (सेवा करार चालक) र ध
इटहरी/विसं २०४९ सालमा स्थापना भई कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थाका रूपमा स्थापित मोडर्न प्रिपरेटरी सेकेन्डरी बोर्डिङ स्कुल, इटहरी–६ मा आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा विद्यार्थी केन्द्रित साहित्यिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयको कला तथा साहित्य क्लबको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले भानुभक्तका कृतिहरूको सस्वर वाचन गर्नुका साथै उहाँको जीवन र नेपाली भाषा–साहित्यमा पुर्याउनुभएको योगदानबारे प्रस्तुति दिएका थिए। क्लबकी अध्यक्ष दृष्टि सिग्देल को सभापतित्वमा सम्पन्न कार्यक्रममा जनता बहुमुखी क्याम्पसकी प्राध्यापक तथा साहित्यकार टी
धरान/ आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीको अवसरमा हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल, धरान–१५ ले सोमबार विद्यालयको सभाहलमा कविता वाचन प्रतियोगिता आयोजना गर्दै नेपाली भाषा, साहित्य र मौलिक सिर्जनाप्रतिको सम्मान व्यक्त गरेको छ। विद्यार्थीमा नेपाली भाषा र साहित्यप्रति रुचि बढाउनुका साथै सिर्जनशीलता, आत्मविश्वास र नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा सिनियर र जुनियर गरी ३५ जना विद्यार्थीको सहभागिता रहेको थियो। प्रतियोगिताको सिनियरतर्फ समीक्षा राई प्रथम, युमिना राई द्वितीय तथा सेसेमा लिम्बू तृतीय भए। जुनियरतर्फ प्रनिता तामाङ प्रथम, सुमिना राई द्वितीय र निश्चल मगर
धरान/ धरानमा पहिलोपटक प्रदेशस्तरीय ‘राजभगत क्लासिक बडीबिल्डिङ च्याम्पियनसिप–२०८३’ आयोजना हुने भएको छ। धरान फिटनेस क्लबले साेमबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो। क्लबका प्रमुख तथा स्वर्गीय राजभगत प्रधानका छोरा कुबेर भगत प्रधानाङ्गले प्रतियोगिता असोज १० गते छनोट चरण र असोज ११ गते मुख्य प्रतिस्पर्धा हुने जानकारी दिए। प्रतियोगिता धरान–१८ स्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दसेरा भवनमा सञ्चालन हुनेछ। उनका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य युवालाई स्वस्थ, अनुशासित र सक्रिय जीवनशैलीतर्फ प्रेरित गर्नु, बडीब
विराटनगर/ विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउने अभियानअन्तर्गत जिल्ला प्रशासन कार्यालय मोरङले सोमबार बिहानदेखि डोजर परिचालन गरी व्यावसायिक संरचना हटाउन सुरु गरेको छ। जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा तीनवटा जेसिबी प्रयोग गरी अस्पतालको स्वामित्वमा रहेको जग्गामा निर्माण गरिएका नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संघ, गणेश मन्दिर र देवकोटा पुस्तकालयलगायत संस्थाका सटर तथा भवन भत्काउने काम थालिएको हो। ती संस्थाले लामो समयदेखि अस्पतालको जग्गामा संरचना निर्माण गरी औषधि पसल तथा चिकित्सकीय क्लिनिक सञ्चालनका लागि भाडामा लगाउँदै आएका थिए। केही दिनअघि गृहमन्त्री
धरान/ सुनसरीको दुहबी नगरपालिका–४ मालहट्टीस्थित बुढी खोलाको पुल नजिकबाट प्रहरीले १०७ दशमलव ४५ ग्राम ब्राउन सुगरसहित दुई युवालाई पक्राउ गरेको छ। लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दुहबी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले मोरङको धनपालथान गाउँपालिका–१ नोचा टोलका २५ वर्षीय जमालउद्दिन मियाँ र सोही स्थानका २५ वर्षीय इमदाद मियाँलाई आइतबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरीले उनीहरूको साथबाट १०७ दशमलव ४५ ग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ। पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्याल
धरान/ सुनसरीमा प्रहरीले एकैदिन सञ्चालन गरेको छुट्टाछुट्टै कारबाहीमा ब्राउन सुगरसहित सात जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तीन किशोरसमेत रहेका छन्। उनीहरूको साथबाट करिब पाँच ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। शनिबार बिहान करिब ११ बजे इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको टोलीले कोशी गाउँपालिका–१ लौकही बजारमा भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३८ भी ०७८४ नम्बरको मोटरसाइकललाई शङ्काका आधारमा रोकी जाँच गर्दा सिटमुनि लुकाएर राखिएको १.८२ ग्राम ब्राउन सुगर बरामद गरेको थियो। उक्त घटनामा मोटरसाइकल चालक कोशी गाउँपालिका–६ का ४० वर्षीय सुरेन्द्र महतो पक्राउ परेका
काठमाडौं । कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी परिवारमाथि शनिबार मध्यराति आएको बाढीले थप विपत्ति निम्त्याएको छ। बाढीबाट जोगिन सुरक्षित स्थानतर्फ लाग्ने क्रममा काँधमा जेब्रा झोला बोकेर हिँडिरहेको एक सानो बालकको तस्बिर सार्वजनिक भएपछि त्यसले सामाजिक सञ्जालमा व्यापक चर्चा बटुलेको छ। उक्त तस्बिर सामाजिक सञ्जालमा साझा गर्दै श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले बालकलाई आफ्नो व्यक्तिगत तर्फबाट ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्। साम्पाङले फेसबुकमा लेखेका छन्, यो बालकलाई मैले मेरो व्यक्तिगत तर्फबाट रु. ५० हजार सहयोग गर्ने भएँ। ति
धरान/ सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष करिब ३५ हजारभन्दा बढी वनजन्य, नगदे तथा बहुवर्षीय प्रजातिका बिरुवा उत्पादन गरी निःशुल्क वितरण गर्दै आएको छ। विसं २०७९ देखि सञ्चालनमा ल्याइएको नर्सरीबाट उत्पादन गरिएका बिरुवाको माग वर्षेनि बढ्दै गएको कार्यालयले जनाएको छ। सबडिभिजन वन कार्यालय रामधुनीका वन सहायक काजी आचार्यका अनुसार नर्सरीमा खयर, ज्याकाराण्डा, बेल, सिसौ, अमला, अर्जुन, कागती, तेजपत्ता, अम्बकलगायत विभिन्न प्रजातिका बिरुवा उत्पादन गरिन्छ। तीमध्ये केही बिरुवा चालु वर्ष उत्पादन गरिएका हुन् भने केही बहुवर्षीय बिरुवालाई अघिल्ला वर्षदेखि संरक्षण गरी हुर्काइँदै आएको उनले जान
सुनसरी/ पूर्वी पहाडी तथा तराईका क्षेत्रमा भइरहेको लगातारको वर्षाका कारण सप्तकोशी नदीको जलसतहमा तीव्र वृद्धि भएपछि सम्बन्धित निकायले ब्यारेज आसपास तथा नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। पछिल्लो मापनअनुसार सप्तकोशी ब्यारेजमा पानीको बहाव बढेर प्रतिसेकेन्ड १ लाख २६ हजार क्युसेक पुगेको छ, जुन सामान्य अवस्थाको तुलनामा निकै बढी हो। यसअघि चार घण्टा अगाडिको मापनमा बहाव १ लाख २५ हजार १ सय १० क्युसेक रहेकोमा त्यसयता नदीको सतह लगातार बढ्दो क्रममा रहेको ब्यारेज कन्ट्रोल रुमले जनाएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिनैभरि वर्षा हुने पूर्वानुमान रहेकाले कोशी नदीमा बाढीको जोखिम