धरान/ धरान–१७ स्थित एन्फा एकेडेमी जाने बाटोबाट ठूलो परिमाणमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।
प्रहरीले मंगलबार राति करिब १०ः१० बजे लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पीआईटी, इलाका प्रहरी कार्यालय धरान र वडा प्रहरी कार्यालय धरानबाट संयुक्त टोली परिचालन गरेको थियो।
शंका लागेर चेकजाँच गर्ने क्रममा धरान–४ का २७ वर्षीय अर्जुन श्रेष्ठ, धरान–७ का ३६ वर्षीय दिपक मगर र धरान–१५ का ३४ वर्षीय बाबुराम बयलकोटीको साथबाट ट्रामोल ८ सय क्याप्सुल र डिकोलिक ८ सय ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ।
लागूऔषधसहित पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय धरानमा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।