भरुवा बन्दुकसहित एक जना पक्राउ

  • असोज २२, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ मोरङको लेटाङ नगरपालिका–७ वारंगी कोलधारीस्थित एक घरबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लेटाङ नगरपालिका–७ का पूर्ण लावती लिम्बू रहेका छन् । लिम्बूलाई बिहीबार बिहान करिब ९ बजे भरुवा बन्दुकसहित पक्राउ गरिएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

उनका अनुसार लिम्बूले आफ्नै घरमा भरुवा बन्दुक बनाई बिक्रीवितरण गर्ने गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गरेको थियो ।

खानतलासीका क्रममा घरमा लुकाइछिपाइ राखिएको तयारी अवस्थामा रहेको एक थान भरुवा बन्दुक र एक थान दबासवाला बन्दुक बरामद गरिएको डीएसपी मिश्रले बताए ।

त्यस्तै, हतियार निर्माणमा प्रयोग हुने आरन तथा भरुवा बन्दुकमा प्रयोग हुने विभिन्न पार्टपुर्जासमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले लिम्बूलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय लेटाङमा राखेर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

 

टीभीएसको महाएक्सचेञ् ...

इटहरी/  दशैंको चहलपहलसँगै नयाँ सवारी साधन खरि ...

नयाँ निलो यामाहा एक् ...

धरान/ यामाहाले आफ्नो लोकप्रिय एक्सएसआर १५५ मोटरसाइ ...

लागूऔषधसहित सुनसरीबा ...

सुनसरी/ सुनसरीका छुट्टाछुट्टै स्थानबाट प्रहरीले ला ...

धरानमा खेल्ने क्रममा ...

धरान/ धरान–१५ दन्तकाली चोकमा घरको छतबाट खसेर गम्भ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved